February 27, 2017

भाँडा माझ्न पास भए विप्लव

फागुन १६ 

रोल्पा – पार्टीको आठौं महाधिवेशन बन्दसत्रका लागि थवाङ पुगेका महासचिव नेत्रविक्रम चन्द विप्लवले आफूले खाएको जुठो थाल सफा गरे । उनले साबुन लगाएर मस्को लगाएको थालीलाई मेसमा खटिएका युवाले ओल्टाई पल्टाई हेर्थे कतै जुठो छ कि भनेर, थालमा जुठो भए फर्काउन बेर लाउँदैनथे पनि । आजको अन्नपूर्ण पोष्टमा खबर छ ।

‘धन्न फर्कनुपरेन । पुन सफा गर्नुपरेन, उहाँ पास हुनुभो’, मेसमा खटिएकी थवाङकी मगरभाषी एक युवतीले खस भाषामा बोलिन् । विप्लव पनि मुस्काए । थालीमा जुठो देखिएपछि पुन सफा गर्न परे फेल भएको भन्दै मेसमा हाँसोको फोहोरा नै छुट्ने गथ्र्यो ।

फागुन ५ १० सम्म थवाङमा सम्पन्न बन्दसत्र अवधिभर महासचिवले जुठो थाल सफा गर्दा फेल हुनु परेन । जुठो थाली मस्काउँदै गरेको दृश्य थवाङ पुगेको पत्रकारले क्यामेरामा कैद पनि गरे ।

महासचिव विप्लव र नेता खड्कबहादुर विश्वकर्मा ‘प्रकाण्ड’ ले थबाङको ठूलो गाउँको मेसमा खाना खाएर जुठो थाल सँगसँगै सफा गरे। दुवै जनाले थाल माझेर मेसमा बुझाए । मेसमा केहीबेरपछि हाँसोको फोहरा छुट्यो । कारण थियो, महिला नेतृ सम्झना घर्तीमगरले सफा गरेको थाल जुठो राम्ररी नपखालिएको भन्दै मेसका युवाले फिर्ता गरिदिए थिए । ‘म त एकपटक फेल भएँ,’ घर्तीमगरले भनिन्, ‘एक पटक फेल भएँ, पुनः थाली माझेपछि पास (सफल) भएँ ।’

थबाङ पुगेका आधा दर्जन पत्रकार थाल माझेर सफल भएपनि पत्रकार दिपेश पराईविष्टले असफल भए । विष्टको थाल जुठो भन्दै फिर्ता गरिएपछि हाँसो चल्यो फेरि । यस्तो दृश्य बन्दसत्र अवधिभर चलिरह्यो थबाङमा । महासचिव विप्लवले मात्र होइन थबाङ पुगेका एक हजार प्रतिनिधि पर्यवेक्षक सबैले आफूले खाएको थाल माझेर फर्किए । सयौंका थाल जुठो भनेर फर्काइए । जुठो थाल पुनः सफा गर्न फर्किने डरले सबैजसोले सावुन डलेर वेस्सरी मस्को लगाएर बाझेको देखियो।

बन्दसत्रका प्रतिनिधि पर्यवेक्षक र पाहुना लागि पाँच वटा मेस संचालन गरिएका थिए । कार्यकर्ता र थबाङी मेसमा खटिएका थिए । मेसमा भात, दाल, तरकारी थियो । कहिले काही खसी र रांगाको मासु समेत व्यवस्था थियो । प्रतिनिधि पर्यवेक्षकले आफूले खाने थाल समेत घरबाट नै बोकेर ल्याएका थिए । प्रत्येकले थाली ल्याएकाले र जुठो थाली स्वयम् मस्काएकाले थोरै जनशक्तिले पनि मेस व्यवस्थापन सहज बनेको जिल्ला पार्टी सचिव दलबहादुर खत्रीको भनाइ छ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित वर्गका समाचारहरू

बालबालिकालाई विद्यालयमा भर्ना गर्न प्रधानमन्त्रीको आह्वान

वैशाख २, काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले विद्यालय जाने उमेरका बालबालिकालाई पायक पर्ने विद्यालयमा भर्ना

लुम्बिनीका मुख्यमन्त्री चौधरीले विश्वासको मत लिँदै

तुलसीपुर (दाङ), चैत २२ गते । लुम्बिनी प्रदेश सरकारका मुख्यमन्त्री डिल्लीबहादुर चौधरीले आज विश्वासको मत लिनुहुने

एसईईमा वञ्चित भएकालाई परीक्षा दिने व्यवस्था मिलाइन्छः शिक्षामन्त्री श्रेष्ठ

काठमाडौं, चैत २१ गते। शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री सुमना श्रेष्ठले माध्यामिक शिक्षा परीक्षा (एसईई)बाट वञ्चित

अत्याधुनिक हतियारसहित पक्राउ परेकालाई पाँच दिन हिरासतमा राख्न अनुमति

 चैत ७,काठमाडौँ। सर्वोच्च अदालत परिसरबाट सोमबार अत्याधुनिक हतियारसहित पक्राउ परेका दुई जनालाई पाँच दिन हिरासतमा राख्न

कोरिया जाने श्रमिकको कोटा थपियाे

चैत २,  काठमाडौँ। दक्षिण कोरियामा सन् २०२४ का लागि रोजगार अनुमति प्रणाली (इपिएस) मार्फत जाने

सत्तारुढ गठबन्धनबिच सात बुँदे सहमति

 फागुन २९,काठमाडौं । । मङ्गलबार बिहान प्रधानमन्त्री निवास बालुवाटारमा बसेको सत्तारुढ गठबन्धनको बैठकमा  नेकपा (माओवादी