६ साउन, काठमाडौं । चितवन जिल्लास्थित भरतपुरका तरकारी व्यापारीले भरतपुर महानगरपालिका कार्यालय विहिबारदेखि घेराउ गरेका छन् ।नेपाल फलफूल तथा तरकारी व्यवसायी महासङ्घले विहिबार काठमाडौंमा आयोजना गरेको पत्रकार सम्मेलनमा अध्यक्ष ओमप्रकाश घिमिरेले भरतपुर, लायन्स चोकमा रहेको तरकारी बजारको सञ्चालन एकल ठेकेदारलाई दिने महानगरपालिकाको निर्णयविरुद्ध घेराउ गरेको बताए ।साना बजार पूर्वाधार आयोजनाले उक्त तरकारी बजारको निर्माण गरेको थियो । दैनिक फलफूल र तरकारी गरी रु चार करोड ५० लाख कारोबार हुने बिक्री केन्द्रलाई महानगरपालिकाले मासिक रु १२ लाख ५० हजारमा ठेकेदारलाई दिने निर्णय गरेको छ ।
हाल व्यापारीले महानगरपालिकालाई बिक्री कक्ष प्रयोग गरेबापत मासिक रु आठ लाख ५० हजार बुझाउने गर्छन् । यही साउन ८ गते महानगरपालिकाले ठेकदारसंग गर्न लागेको सम्झौताविरुद्ध लागेका तरकारी व्यापारीले २०५० सालदेखि सो स्थानमा तरकारी तथा फलफूलको कारोबार गर्दै आएका छन् ।महानगरपालिकाको स्वामित्वमा रहेको सात रोपनी जमिनमा बिक्री कक्ष निर्माण गरी सुरु भएको बजारमा अहिले तीन सय व्यवसायी कार्यरत छन् । अहिले महानगरपालिकाको ५७ र निजी क्षेत्रको १०० बिक्री कक्षमार्फत चितवन सहित १६ जिल्लाका फलफूल र तरकारीको मागलाई बजारले पूरा गर्दै आएको छ ।
महानगरपालिकाले स्थानीय स्वायत्त शासन ऐन २०५५ तथा स्थानीय स्वायत्त शासन नियमावली २०५६ र स्थानीय निकाय आर्थिक प्रशासन नियमावली २०६४ अनुसार बोलपत्र आह्वान गरी तरकारी बजार ठेकेदारलाई दिने निर्णय गरेको थियो । रासस
चैत ७,काठमाडौँ। सर्वोच्च अदालत परिसरबाट सोमबार अत्याधुनिक हतियारसहित पक्राउ परेका दुई जनालाई पाँच दिन हिरासतमा राख्न
चैत २, काठमाडौँ। दक्षिण कोरियामा सन् २०२४ का लागि रोजगार अनुमति प्रणाली (इपिएस) मार्फत जाने
फागुन २९,काठमाडौं । । मङ्गलबार बिहान प्रधानमन्त्री निवास बालुवाटारमा बसेको सत्तारुढ गठबन्धनको बैठकमा नेकपा (माओवादी
फागुन २३,काठमाडौं। मन्त्रिपरिषद् आज विस्तार हुनेभएको छ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ का प्रेस सल्लाहकार गोविन्द
फागुन २०, काठमाडौँ । सामाजिक सुरक्षामा बढ्दो वित्तीय दायित्व कम गर्न सरकारले नगदमा उपलब्ध गराइने
फागुन १६, काठमाडौँ । नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचकमा सामान्य अङ्कको गिरावट देखिएको छ ।