भारत आउँदा जस्टिन बीबरका यति महँगा माग !

justin-biber

मुम्बई, २० वैशाख । म्युजिक कन्सर्टका लागि भारत आउन लागेका अन्तर्राष्ट्रिय पप सिंगर जस्टिन बीबरको टोलीले कार्यक्रम आयोजकसामु निक्कै महँगो लिस्ट पठाएका छन् ।

आगामी १० तारिखमा नयाँ मुम्बइको डी वाई पाटिल स्टेडियममा हुन लागेको बीबरको कन्सर्टलाई ह्वाइट फाक्स एन्डिया नामको कम्पनीले आयोजना गरेको हो ।
आयोजकले जस्टिन बीबर कोे ’डिमांड लिस्ट’मा कतिपय निक्कै रमाइला चिजहरू पनि संलग्न गरिएको छ ।

यस्ता छन् बीबरका माग
– होटलमा १३ कोठा बुक गर्नुपर्छ । सुरक्षाका कारण एउटा होइन, दुईटा फाइभस्टार होटलमा कोठाहरू बुक हुनुपर्छ ।
–बीबरको ड्रेसिङ रूमका सवै पर्दाहरू सेता हुनुपर्छ । कोठामा सिसाको फ्रिज हुनुपर्छ ।
–बीबरका कोठामा २४ वटा पानीको बोतल, ४ इनर्जी ड्रिंक, ६ भिटामिन वाटरका बोतल, ६ क्रिम सोडा र धेरै फलफूलका रस राख्नुपर्छ ।
– खानका लागि पनि लामो लिस्ट पठाइएको छ । जसमा भेज र ननभेजका विभिन्न परिकारको उल्लेख गरिएको छ । नरिवल पानी, बदाम शेक, प्रोटिन पाउडडर, अर्गानिक केरा र हर्बल चिया पनि फ्रेस बनाएर राखिनुपर्छ ।
–उनको वरपर कहिँ पनि लिलिको फूल नराख्नु ।
–लिस्टमा बीबरका टिमको विभिन्न साइजका टिसर्टहरू पनि तयार पारियोस् ।
–यसभन्दा बाहेक बीबरका टिमका लागि १० वटा लक्जरी कार, २ भल्भो बस बुक गरियोस् ।
–कारको सुरक्षाका लागि महाराष्ट्र सरकारको जेड प्लस सुरक्षाको टोली हुनुपर्छ ।
–बीबरको नीजि सुरक्षाका लागि ९ सुरक्षाकर्मी उनकै साथमा राखियोस् ।
–प्रस्तुती दिनका लागि बीबर सडकबाट होइन, हेलिकोप्टरबाट जानेछन् ।
–बीबर घुम्न चाहेको खण्डमा उनका लागि प्राइभेट जेट विमानको व्यवस्था गरियोस् ।
–बीबर जब यात्रामा निस्कनेछन् उनीसँगै १० कन्टेनर सामान आउँछ । जुनमा उनको सोफा सेट, प्लेस्टेशन, वासिङ मेसिन र टेबल टेनिसको टेवललगायतका सामान हुनेछन् ।
बीबरको यो कन्सर्ट टुरको टिकट हजारैंमा विकिसकेको छ । आफ्नो कन्सर्टको टिकट दरको विषयलाई पनि लिएर उनी समाचारमा छाएका थिए ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित वर्गका समाचारहरू

बाँझो जमिनमा गाजा खेती गर्ने विकल्प सोच्नुपर्छ : डा. आरजु देउवा

 पुस २५,काठमाडौं। प्रतिनिधिसभाको कृषि, सहकारी तथा प्राकृतिक स्रोत समिति सभापति डा. आरजु राणा देउवाले बाँझो

यस कारण घातक छ टाटु, यस्ता कल्पना नै नगरिएका समस्या देखिए !

काठमाडौं, कात्तिक ९ गते । विश्वमा अचेल सबै उमेर समूहमा टाटु लोकप्रिय भएको छ । विकसित

एसियाड क्रिकेटको क्वार्टरफाइनलमा नेपाल

हाङझाउ, असोज १४ गते । नेपाल १९औं एसियाली खेलकुद (एसियाड)को पुरुष क्रिकेटतर्फ क्वार्टरफाइनलमा प्रवेश गरेको छ ।

आज सन्दीप लामिछानेविरुद्धको मुद्दाको सुनुवाइ हुँदै

काठमाडौँ, भदौ २१ गते । क्रिकेटर सन्दीप लामिछानेविरुद्धको मुद्दाको पेसी आजका लागि तोकिएको छ । लामिछानेविरुद्धको

पाकिस्तान र भारतसँग क्रिकेट खेल्न तयार छु : सन्दीप

भदौ ११,  काठमाडौं। क्रिकेटर सन्दीप लामिछाने एसिया कप क्रिकेट खेल्नका लागि आज पाकिस्तानमा प्रस्थान गर्नुभएको

मौलिकता बिनाको आन्दोलनहरु सफल नहुने : ओली

असार १४, काठमाडौँ।  मदन भण्डारीको ७२ औं जन्मजयन्तीको अवसरमा बिहीबार आयोजित कार्यक्रममा एमाले अध्यक्ष एवं