July 25, 2017

 बुधबार मन्त्रिपरिषद् विस्तार पक्का, कांग्रेसले मन्त्रीको नाम टुंग्यायो

download

 
१० साउन, काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवाले भोलि बुधबार मन्त्रिपरिषद् विस्तार गर्ने तयारी गरेका छन् । कांग्रेसले मन्त्रीहरुको नाम टुंगो लगाएको छ तर, मन्त्रालयका विषय रामचन्द्र पौडेल र देउवा समूहबीच छलफल जारी छ ।

सरकार गठन भएको लामो समयसम्म पनि मन्त्रिपरिषद् विस्तार नभएको भन्दै देउवाको आलोचना हुन थालेको छ । स्वयंम सत्तारुढ माओवादीका अध्यक्ष प्रचण्डले लाजै लाग्ने अवस्था आएको भन्दै आफ्नो पार्टीबाट मात्र भएपनि मन्त्री थप्न दबाव दिएका छन् ।

पौडेल समूहले नाम बुझायो

पौडेल समूहले मन्त्रीका लागि चार जनाको नाम बुझाएको छ । पौडेल समूहले यज्ञबहादुर थापा, सञ्जय गौतम, राजन केसी र रामकृष्ण यादवको नाम बुझाएको हो ।

पौडेल समूहले मन्त्री बनाउन लागेका प्रत्यक्ष निर्वाचित सांसद हुन् र चारै जना पहिलो पटक मन्त्री हुन लागेको हुन् ।

यसअघि चर्चामा रहेका बलबहादुर केसी मन्त्री भएनन् । यस्तै सरिता प्रसाई र कमला पन्तको नाम पनि चर्चामा थियो । तर, पार्टी सभापति शेरबहादुर देउवा समूहबाट महिला मन्त्री हुने भएपछि पौडेल समूहबाट सरिता र कमला दुबै परेनन् ।

देउवा समूहबाट को-को ?

सत्ता साझेदार माओवादी केन्द्रसँग भएको सहमति अनुार कांग्रेसले १३ वटा मन्त्रालय पाउनेछ । कांग्रेसबाट गोपालमान श्रेष्ठ उपप्रधानसहित शिक्षामन्त्री, ज्ञानेन्द्रबहादुर कार्की अर्थमन्त्री र फर्मुल्लाह मन्सुस श्रममन्त्री भइसकेका छन् । तीनै जना देउवा समूहका हुन् ।

बाँकी १० मन्त्री मध्ये देउवा पक्षबाट ४, वरिष्ठ नेता रामचन्द्र पौडल पक्षबाट ४ जना हुनेछन् भने कृष्ण सिटौला समूह र खुमबहादुर खड्का समूहबाट एकएक मन्त्री बन्नेछन् ।

कांग्रेस निकट श्रोतका अनुसार देउवा पक्षबाट मीन विश्वकर्मा, अर्जुन जोशी, वीरबहादुर बलायर र अम्बिका बस्नेत मन्त्री हुने भएका छन् । यद्यपि मीन विश्वकर्मा, अर्जुन जोशी, वीरबहादुर बलायरको नाम अझै हेरफेर हुने सम्भावना रहेको स्रोतले बताएको छ ।

यस्तै सिटौला समूहबाट भीमसेनदास प्रधान र खुमबहादुर समूहबाट मोहनबहादुर बस्नेतको नाम लगभग टुंगिएको छ ।

बुधबार हुने मन्त्रिपरिषद् विस्तारमा माओवादीका मन्त्रीहरु पनि समेटिनेछन् । माओवादीले मन्त्रीको नाम टुंगो लगाइसकेका भनेको छ तर, अहिलेसम्म सार्वजनिक गरेको छैन ।

९ मन्त्रालय पाएको माओवादीबाट उपप्रधान तथा परराष्ट्रमन्त्री कृष्णबहादुर महरा, गृहमन्त्री जनार्दन शर्मा प्रभाकर र शहरीविकास मन्त्री प्रभु साह भइसकेका छन् ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित वर्गका समाचारहरू

लुम्बिनीका मुख्यमन्त्री चौधरीले विश्वासको मत लिँदै

तुलसीपुर (दाङ), चैत २२ गते । लुम्बिनी प्रदेश सरकारका मुख्यमन्त्री डिल्लीबहादुर चौधरीले आज विश्वासको मत लिनुहुने

अत्याधुनिक हतियारसहित पक्राउ परेकालाई पाँच दिन हिरासतमा राख्न अनुमति

 चैत ७,काठमाडौँ। सर्वोच्च अदालत परिसरबाट सोमबार अत्याधुनिक हतियारसहित पक्राउ परेका दुई जनालाई पाँच दिन हिरासतमा राख्न

सत्तारुढ गठबन्धनबिच सात बुँदे सहमति

 फागुन २९,काठमाडौं । । मङ्गलबार बिहान प्रधानमन्त्री निवास बालुवाटारमा बसेको सत्तारुढ गठबन्धनको बैठकमा  नेकपा (माओवादी

गठबन्धन मिसन–२०८४ का लागि उपयोगी हुने : ईश्वर पोखरेल

 फागुन २६, काठमाडौं। सत्तारुढ प्रमुख घटक नेकपा (एमाले) का वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलले नयाँ सत्ता

परिस्थितिअनुसार को सरकारमा हुन्छ, भन्न सकिँदैन : अध्यक्ष ओली

 फागुन १८,काठमाडौं । नेकपा (एमाले) का अध्यक्ष एवं पूर्व प्रधानमन्त्री केपी शर्मा ओलीले नेपालमा अहिलेको राजनीतिक

आजदेखि एमाले केन्द्रीय कमिटी बैठक

फागुन ८, काठमाडौँ । समसामयिक राजनीतिक परिस्थितिबारे छलफल गर्न नेकपा (एमाले)को केन्द्रीय कमिटीको सातौँ पूर्ण बैठक