भरतपुर, १५ जेठ । निकै नै रोमाञ्चक प्रतिपर्धात्मक मानिएको भरतपुर महानगरको मतगणना अनिश्चितकालका लागि स्थगित गरिएको छ । मतगणना स्थलमा एक्कासी मतपत्र च्यातिएपछि अनिश्चितकालका लागि मतगणना स्थगित गरिएको हो ।
मतपत्र कसले च्यात्यो विषयलाई लिएर अरोप प्रत्यारोप चलेको छ । माओवादी केन्द्रले हार्ने निश्चित भएपछि मतपत्र च्यातेको एमालेका उम्मेदवार देवी ज्ञवालीले बताएका छन् । उनका अनुसार माओवादी हार्ने निश्चित भएपछि माओवादी प्रतिनिधिले मतपत्र च्यातेका हुन् ।
उता माओवादी केन्द्रले एमालेका प्रतिनिधिले मतपत्र च्यातेको अरोप लगाएको छ । मतपत्र च्यातेपछि मतगणना स्थल तनावपुर्ण बनेको थियो । एमालेका अनुसार माओवादी चितवनको जिल्ला अध्यक्ष मधु न्यौपाने र माओवादीका प्रतिनिधि द्रोण सिवाकोटीले मतपत्र च्यातका हुन् । कांग्रेस र माओवादीका नेताहरुले भने एमाले प्रतिनिधिहरुले मतपत्र च्यातेको दावी गर्दै आएका छन् ।
मध्यरातमा एक्कासी तनावपुर्ण माहोल बनेपछि निर्वाचन अधिकृतले अनिश्चितकालका लागि मतगणना स्थगित भएको बताएका छन् ।
चैत ७,काठमाडौँ। सर्वोच्च अदालत परिसरबाट सोमबार अत्याधुनिक हतियारसहित पक्राउ परेका दुई जनालाई पाँच दिन हिरासतमा राख्न
चैत २, काठमाडौँ। दक्षिण कोरियामा सन् २०२४ का लागि रोजगार अनुमति प्रणाली (इपिएस) मार्फत जाने
फागुन २९,काठमाडौं । । मङ्गलबार बिहान प्रधानमन्त्री निवास बालुवाटारमा बसेको सत्तारुढ गठबन्धनको बैठकमा नेकपा (माओवादी
फागुन २३,काठमाडौं। मन्त्रिपरिषद् आज विस्तार हुनेभएको छ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ का प्रेस सल्लाहकार गोविन्द
फागुन २०, काठमाडौँ । सामाजिक सुरक्षामा बढ्दो वित्तीय दायित्व कम गर्न सरकारले नगदमा उपलब्ध गराइने
फागुन १६, काठमाडौँ । नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचकमा सामान्य अङ्कको गिरावट देखिएको छ ।