भारतमा ज्यान गुमाउने एकै परिवारका ६ जना

21c48ab0d4ad3fbf2c76b128731b8cdf१४ भदाै रोल्पा । भारतकाे सिमलामा एक साताअघि  हिम पहिरोमा ज्यान गुमाएका एकै परिवारका ६ नेपालीको सनाखत भएको छ ।

ज्यान जानेहरुमा रोल्पाको तालाबाङ–४ रिजाबाङका ४५ बर्षीय  लक्षीराम पुनमगर, उनकी पत्नी ४२ वर्षीया देउकली पुन, ११ वर्षीय छोरा पर्शु पुन, ६ वर्षीय छोरा सुरज पुन, ७ वर्षीया छोरी सुनिता पुन र ४ वर्षीय छोरा कर्णबहादुर पुन रहेको पत्ता लागेको हो ।

उनीहरु १५ वर्ष अघिदेखि भारतको हिमाञ्चल प्रदेशस्थित सिम्लानजिकै रामपुर गाउँमा आलु खेती गरेर बस्दै आएका उनका छिमेकी बीरबहादुर घर्तीले जानकारी दिए । केहि दिनअघि भारतबाट दाङमा रहेका आफन्तलाई उनीहरुको ज्यान गएको फान आएपछि घटना थाहा भएको घर्तीले बताए ।

करिब १५÷१६ वर्षअघि बिहे गरेर परिवारै उतै बस्दै आएका घर्ती परिवारका सन्तानमा उनी एक्ला छोरा रहेको छिमेकी घर्तीले जानकारी दिए । उनका कान्छा बुवाका छोराहरु पनि दाङमा बस्दै आएको गाउँलेहरुले बताएका छन् । गरिबीका कारण रोल्पाका विभिन्न गाउँबाट मानिसहरु भारतको हिमाञ्चलमा आलु तथा स्याउँ बोक्न जाने गर्दछन् ।

लामो समय भारतको हिमाचलमा बसेर फर्केका इरिबाङका केबी थापाका अनुसार स्याउ बोक्न, तरकारी लगाउन र भारी बोक्न लगायतका काममा रोल्पाका हजारौं मानिस त्यहाँ जाने गर्दछन् ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित वर्गका समाचारहरू

ढुङ्गाका आकृतिले तान्दै पर्यटक

वैशाख ५,दमौली (तनहुँ)। नुवाकोटको विदुर नगरपालिका-११ वासुदेव अवस्थीलाई पहिलो पटक ऐनापहरा पुग्दा निकै आकर्षक लाग्यो

दुई विधेयक पारित दुई ऐन संशोधन

 पुस १५, बुटवल। बुटवल उपमहानगरपालिकाको चौधौँ नगर अधिवेशन दुई वटा विधेयक पारित र दुई वटा

भूकम्पपीडितलाई १० हजार थान जुत्ताचप्पल सहयोग

 कार्तिक २८,काठमाडौं । गोल्डस्टार जुत्ता कम्पनीले जाजरकोटका भूकम्पपीडितलाई १० हजार थान जुत्ता तथा चप्पल सहयोग

चीनद्वारा २८ करोड बराबरको राहत हस्तान्तरण

 कात्तिक २२, पोखरा। जाजरकोट र रुकुम पश्चिमका भूकम्पपीडितका लागि राहत बोकेर दुई चिनियाँ जहाज आइपुगेका छन्

यस कारण घातक छ टाटु, यस्ता कल्पना नै नगरिएका समस्या देखिए !

काठमाडौं, कात्तिक ९ गते । विश्वमा अचेल सबै उमेर समूहमा टाटु लोकप्रिय भएको छ । विकसित

आज सन्दीपविरुद्धको मुद्दा सुनुवाइ हुँदै

काठमाडौँ, असोज २५ गते । क्रिकेटर सन्दीप लामिछाने विरुद्धको जबरजस्ती करणीको मुद्दाको पेसी आज हुँदै छ