भारतीय दूतावास ध्वस्त पार्ने विप्लव माओवादीको चेतावनी, देशभर आन्दोलन चर्काउने

Capture-400काठमाडौं, २७ फागुन । नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेकपा माओवादीले नेपालमाथिको हस्तक्षेप नरोकिए भारतीय राजदूतावास ध्वस्त पार्ने चेतावनी दिएको छ ।

 शुक्रबार विप्लव माओवादीका प्रवक्ता खड्गबहादुर विश्वकर्मा ‘प्रकाण्ड’ले सम्वाद डबलीमा आयोजित पत्रकार सम्मेलनमा कञ्चनपुरको घटनाको कडा शब्दमा विरोध गर्दै भारतीय हस्तक्षेप नरोकिए लैनचौरमा रहेको राजदूतावास पनि नरहने चेतावनी दिए ।

उनले भने– ‘नेपालमाथि भारतले विभिन्न रुपमा गर्दै आएको हस्तक्षेप नरोकिए लैनचौरमा रहेको भारतीय दूतावास पनि रहन नसक्ने अवस्था आउँछ । नेपालमाथिको हस्तक्षेप तुरुन्त बन्द गर्नुपर्छ ।’

उनले नेपाली भुमिका पसेर नेपाली नागरिककै हतया गर्ने एसएसबीलाई कानूनी कठघरामा उभ्याएर कारवाही गर्न सरकारसँग माग गरे । ‘यदि हत्यामा संलग्नहरुलाई कारवाही भएन हामी कडा आन्दोलनमा उत्रिन्छौं ।’

यस्तै आजै विप्लव माओवादीका कार्यकर्ताले भारतीय दूतावासअगाडि प्रदर्शन गर्दै भारतको झण्डा जलाइदिएका छन् । र, देशका विभिन्न भागमा भारतीय सवारी साधनमाथि तोडफोड र आगजनी गरिरहेका छन् ।

 

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित वर्गका समाचारहरू

बालबालिकालाई विद्यालयमा भर्ना गर्न प्रधानमन्त्रीको आह्वान

वैशाख २, काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले विद्यालय जाने उमेरका बालबालिकालाई पायक पर्ने विद्यालयमा भर्ना

बजेटमा समेट्नैपर्ने विषय

खिमलाल देवकोटा  २५ चैत २०८०, आइतबार नेपालको संविधानको धारा ११९ को उपधारा ३ बमोजिम नेपाल

लुम्बिनीका मुख्यमन्त्री चौधरीले विश्वासको मत लिँदै

तुलसीपुर (दाङ), चैत २२ गते । लुम्बिनी प्रदेश सरकारका मुख्यमन्त्री डिल्लीबहादुर चौधरीले आज विश्वासको मत लिनुहुने

एसईईमा वञ्चित भएकालाई परीक्षा दिने व्यवस्था मिलाइन्छः शिक्षामन्त्री श्रेष्ठ

काठमाडौं, चैत २१ गते। शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री सुमना श्रेष्ठले माध्यामिक शिक्षा परीक्षा (एसईई)बाट वञ्चित

अत्याधुनिक हतियारसहित पक्राउ परेकालाई पाँच दिन हिरासतमा राख्न अनुमति

 चैत ७,काठमाडौँ। सर्वोच्च अदालत परिसरबाट सोमबार अत्याधुनिक हतियारसहित पक्राउ परेका दुई जनालाई पाँच दिन हिरासतमा राख्न

कोरिया जाने श्रमिकको कोटा थपियाे

चैत २,  काठमाडौँ। दक्षिण कोरियामा सन् २०२४ का लागि रोजगार अनुमति प्रणाली (इपिएस) मार्फत जाने