भारतीय पत्रिका लेख्छ, ‘नेपालमा चिनियाँ प्रभाव रोक्न भारतीय सेना प्रमुखको भ्रमण’

timthumbकाठमाडौं, १६ चैत– भारतीय स्थल सेना प्रमुख बिपिन रावत ४ दिने नेपाल भ्रमणका लागि आज (मंगलबार) काठमाडौं उत्रिएका छन् । भारतीय स्थल सेना प्रमुखमा नियुक्त भए पछि उनको यो पहिलो नेपाल भ्रमण हो ।

प्रधान सेनापति राजेन्द्र क्षेत्रीको निमन्त्रणमा रावत नेपाली सेनाको मानार्थ महारथीको सम्मान ग्रहण गर्न नेपाल आएका हुन् । नेपाल र भारतका सेना प्रमुखलाई दुई देशले मानार्थ महारथीको सम्मान प्रदान गर्ने प्रचलन रहिआएको छ ।

तर, भारतीय सञ्चारमाध्यमले भने रावतको नेपाल भ्रमणलाई फरक ढंगले अथ्र्याएका छन् । नवभारत टाइम्सको अनलाइन संस्करणमा प्रकाशित समाचारको आशयअनुसार रावत नेपाल र चिनियाँ सेनाबीच हुन गइरहेको पहिलो संयुक्त सैन्य अभ्यास रोक्न नेपाल भ्रमणमा आएका हुन् । समाचारमा चिनियाँ प्रभाव रोक्ने मुख्य उद्देश्यका साथ रावत नेपाल भ्रमणमा आएका हुन् ।

‘नेपाल र चीनबीच हुने संयुक्त सैन्य अभ्यासको संभावनालाई लिएर भारत चिन्तित छ,’ नवभारतटाइम्सको समाचारमा लेखिएको छ । समाचारमा उल्लेख गरिएअनुसार भारतीय सेना प्रमुखको नेपाल भ्रमण पछि उक्त सैन्य अभ्यास सर्ने संभावना बढेको छ ।

भारतीय सेना प्रमुख रावत शुक्रबार (१८ चैत)सम्म नेपालमा रहने छन् । त्यसपछि उनी बंगलादेशको भ्रमणमा जाने छन् । बंगालादेशमा पनि चीनको प्रभाव बढेकाले भारतीय सेनाध्यक्ष त्यसलाई रोक्ने भ्रमणमा निस्किएका समाचारमा जनाइएको छ । चीनले हालै बंगलादेशको रक्षा बजेटमा उल्लेख सहयोग गरेको समाचारमा जनाइएको छ ।

नेपाल भ्रमणको क्रममा रावतलाई बुधबार शीतल निवासमा विशेष समारोह आयोजना गरी नेपाली सेनाको मानार्थ महारथीको सम्मान प्रदान गर्ने कार्यक्रम छ । नेपाली सेनाको परमाधिपतिसमेत रहेकी राष्ट्रपति विद्यादेवी भण्डारीले रावतलाई मानार्थ महारथीको सम्मान प्रदान गर्नेछिन् ।

नेपाल बसाइको क्रममा रावतले प्रधानमन्त्री, रक्षामन्त्री, प्रधानसेनापतिलगायतलाई भेट्ने कार्यक्रम छ । रावतले पोखरास्थित भारतीय सैनिक पेन्सन क्याम्पको पनि भ्रमण गर्ने कार्यक्रम छ । यस्तै उनी मुस्ताङको मुक्तिनाथ र काठमाडौंको पशुपतिनाथको दर्शन गर्न पनि जाने छन् ।

पश्चिम नेपालसँग सीमा जोडिएको भारतीय राज्य उत्तराखण्डका स्थायी बासिन्दा रावत गत पुसमा भारतीय स्थल सेनाको २७ औं प्रमुखमा नियुक्त भएका थिए ।

 

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित वर्गका समाचारहरू

‘आर्थिक सामाजिक रूपान्तरणका निम्ति जोखिम मोल्नैपर्छ’

 वैशाख १०,ललितपुर । प्रधानमन्त्री तथा नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ’प्रचण्ड’ ले चुनौतीहरू भए

बालबालिकालाई विद्यालयमा भर्ना गर्न प्रधानमन्त्रीको आह्वान

वैशाख २, काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले विद्यालय जाने उमेरका बालबालिकालाई पायक पर्ने विद्यालयमा भर्ना

लुम्बिनीका मुख्यमन्त्री चौधरीले विश्वासको मत लिँदै

तुलसीपुर (दाङ), चैत २२ गते । लुम्बिनी प्रदेश सरकारका मुख्यमन्त्री डिल्लीबहादुर चौधरीले आज विश्वासको मत लिनुहुने

एसईईमा वञ्चित भएकालाई परीक्षा दिने व्यवस्था मिलाइन्छः शिक्षामन्त्री श्रेष्ठ

काठमाडौं, चैत २१ गते। शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री सुमना श्रेष्ठले माध्यामिक शिक्षा परीक्षा (एसईई)बाट वञ्चित

अत्याधुनिक हतियारसहित पक्राउ परेकालाई पाँच दिन हिरासतमा राख्न अनुमति

 चैत ७,काठमाडौँ। सर्वोच्च अदालत परिसरबाट सोमबार अत्याधुनिक हतियारसहित पक्राउ परेका दुई जनालाई पाँच दिन हिरासतमा राख्न

कोरिया जाने श्रमिकको कोटा थपियाे

चैत २,  काठमाडौँ। दक्षिण कोरियामा सन् २०२४ का लागि रोजगार अनुमति प्रणाली (इपिएस) मार्फत जाने