भारतको गणतन्त्र दिवसमा पूर्वराजा ज्ञानेन्द्र शाह प्रमुख अतिथि हुने चर्चा !

छिमेकी भारतले आफ्नो ७० औं गणतन्त्र दिवस २६ जनवरी २०१९ का दिन प्रमुख अतिथि बन्न अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्पलाई निम्तो दिएकोमा उनले यसैसाता उक्त निम्तो अस्वीकार गरेपछि त्यसको चर्चा चुलिएको छ । ट्रम्पले निम्तो अस्वीकार गरेपछि नेपालको नामपनि भारतीय सञ्चार माध्यममा जोडिन थालेको छ । 

462753834Gyanendra-shah-

अब कसलाई सो दिन प्रमुख अतिथि बनाउने भन्ने बारेमा भारतको विदेश मन्त्रालय र प्रधानमन्त्रीको कार्यालयलाई टाउको दुखाईको विषय भएको भारतीय सञ्चार माध्यममा चर्चा भइरहेको छ ।  यही चर्चाकै बीचमा भारतको एउटा अनलाइन फस्टपोष्टमा तारा कार्थाले लेखेको समाचार सामग्री प्रकाशित भएपछि त्यसले नेपालमा पनि एक खालको तरङ्ग ल्याएको छ । त्यसमा ट्रम्पले भारतको निम्तो अस्वीकार गरेपछि अब सम्भावित अतिथि भन्दै रसियाका राष्ट्रपति भ्लादिमिर पुटिन, श्रीलंकाका नयाँ प्रधानमन्त्री महिन्दा राजपाक्षे र नेपालका अन्तिम राजा ज्ञानेन्द्र शाहसम्मको नाम लिएको छ । 

साँच्चै पूर्वराजालाई गणतन्त्र दिवसको प्रमुख अतिथि बनाइयो भने भारतले नेपालमा २०६२–६३ पछि भएको परिवर्तनलाई नै अस्वीकार गरेको मान्नुपर्ने हुन्छ । भारतीय सञ्चार माध्यममा त्यस्तो कुरा आएको सन्दर्भमा नेपालका एक कुटनीतिज्ञसँग बाह्रखरीले  जिज्ञासा राख्दा उनले नाम उल्लेख नगर्न आग्रह गर्दै ‘त्यस्तो होला भन्ने आफूलाई विश्वास नलागेको’ बताए । सो अनलाइनमा आएको सामग्रीलाई राजाको प्रत्यक्ष शासनको बेलामा परराष्ट्रमन्त्री रहेका रमेशनाथ पाण्डेले बुधबार सामाजिक सञ्जाल फेसबुकमा शेयर समेत गरेका थिए ।

फस्टपोस्टमा कार्थाले भारतलाई परेको  केही व्यवहारिक अप्ठेरोको कुरापनि जोडेका छन्–“ट्रम्पले अस्वीकार गरेको अवस्थामा कसलाई निम्त्याउने भन्ने प्रश्न उठेको छ । किनकि निम्तो गर्ने समय पहिले नै ढिला भइसकेको छ । पहिलो कुरा, राष्ट्रप्रमुखहरुको क्यालेण्डर करिब ६ महिनाअघि नै पूर्ण भइसकेको हुन्छ । दोस्रो, कुनै पनि राष्ट्रप्रमुख दोस्रो छनोटमा पर्न चाहँदैनन् । तेस्रो, चुनावको वर्ष भएकोले छनोटले त्यसमा पनि असर गर्छ । भारतीय जनता पार्टी आफ्नो छविलाई चहकिलो बनाउन चाहन्छ । त्यसैले यो वास्तवमै जटिल छ ।”

सो सामग्रीमा यो अवस्थामा दिल्लीले के गर्ने त भन्ने चर्चा गर्दै भनिएको छ– “यो अवस्थामा रुसी राष्ट्रपतितर्फ भारतीय विदेश मन्त्रालयका अधिकारीहरु फर्किनुपर्ने हुन्छ ।” उनी अहिले भारतलाई एस–४०० मिसाइल बेचेको कारणले चर्चामा रहेका छन् । रुसी राष्ट्रपतिले सायद मिसाइल प्रणाली गणतन्त्र दिवसको दिन प्रदर्शन गरेको समेत हेर्न चाहन्छन् । यद्यपि पुटिन २०१८ को ४ र ५ अक्टोबरमा भारत भ्रमण गरेर गएका हुन् । उनीसँग ५ अक्टोबरमा मात्रै सहमति भएको र अब त्यही मिसाइलको बारेमा मात्रै सहमतिपत्रमा उल्लेख गर्न बाँकी रहेको जनाइएको छ । त्यसैले उनलाई निम्तो गर्न अप्ठेरो भएको  जनाइएको छ ।
दोस्रो  रणनीतिक छनोटमा पर्न सक्ने भनेको भियतनामका राष्ट्रपति हुन सक्ने जनाइएको छ । किनकि भियतनाममा भारतको प्रभावलाई चीनले मन पराउँदैन । त्यस्तै, श्रीलंकाका नवनियुक्त प्रधानमन्त्री महिन्दा राजपाक्षेलाई पनि चीनको पकडमा जान नदिनका लागि भारतले रणनीतिक रुपमा निम्त्याउन सक्नेछ ।  
चीनका राजदूतले उनलाई भेटेर पहिलो विदेशी बधाई दिँदै केही संकेत गरिसकेका छन् ।  भियतनामसँगको चीनको सम्बन्ध ज्यादै संवेदनशील रहेको छ । तर, भियतनामका प्रधानमन्त्री अघिल्लो वर्षको गणतन्त्र दिवसको परेडमा नै आइसकेकोले अहिले कायममुकायम राष्ट्रपतिलाई बोलाउन सकिने सुझावसमेत सो अनलाइनले दिएको छ । त्यहाँका राष्ट्रपति महिला भएको र अहिले ‘मि टू’ अभियान चलिरहेकोले महिलालाई बोलाउँदा राम्रो अर्थ लाग्ने तर्क गरिएको छ । 
‘छिमेकी पहिलो’ भन्ने मोदीको नीतिलाई हेर्दा प्रमुख अतिथि नेपालबाट पनि हुनु रणनीतिक रुपमा सुहाउँदो हुने भारतीय सञ्चार माध्यमको सो आलेखमा उल्लेख छ । चीनले नेपाललाई प्रभावमा पार्न खोजेको अवस्थामा त्यसलाई निस्तेज गर्न नेपाललाई निम्तो दिन सकिने कुरा मात्रै होइन पूर्वराजा ज्ञानेन्द्रपनि एक अतिथिको पात्र हुन सक्ने उल्लेख गरिएको छ । अघिल्ला वर्षहरुमा नेपालका राजाहरु गणतन्त्र दिवसमा अतिथि बनेको र सन् २००८ सम्म नेपालका राजा रहेका ज्ञानेन्द्र शाह पछिल्ला महिनाहरुमा सम्पर्कमा नै रहेको जनाइएको छ । 

नेपालका प्रधानमन्त्रीलाई पनि अहिलेसम्म निम्तो नदिइएको र प्रोटोकल वा व्यवहारिक वा दुवै हिसाबले केही गर्न सकिने सम्भावना त्यो सामग्रीमा चर्चा गरिएको  छ । बंगलादेश डिसेम्बरमा चुनावमा जान लागेकोले त्यहाँका प्रधानमन्त्रीलाई बोलाउन कठिन हुने जनाउँदै माल्दिभ्सका राष्ट्रपति इब्राहिम मोहम्मद सोलिह उपयुक्त हुन सक्ने चर्चा गरिएको छ । जसले अनपपुलर र हिंस्रक अब्दुल्लाह यामीनलाई विस्थापित गरेको भन्दै उपयुक्त पात्रको रुपमा चर्चा गरिएको छ । रणनीतिक हिसाबले पनि यो महत्वपूर्ण हुन सक्ने तर्क गरिएको छ ।
त्यसैगरी पाकिस्तानका हकमा पाकिस्तानीलाई धेरैवर्ष अघि नै गणतन्त्र दिवसमा सलाम गरिएको भएपनि इमरान खानलाई अहिले बोलाउन असम्भव रहेको जनाइको छ ।

किन निम्त्याउँछ भारत ?

भारत १५ अगष्ट १९४७ मा स्वतन्त्र भएको हो । त्यसैले उसले १५ अगष्टका दिन हरेकवर्ष स्वतन्त्रता दिवस मनाउँछ भने त्यसपछि संविधान निर्माण प्रक्रियामा गएको उसले २६ जनवरी १९५० मा संविधान कार्यान्वयन गरेको दिन हो । त्यस दिनलाई भारतले गणतन्त्र दिवसको रुपमा मनाउने गरेको छ । 
सोही सालदेखि नै भारतले गणतन्त्र दिवसका दिन विदेशी राष्ट्रप्रमुख वा सरकार प्रमुखलाई अतिथिको रुपमा बोलाउन थालेको हो । यद्यपि १९५२, १९५३, १९५६, १९५७, १९५९, १९६२, १९६४, १९६६, १९६७, १९७० सालका गणतन्त्र दिवसमा भने उसले कसैलाई पनि बोलाएको थिएन । 

पहिलो इन्डोनेसिया दोस्रो नेपाल

भारतले गणतन्त्र दिवसको पहिलो अतिथिका रुपमा इन्डोनेसियाका राष्ट्रपति सुकार्नोलाई निम्तो दिएको थियो भने दोस्रो गणतन्त्र दिवसका दिन सन् १९५१ मा राजा त्रिभुवनलाई बोलाएको थियो । नेपालका तर्फबाट दोस्रो व्यक्तिका रुपमा राजा वीरेन्द्र १९९९ मा प्रमुख अतिथिका रुपमा गएका थिए । त्यसपछि भने नेपालबाट कसैलाई पनि बोलाइएको छैन । 

तीन व्यक्ति तीन पटक

भारतले विश्वका तीन जना व्यक्तिलाई गणतन्त्र दिवसको प्रमुख अतिथिका रुपमा तीन पटक बोलाएको छ । यसरी बोलाइएकामा फ्रान्सका तत्कालीन राष्ट्रपति ज्याक सिराक, भुटानका पूर्वराजा जिग्मे सिंगे वाङचुक र युगोस्लाभियाका राष्ट्रपति जोसेफ टिटो हुन् । 

मोदी आएपछिको चहलपहल

भारतमा नरेन्द्र मोदी सन् २०१४ मा प्रधानमन्त्रीका रुपमा आएपछि भएको २०१५ को गणतन्त्र दिवसको प्रमुख अतिथिको रुपमा अमेरिकाका राष्ट्रपति बाराक ओबामालाई बोलाइएको थियो भने २०१६मा फ्रान्सका राष्ट्रपति फ्रान्कोइज होलन्डलाई बोलाइएको थियो । २०१७ मा भने युएईका युवराज मोहम्मद बिन जइद अल नाहयानलाई बोलाइएको थियो । सन् २०१७मा  दक्षिणपूर्वी एशियाली राष्ट्रहरुको संगठन (आसियान)का राष्ट्र वा सरकार प्रमुखलाई सामुहिक रुपमा बोलाइएको थियो । आसियानमा ब्रुनाई, क्याम्बोडिया, इन्डोनेसिया, लाओस, मलेशिया, म्यान्मार, फिलिपिन्स, सिंगापुर, थाइल्याण्ड र भियतनाम सदस्य रहेका छन् ।

ट्रम्प नआउँदा मोदीलाई तनाव 

गणतन्त्र दिवसको तिथि नजिकिदै जाँदा अमेरिकी राष्ट्रपति ट्रम्पले निम्तो अस्वीकार गर्दिएर अहिले मोदीलाई अप्ठेरो पारिदिएका छन् । भारतको प्रमुख प्रतिपक्षी कांग्रेस (आइ) का नेताहरुले मोदीले विदेश नीतिका नाममा ‘फोटो खिच्ने बाहेक केही पनि नजानेको’ भनेर कडा आलोचना गरिरहेका छन् । उनीहरुको तर्क छ–“ट्रम्पलाई पहिला नै आउन इच्छुक भएको अवस्थामा मात्रै निम्तो दिइनुपर्दथ्यो । तर, पहिले नै निम्तो दिएर समग्रमा भारतलाई नै लज्जित बनाउने काम भएको छ ।”
मोदीले आफनो भेटघाटका क्रममा सन् २०१७ मा नै ट्रम्पलाई भारत भ्रमणको लागि आग्रह गरेकोमा उनले त्यतिबेला सकारात्मक जवाफ दिएको तर अहिले औपचारिक निम्तो गर्दा भने आफू २६ जनवरी ताका अरु नै काममा व्यस्त हुनुपर्ने अवस्था रहेको जनाएका थिए । 

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित वर्गका समाचारहरू

बालबालिकालाई विद्यालयमा भर्ना गर्न प्रधानमन्त्रीको आह्वान

वैशाख २, काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले विद्यालय जाने उमेरका बालबालिकालाई पायक पर्ने विद्यालयमा भर्ना

लुम्बिनीका मुख्यमन्त्री चौधरीले विश्वासको मत लिँदै

तुलसीपुर (दाङ), चैत २२ गते । लुम्बिनी प्रदेश सरकारका मुख्यमन्त्री डिल्लीबहादुर चौधरीले आज विश्वासको मत लिनुहुने

एसईईमा वञ्चित भएकालाई परीक्षा दिने व्यवस्था मिलाइन्छः शिक्षामन्त्री श्रेष्ठ

काठमाडौं, चैत २१ गते। शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री सुमना श्रेष्ठले माध्यामिक शिक्षा परीक्षा (एसईई)बाट वञ्चित

अत्याधुनिक हतियारसहित पक्राउ परेकालाई पाँच दिन हिरासतमा राख्न अनुमति

 चैत ७,काठमाडौँ। सर्वोच्च अदालत परिसरबाट सोमबार अत्याधुनिक हतियारसहित पक्राउ परेका दुई जनालाई पाँच दिन हिरासतमा राख्न

कोरिया जाने श्रमिकको कोटा थपियाे

चैत २,  काठमाडौँ। दक्षिण कोरियामा सन् २०२४ का लागि रोजगार अनुमति प्रणाली (इपिएस) मार्फत जाने

सत्तारुढ गठबन्धनबिच सात बुँदे सहमति

 फागुन २९,काठमाडौं । । मङ्गलबार बिहान प्रधानमन्त्री निवास बालुवाटारमा बसेको सत्तारुढ गठबन्धनको बैठकमा  नेकपा (माओवादी