भरतपुर महानगरपालिकाको मुद्दा टुंगिएन: अर्को पेशी साउन १२ मा

श्रावण ९,काठमाडौं । भरतपुर महानगरपालिका वडा नम्बर १९ मा गणनाका क्रममा मतपत्र च्यातिएको विषयमा सर्वोच्च अदालतमा परेको मुद्दाको सुनुवाइ आज (सोमबार) पनि सकिएन । न्यायाधीशद्वय पुरुषोत्तम भण्डारी र ओमप्रकाश मिश्रको इजलाशमा तोकिएको उक्त मुद्दालार्इ हेर्दाहेर्दैमा राखिएको छ । मुद्दाको पेशी साउन १२ गतेलार्इ तोकिएको छ । 
सोमबार निर्वाचन आयोगको तर्फबाट महान्यायधिवक्ता रमण श्रेष्ठ, उपमहान्यायधिवक्ता घनश्याम अझा, सहन्यायधिवक्ता सञ्जीवराज रेग्मीलगायतले बहस गरेका थिए । मुद्दाको विपक्षमा बहस गर्दै उनीहरूले पुनः निर्वाचन गराउनुपर्ने जिकिर गरेका थिए । 
यसअघि आइतबार रिट निवेदकका तर्फबाट अधिवक्ताहरू चन्द्रकान्त ज्ञवाली, विजयकान्त मैनाली, हरि उप्रेती, बाबुराम दाहाल, हरि फुयाँल, खिमलाल देवकोटा तथा गोविन्द बन्दीले बहस गरेका थिए । भरतपुर महानगरपालिका वडा नं १९ मा मतपत्र च्यातिएपछि पुनः मतदान गराउने निर्वाचन आयोगको निर्णयविरुद्ध सर्वोच्च अदालतमा सोही वडाका एमालेका स्थानीय नेता गुञ्जमान विक र अधिवक्ता तुलसीराम पाण्डेले रिट दायर गरेका थिए । भरतपुर महानगरपालिकाको मतगणनाका क्रममा ९० वटा मतपत्र च्यातिएको पाइएको थियो । 
भरतपुर महानगरपालिका वडा नम्बर १९ मा च्यातिएको मतपत्र यसअघि नै सर्वोच्चमा बुझाइएको छ । सर्वाच्चकोआदेशबमोजिम भरतपुरबाट मतपत्र निकालेर सोझै काठमाडौं ल्याइएको थियो ।च्यातिएका मतपत्र, मतगणना स्थगित गरेको मुचुल्का, मतगणना स्थगनको सूचना, निर्वाचन आयोगलाई बुझाईएको प्रतिवेदन, च्यातिएको मतपत्र गणना गरेको मुचुल्का र च्यातिएका मतपत्र गणना गरेर ल्याइएको थियो ।
भरतपुर महानगरपालिका वडा नं। १९ को मतगणना जारी रहेको बेला मतपत्र च्यातिएको थियो । महानगरका २९ वटा मध्ये २७ वटाको गणना सम्पन्न भएको छ । वडा नम्बर १९ को मतपत्र निर्वाचन आयोगले बदर गरी पुनः मतदानको निर्णय गरेपछि यो विषय सर्वोच्चमा पुगेको हो । सर्वोच्चले अहिले कुनै काम नगर्नु भनेकाले सवै प्रक्रिया अवरुद्ध छ ।
भरतपुर महानगरपालिका वडा नं। १९ मा पुनः मतदान गराउने निर्वाचन आयोगको निर्णयविरुद्ध सर्वोच्च अदालतमा सोही वडाका एमालेका स्थानीय नेता गुञ्जमान विक र अधिवक्ता तुलसीराम पाण्डेले रिट दायर गरेका थिए ।
निर्वाचन आयोगले भरतपुर महानगरपालिका वडा नम्बर १९ मा पुनः मतदान गराउने गरि गरेको निर्णयका विरुद्ध सर्वोच्च अदालतमा रिट दायर गरिएको थियो । निर्वाचन आयोगको निर्णय गैर संवैधानिक, पूर्वाग्रहपूर्ण रहेको उल्लेख गर्दै रिट दायर गरिएको थियो । हुँदै नभएको तथ्यलाई तोडमोड गरी सत्तापक्षका उमेदवार जिताउने योजना रहेको पनि रिटमा उल्लेख गरिएको थियो । मतपत्र च्यातिएको करिब एकसातापछि निर्वाचन आयोगले भरतपुर महानगरपालिका वडा नम्बर १९ मा पुनः मतगणना गराउन जिल्ला निर्वाचन कार्यालयलाई निर्देशन दिएको थियो ।
 
९० वटा मतपत्र च्यातिएका थिए
भरतपुर महानगरपालिकाको मतगणनाका क्रममा ९० वटा मतपत्र च्यातिएको पाइएको छ ।
निर्वाचन आयोगको निर्देशनअनुसार जिल्ला निर्वाचन अधिकृतको कार्यालयले विभिन्न राजनीतिक दलका नेता, उमेदवार, सुरक्षा समितिको रोहबरमा च्यातिएका मतपत्र गणना गर्दा ९० वटा मत गन्नै नमिल्नेगरी च्यातिएको पाइएको छ ।
तर नेकपा एमालेले त्यसमा केही मत गन्न सकिने अवस्थाको रहेको हुँदा धेरै विवाद नगर्न आग्रह गरेको थियो ।  भरतपुर वडा नम्बर १९ मा जम्मा २८९७ मत खसेको थियो भने १८०९ मत गणना भएको थियो । त्यति मत गणना हुँदासम्म नेकपा एमालेका उमेदवार ज्ञवाली माओवादी केन्द्रकी उमेदवार रेणु दाहाल भन्दा ७३३ मतले अघि थिए ।
अब वडा नम्बर १९ मा ९९८ मत गन्न बाँकी रहेको छ ।
यसैबीच मतपत्र च्यात्ने दुई माओवादी कार्यकर्ता मधु न्यौपाने र द्रोण शिवाकोटीलाई रिहा गरिसकिएको छ ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित वर्गका समाचारहरू

बालबालिकालाई विद्यालयमा भर्ना गर्न प्रधानमन्त्रीको आह्वान

वैशाख २, काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले विद्यालय जाने उमेरका बालबालिकालाई पायक पर्ने विद्यालयमा भर्ना

लुम्बिनीका मुख्यमन्त्री चौधरीले विश्वासको मत लिँदै

तुलसीपुर (दाङ), चैत २२ गते । लुम्बिनी प्रदेश सरकारका मुख्यमन्त्री डिल्लीबहादुर चौधरीले आज विश्वासको मत लिनुहुने

एसईईमा वञ्चित भएकालाई परीक्षा दिने व्यवस्था मिलाइन्छः शिक्षामन्त्री श्रेष्ठ

काठमाडौं, चैत २१ गते। शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री सुमना श्रेष्ठले माध्यामिक शिक्षा परीक्षा (एसईई)बाट वञ्चित

अत्याधुनिक हतियारसहित पक्राउ परेकालाई पाँच दिन हिरासतमा राख्न अनुमति

 चैत ७,काठमाडौँ। सर्वोच्च अदालत परिसरबाट सोमबार अत्याधुनिक हतियारसहित पक्राउ परेका दुई जनालाई पाँच दिन हिरासतमा राख्न

कोरिया जाने श्रमिकको कोटा थपियाे

चैत २,  काठमाडौँ। दक्षिण कोरियामा सन् २०२४ का लागि रोजगार अनुमति प्रणाली (इपिएस) मार्फत जाने

सत्तारुढ गठबन्धनबिच सात बुँदे सहमति

 फागुन २९,काठमाडौं । । मङ्गलबार बिहान प्रधानमन्त्री निवास बालुवाटारमा बसेको सत्तारुढ गठबन्धनको बैठकमा  नेकपा (माओवादी