बैङ्क तथा वित्तीय संस्थाको पहुँच सबभन्दा बढी बागमती प्रदेशमा

काठमाडौँ, कात्तिक १७ गते । बैङ्क तथा वित्तीय संस्थामा पहुँच तथा साधन परिचालनका दृष्टिले अन्य प्रदेशका तुलनामा बागमती प्रदेशमा बढी केन्द्रित रहेको एक अध्ययनले देखाएको छ ।

नेपाल राष्ट्र बैङ्कबाट इजाजतपत्र प्राप्त ‘क’, ‘ख’ र ‘ग’ वर्गका बैङ्क तथा वित्तीय संस्थामा पहुँच तथा साधन परिचालन बागमती प्रदेशमा अधिक देखिएको छ भने कर्णाली र सुदूरपश्चिम प्रदेशमा न्यून देखिएको हो ।
राष्ट्र बैङ्कले गरेको ‘नेपालको सङ्घीय संरचनाअन्तर्गत वित्तीय क्षेत्रको स्रोत परिचालन’ विषयक अध्ययन प्रतिवेदनका अनुसार आर्थिक वर्ष २०७७/७८ मा बैङ्क तथा वित्तीय संस्थाको कुल शाखा सङ्ख्यामध्ये सबैभन्दा बढी (३४ प्रतिशत) बागमती प्रदेशमा र सबैभन्दा कम (४ प्रतिशत) कर्णाली प्रदेशमा रहेको छ ।
बैङ्क तथा वित्तीय संस्थाबाट परिचालन भएको कुल निक्षेपको ६८.१ प्रतिशत र कुल कर्जाको ५६.६ प्रतिशत बागमती प्रदेशमा रहेको छ । कर्णाली प्रदेशमा निक्षेप परिचालन र कर्जा प्रवाह दुवै न्यून रहेको देखिएको छ । अध्ययनमा ‘क’, ‘ख’ र ‘ग’ वर्गका बैङ्क तथा वित्तीय संस्थाको तुलनामा लघुवित्त वित्तीय संस्थाहरूको वित्तीय पहुँच तथा वित्तीय स्रोत परिचालन प्रदेशगत रूपमा बढी सन्तुलित देखिएको छ भने बैङ्क तथा वित्तीय संस्था पनि बागमती प्रदेश केन्द्रित रहेको छ ।
अध्ययन प्रतिवेदनले प्रदेशगत आधारमा वित्तीय संस्थाहरूको पहुँच, निक्षेप परिचालन र कर्जा प्रवाहको स्थिति विश्लेषण गर्नुुका साथै गरिब, विपन्न, बेरोजगार र महिलालगायतले सञ्चालन गरेका व्यवसाय प्रवद्र्धन गर्न कार्यान्वयनमा ल्याइएको सहुलियतपूर्ण कर्जा तथा पुनर्कर्जा सुविधाको समेत प्रदेशगत विश्लेषण गरिएको छ ।
वित्तीय पहुँच र साधन परिचालनको विश्लेषणमा सम्पूर्ण बैङ्क तथा वित्तीय संस्था, गैरबैङ्किङ वित्तीय संस्था र सहकारी संस्थासमेत समेटिने भए तापनि अध्ययन वाणिज्य बैङ्क, विकास बैङ्क र वित्त कम्पनीको शाखा विस्तार र कारोबारमा केन्द्रित रहेको छ ।
पछिल्ला वर्षहरूमा बागमती प्रदेशको तुलनामा अन्य प्रदेशमा साधन परिचालन क्रमिक रूपमा विस्तार भइरहेको अध्ययनले देखाएको छ । सहुलियतपूर्ण कर्जा र पुनर्कर्जाको पहुँच बागमतीबाहेकका प्रदेशहरूमा उत्साहजनक रूपमा बढेको छ । औद्योगिक उत्पादन, कृषि तथा अन्य प्राथमिकताप्राप्त क्षेत्र कर्जाको वितरण क्रमिक रूपमा सन्तुलित हुँदै गएको छ । वित्तीय पहुँच न्यून रहेका प्रदेशहरूमा साधन परिचालन अभिबृद्धि गर्न माग पक्षमा सुधार गर्नुपर्ने खाँचो अध्ययनले औँल्याएको छ ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित वर्गका समाचारहरू

झिनो अङ्कले घट्यो नेप्से

फागुन १६, काठमाडौँ । नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचकमा सामान्य अङ्कको गिरावट देखिएको छ ।

नागरिक पत्रकारले सामाजिक सञ्जालको सही उपयोग गर्नुपर्ने

ललितपुर, फागुन १४ गते । नागरिकमैत्री पत्रकारिताका लागि सामाजिक सञ्जालको भरपुर उपयोग गरिनुपर्नेमा सरोकारवालाले जोड दिएका

श्रमिक बिदेसिएको अनुपातमा विप्रेषण कम

पुस ४,काठमाडौँ । पछिल्ला वर्षमा वैदेशिक रोजगारीमा जानेको सङ्ख्या जुन अनुपातमा बढेको छ त्यो अनुपातमा

भूकम्पपीडितलाई १० हजार थान जुत्ताचप्पल सहयोग

 कार्तिक २८,काठमाडौं । गोल्डस्टार जुत्ता कम्पनीले जाजरकोटका भूकम्पपीडितलाई १० हजार थान जुत्ता तथा चप्पल सहयोग

मिटरब्याजी तथा सहकारी ठग राजकुमार श्रेष्ठ पक्राउ

 कात्तिक २८ ,काठमाडौं । सहकारी ठगीका अभियुक्त तथा खुंखार मिटरब्याजी राजकुमार श्रेष्ठ पक्राउ परेका छन्

आइएमई ग्रुपद्वारा प्रधानमन्त्रीलाई डेढ करोडको चेक हस्तान्तरण

काठमाडौँ, कात्तिक २१  गते । आइएमई ग्रुप तथा ग्लोबल आइएमई बैंकका अध्यक्ष चन्द्रप्रसाद ढकालले जाजरकोट