भक्तपुरमा साझाबस चल्नै नदिने व्यवसायीको धम्की

1490002494sajha-finalभक्तपुर, चैत ७ । भक्तपुरका यातायात व्यवसायीले भक्तपुरमा साझाबस चलाए ग्रामीण भेगका सबै बाटोमा यातायातका साधन चल्न नदिने धम्की दिएका छन् ।

सोमबार रफत सन्चार क्लब भक्तपुरमा पत्रकार सम्मेलन गर्दैै व्यवसायीहरुले सहरी भेगमामात्र सन्चालन गरिने साझा यातायातलाई अनुमति दिइए आफूहरुले भक्तपुरका ग्रामीण क्षेत्रमा कहिँ पनि गाडी चल्न नदिने धम्की दिएका हुन् ।

भक्तपुर मिनीबस सेवा समितिका अध्यक्ष ज्ञानेन्द्र महर्जनले समितिअन्तर्गत् १७ रुटमा ३३७ गाडी सन्चालनमा रहेपनि यात्री सेवालाई अझ व्यवस्थित बनाउन थप ४० ओटा साझासरहका बस झिकाइएको भन्दै साझालाई भक्तपुरमा अनुमति नदिन माग गरे ।

ग्रामीण भेगमा घाटा सहेर यातायात सन्चालन गरिएको दाबी गर्दै महर्जनले सहरी भेगमा नाफा कमाउनमात्र साझालाई भित्र्याइए मान्य नहुने चेतावनी दिए ।

 

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित वर्गका समाचारहरू

ढुङ्गाका आकृतिले तान्दै पर्यटक

वैशाख ५,दमौली (तनहुँ)। नुवाकोटको विदुर नगरपालिका-११ वासुदेव अवस्थीलाई पहिलो पटक ऐनापहरा पुग्दा निकै आकर्षक लाग्यो

झिनो अङ्कले घट्यो नेप्से

फागुन १६, काठमाडौँ । नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचकमा सामान्य अङ्कको गिरावट देखिएको छ ।

दुई विधेयक पारित दुई ऐन संशोधन

 पुस १५, बुटवल। बुटवल उपमहानगरपालिकाको चौधौँ नगर अधिवेशन दुई वटा विधेयक पारित र दुई वटा

भूकम्पपीडितलाई १० हजार थान जुत्ताचप्पल सहयोग

 कार्तिक २८,काठमाडौं । गोल्डस्टार जुत्ता कम्पनीले जाजरकोटका भूकम्पपीडितलाई १० हजार थान जुत्ता तथा चप्पल सहयोग

मिटरब्याजी तथा सहकारी ठग राजकुमार श्रेष्ठ पक्राउ

 कात्तिक २८ ,काठमाडौं । सहकारी ठगीका अभियुक्त तथा खुंखार मिटरब्याजी राजकुमार श्रेष्ठ पक्राउ परेका छन्

चीनद्वारा २८ करोड बराबरको राहत हस्तान्तरण

 कात्तिक २२, पोखरा। जाजरकोट र रुकुम पश्चिमका भूकम्पपीडितका लागि राहत बोकेर दुई चिनियाँ जहाज आइपुगेका छन्