February 23, 2017

भक्तपुर मालपोतमा भ्रष्टाचारी समातिए

Ghus-3भक्तपुर, फागुन १२ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगको टोलीले घुस लिँदै गर्दा जिल्ला मालपोत कार्यालयका दुई कर्मचारीलाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा मालपोत कार्यालय भक्तपुरका नायव सुब्बा ऋषिराम बुढाथोकी, कार्यालय सहयोगी केशबबहादुर खत्री र लेखापढी व्यवसायी विष्णुहरि न्हिुसुतूलाई नगदसहित पक्राउ गरिएको महानगरीय प्रहरी बृत जगातीले जनाएको छ । मालपोत कार्यालय अगाडिको खाजा पसलमा सेवाग्राहीसँग ६ लाख १४ हजार रुपैयाँ घुस लिँदै गर्दा एक सातादेखि निगरानीमा रहेका अख्तियारको टोलीले बुधबार कार्यालय समय पछि घुस लिँदै गरेको रकमसहित नियन्त्रणमा लिएको हो । मालपोत कार्यालयका प्रमुख कमल तिमिल्सिना र महानगरीय प्रहरी बृत्त जगातीका प्रहरी निरीक्षक राजकुमार सिलवालको रोहवरमा अख्तियारले नासु बुढाथोकी, कार्यालय सहयोगी खत्री र लेखापढी व्यवसायी न्हिुसुतूलाई नियन्त्रणमा लिएको जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित वर्गका समाचारहरू

ढुङ्गाका आकृतिले तान्दै पर्यटक

वैशाख ५,दमौली (तनहुँ)। नुवाकोटको विदुर नगरपालिका-११ वासुदेव अवस्थीलाई पहिलो पटक ऐनापहरा पुग्दा निकै आकर्षक लाग्यो

बालबालिकालाई विद्यालयमा भर्ना गर्न प्रधानमन्त्रीको आह्वान

वैशाख २, काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले विद्यालय जाने उमेरका बालबालिकालाई पायक पर्ने विद्यालयमा भर्ना

सम्पत्ति शुद्धीकरणसम्बन्धी विधेयक राष्ट्रपतिद्वारा प्रमाणीकरण

काठमाडौं, चैत ३० गते । राष्ट्रपति रामचन्द्र पौडेलले सम्पत्ति शुद्धीकरण सम्बन्धी ऐनलाई संशोधन गर्न बनेको विधेयक

बागमती नगर प्रमुखविरुद्ध पाँच करोडको भ्रष्टाचार मुद्दा

 चैत २८, काठमाडौँ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले सर्लाही, बागमती नगरपालिकाका प्रमुख भरतकुमार थापाविरुद्ध विशेष अदालतमा

बजेटमा समेट्नैपर्ने विषय

खिमलाल देवकोटा  २५ चैत २०८०, आइतबार नेपालको संविधानको धारा ११९ को उपधारा ३ बमोजिम नेपाल

लुम्बिनीका मुख्यमन्त्री चौधरीले विश्वासको मत लिँदै

तुलसीपुर (दाङ), चैत २२ गते । लुम्बिनी प्रदेश सरकारका मुख्यमन्त्री डिल्लीबहादुर चौधरीले आज विश्वासको मत लिनुहुने