बेपत्ता प्रहरीको शव भेटियो

११ असार, नवलपरासी । कारण वेपत्ता भएका नेपाल प्रहरीका जवान लिलबहादुर चेपाङको शव फेला परेको छ । नवलपरासीको देवचुलीनगरपालिका १७ को दुधौलीमा शव फेला परेको हो । नारायणीको पुलबाट नदीमा शव बगेको देखेपछि प्रहरीको टोलीले खोजी गरेको थियो ।

खोजिगर्दै जाँदा दुधौलीमा शव भेटिएको जिल्ला प्रहरी कार्यालय चितवनका एसपी दिपक थापाले जानकारी दिए । नारायणीको भंगालेमा अड्किएको अवस्थामा शव फेला परेको हो । शवलाई पोष्ट मार्टमका लागि भरतपुर ल्याईएको छ ।

गोरखा मकैसिंहका चेपाङ ईलाका प्रहरी कार्यालय मुग्लिनमा कार्यरत थिए । पहिरो हटाएर फर्कने क्रममा ना १ झ १३९० नम्बरको प्रहरीको गाडीलाई पहिरोले पल्टाएको थियो ।

गएको विहिवार राती ईच्छाकामना गाँउपालिका ६ कालिखोलानजिक खसेको पहिरोले प्रहरीको गाडी पल्टाउदा दुई जना वेपत्ताभएकाथिए । भने दुई जनाको मृत्यु भएको थियो । पहिरोमा परी अझै एक जना प्रहरी जवान तनहुँका सन्दीप कार्की वेपत्ता भएका छन ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित वर्गका समाचारहरू

‘आर्थिक सामाजिक रूपान्तरणका निम्ति जोखिम मोल्नैपर्छ’

 वैशाख १०,ललितपुर । प्रधानमन्त्री तथा नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ’प्रचण्ड’ ले चुनौतीहरू भए

ढुङ्गाका आकृतिले तान्दै पर्यटक

वैशाख ५,दमौली (तनहुँ)। नुवाकोटको विदुर नगरपालिका-११ वासुदेव अवस्थीलाई पहिलो पटक ऐनापहरा पुग्दा निकै आकर्षक लाग्यो

बालबालिकालाई विद्यालयमा भर्ना गर्न प्रधानमन्त्रीको आह्वान

वैशाख २, काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले विद्यालय जाने उमेरका बालबालिकालाई पायक पर्ने विद्यालयमा भर्ना

लुम्बिनीका मुख्यमन्त्री चौधरीले विश्वासको मत लिँदै

तुलसीपुर (दाङ), चैत २२ गते । लुम्बिनी प्रदेश सरकारका मुख्यमन्त्री डिल्लीबहादुर चौधरीले आज विश्वासको मत लिनुहुने

एसईईमा वञ्चित भएकालाई परीक्षा दिने व्यवस्था मिलाइन्छः शिक्षामन्त्री श्रेष्ठ

काठमाडौं, चैत २१ गते। शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री सुमना श्रेष्ठले माध्यामिक शिक्षा परीक्षा (एसईई)बाट वञ्चित

अत्याधुनिक हतियारसहित पक्राउ परेकालाई पाँच दिन हिरासतमा राख्न अनुमति

 चैत ७,काठमाडौँ। सर्वोच्च अदालत परिसरबाट सोमबार अत्याधुनिक हतियारसहित पक्राउ परेका दुई जनालाई पाँच दिन हिरासतमा राख्न