भाइटीकाको साइत ११:५१ बजे उत्तम

२९ असोज, काठमाडौं : यस वर्षको भाइटीकाको साइत कात्तिक ४ गते शनिबार मध्याह्न ११:५१ मा उत्तम रहेको नेपाल पञ्चाङ्ग निर्णायक समितिले जनाएको छ ।

 

bhai-tika2 (1)समितिका अध्यक्ष प्रा डा रामचन्द्र गौतमले सो समय अभिजित् (विजय) मुहूर्तको साइत दिएको जानकारी दिए । उनका अनुसार भाइटीकाका समय दाजुभाइले पश्चिम फर्केर बस्न र दिदीबहिनीले पूर्व फर्केर टीका लगाउन राम्रो हुन्छ ।

यस वर्षको यमपञ्चक अर्थात् तिहार पर्व असोज ३१ गते मंगलबारदेखि शुरु हुँदैछ । ३१ गते (कार्तिक कृष्ण त्रयोदशीका दिन) काग तिहार र धनवन्तरी जयन्ती, कात्तिक १ गते बुधबार कुकुर तिहार र नरक चतुर्दशी, २ गते बिहीबार लक्ष्मी पूजा, कात्तिक ३ गते शुक्रबार गाई, गोरु तिहार, कृषक र गोवद्र्धन पूजा एवं कात्तिक ४ गते शनिबार भाइटीका परेको अध्यक्ष गौतमले जानकारी दिए ।

कुल परम्पराअनुसार कसैले लक्ष्मीपूजाको दिन बिहान पनि गाई पूजा गर्ने गरेका छन् । शास्त्रीयरूपमा गाईको पूजा भने कार्तिक शुक्ल प्रतिपदाकै दिन हुनुपर्ने समितिले जनाएको छ । रासस

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित वर्गका समाचारहरू

अवैध बाटोबाट अमेरिका पुगेका आठ नेपाली नेपाल फिर्ता

काठमाडौँ, फागुन ११ गते । अवैध बाटो प्रयोग गर्दै अमेरिका पुगेका आठ जना नेपालीलाई अमेरिकाले नेपाल

काठमाडौंमा विश्व सामाजिक मञ्चको सम्मेलन

काठमाडौं,फागुन ३ । ‘अर्को विश्व सम्भव छ’ भन्ने नारासहित विश्व सामाजिक मञ्चको सम्मेलन काठमाडौंमा सुरू

श्रममन्त्रालय र वैदेशिक रोजगार प्रर्वधनबोर्डका विरुद्ध जिफन्टले गर्यो प्रतिरोधि अभियानको घोषणा

माघ २९, काठमाण्डौ । नेपाल ट्रेड युनियन महासँघ(जिफन्ट) ले नेपाल सरकारले वैदेशिक रोजगारलाई व्यवस्थित गर्ने

विद्यार्थीले घरैबाट ट्रान्सक्रिप्ट पाउने व्यवस्था शुरु

पुस २९,काठमाडौँ । अब त्रिभुवन विश्वविद्यालयको परीक्षा नियन्त्रण कार्यालय (पनिका) ले प्रवाह गर्ने सेवामा सुधार

श्रमिकका छोराले डाक्टर पढ्ने छात्रबृत्ति पाएपनि खानबस्न समस्या

माघ १०,बैतडी।  श्रमिकका छोराले एमबिबिएस पढ्न पूर्ण छात्रवृत्तिमा नाम निकालेपछि खुसीयालीसँगै बिहान बेलुकी के खाएर

नक्कली भ्याट बिल बनाउनेलाई सतप्रतिशत जरिमाना

 कार्तिक ०२, २०८० | काठमाडौं । सर्वोच्च अदालतले नक्कली भ्याट बिल निर्माण गरी राजस्व छल्नेमाथि