भारतमा बिजुली बेच्न प्राधिकरणले हाल्यो टेन्डर

काठमाडौं,पुस २७, २०७७काठमाडौं । विद्युत् आपूर्ति गराउने सम्बन्धमा भारतको बीआरपीएल नामक कम्पनीले भारतकै एनभीभीएनमार्फत आह्वान गरेको टेन्डरमा नेपाल विद्युत् प्राधिकरण पनि सहभागी भएको छ । विद्युत् नियमन आयोगले गत सोमवार उक्त टेन्डरमा सहभागी हुन प्राधिकरणलाई स्वीकृति दिएको थियो । त्यसलगत्तै प्राधिकरणले उक्त टेन्डरमा प्रस्ताव पेश गरेको हो ।

प्राधिकरणले जुनदेखि सेप्टेम्बरसम्म (४ महीना) २५ मेगावाटसम्म विद्युत् उपलब्ध गराउन सक्नेगरी एनभीभीएनमार्फत टेन्डरमा प्रस्ताव पेश गरेको हो । प्राधिकरणका प्रवक्ता मदन तिम्सिनाले नियमन आयोगबाट स्वीकृति पाएसँगै गत हप्ता नै उक्त टेन्डरमा आवेदन पेश गरेको जानकारी दिए ।

हाल प्राधिकरणले भारतको टनकपुरबाट प्रतियुनिट ६ रुपैयाँ ६२ पैसा (४ दशमलव १४ भारतीय रुपैयाँ) मा भारतीय विद्युत् किन्दै आएको छ । टेन्डरमा सोही दरलाई नै आधार बनाएर प्रस्ताव पेश गरिएको प्रवक्ता तिम्सिनाले बताए ।

‘त्यसमा प्रसारण लाइनलगायतका लागत पनि जोडिन्छ । तर, सोही दरलाई नै आधार मूल्य बनाएर एनभीभीएनमार्फत प्रस्ताव पेश गरिएको छ,’ उनले भने । टेन्डरमा खुल्ला प्रतिस्पर्धाबाट विद्युत्को दर टुंगो लाग्ने उनको भनाइ छ ।

टेन्डरमा पेश गर्ने आज (सोमवार) अन्तिम दिन रहेको थियो । प्राधिकरणले त्यसअगावै टेन्डरमा प्रस्ताव पेश गरेको हो ।

नेपालभित्र मात्र विद्युत् विक्रीमा सीमित भएको प्राधिकरण पहिलोपटक विदेशी बजारमा पनि प्रवेश गरेको छ । पछिल्लो केही वर्ष पावर एक्सचेन्जमार्फत भारतीय बजारमा प्राधिकरणले विद्युत् निर्यात गरे पनि व्यापारिक रूपमा निर्यात गरेको थिएन । तर, अब भने व्यापारिक रूपमा नै भारतीय बजारमा विद्युत् निर्यात गर्ने सम्भावना भएको प्रवक्ता तिम्सिनाले बताए ।

बीआरपीएल भारतको विद्युत् वितरण गर्ने कम्पनी हो । उक्त कम्पनीले २५ देखि ७०० मेगावाट सम्म विद्युत् आपूर्ति गर्नेगरी टेन्डर आह्वान गरेको थियो । यो समाचार आजको आर्थिक अभियान दैनिकमा  मिलन विश्वकर्माले लेखेका छन् । 

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित वर्गका समाचारहरू

झिनो अङ्कले घट्यो नेप्से

फागुन १६, काठमाडौँ । नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचकमा सामान्य अङ्कको गिरावट देखिएको छ ।

काठमाडौंमा विश्व सामाजिक मञ्चको सम्मेलन

काठमाडौं,फागुन ३ । ‘अर्को विश्व सम्भव छ’ भन्ने नारासहित विश्व सामाजिक मञ्चको सम्मेलन काठमाडौंमा सुरू

सम्पत्ति शुद्धीकरणसम्बन्धी विधेयक पारित

माघ २५,काठमाडौँ  । सहकारी संस्थामा व्यक्तिगत बचतको सीमा नरहने गरी प्रतिनिधि सभाले सम्पत्ति शुद्धीकरण (मनी लाउन्डरिङ)

निःशुल्क कानूनी सहायता दिन्छौ- अधिवत्ता बिष्णु गिरी

पुस २८,काठमाडौ । पछिल्लो समय सार्वजनिक सरोकारका बिषयहरुमा मुद्धा दर्ता गरेर चर्चाको रहेका अधिवत्ता बिष्णु

बाँझो जमिनमा गाजा खेती गर्ने विकल्प सोच्नुपर्छ : डा. आरजु देउवा

 पुस २५,काठमाडौं। प्रतिनिधिसभाको कृषि, सहकारी तथा प्राकृतिक स्रोत समिति सभापति डा. आरजु राणा देउवाले बाँझो

महासचिव नियुक्ति प्रक्रिया रोकिएकोमा असन्तुष्टि

 मङ्सिर २९,काठमाडौँ। सभामुख देवराज घिमिरेले सङ्घीय संसद्का महासचिवको नियुक्ति प्रक्रिया रोकिएकोमा असन्तुष्टि जनाउनुभएको छ। सङ्घीय संसद्का