बुद्ध एयर एफएनसीसीआई गोल्ड अवार्डको हकदार

Fncci-4-768x512२८ चैत, काठमाडौं ।   नेपाल उद्योग वाणिज्य महासंघले बुद्ध एयरका प्रवन्धनिर्देशक वीरेन्द्र बहादुर बस्नेतलाई एफएनसीसीआई गोल्ड अवार्डबाट सम्मानित गरेको छ । ५० औं वर्ष पुरा गरेको उपलक्ष्यमा प्रज्ञाभवन कमलादिमा आयोजित एक समारोहमा महासंघले बस्नेतलाई सो अवार्ड प्रदान गरेको  हो ।  प्रधानमन्त्री पुष्पकमल दाहालमार्फत् उनले अवार्ड ग्रहण गरेका हुन् ।

 

बुद्ध एयर नेपाली आकाशमा ट्रेन्डसेटर रहेको भन्दै महासंघले पुरस्कार प्रदान गरेको हो । बुद्ध एयरले स्थापनाको दुई दशक पुरा गरेको छ । यस अवधिमा बुद्ध एयरले हरेक तप्का सर्वसाधारणलाई हवाई यात्रा सस्तो, सजिलो र सुगम बनाई दिएको छ ।

बुद्ध एयरले भद्रपुर, तुम्लिङटार, विराटनगर, जनकपुर, सिमरा, पोखरा, भद्रपुर, भैरहवा, नेपालगञ्ज, धनगढीको साथै पर्वतीय उडान गरिरहेको छ । आन्तरिक उडानकाअलावा नियमित रुपमा भारतको वाराणसी र भुटानको पारोमा पनि चार्टड उडान गरिरहेको छ ।

पोखरामा निर्माण हुने अन्तर्राष्ट्रिय एयरपोर्टबाट अन्य मुलुकहरुसँग पनि सिधा उडान गर्ने बुद्ध एयरको योजना रहेको छ । यसका लागि आवश्यक गृहकार्यहरु पनि भईरहेकोछ ।

यस सफलताको पछाडि यात्रुगण, ट्राभल एजेन्सी, विभिन्न व्यवसायिक संस्थाहरु तथा बुद्ध  एयरका कर्मठ कर्मचारीहरु रहेको प्रवन्ध निर्देशक वीरेन्द्रबहादुर बस्नेतले बताए ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित वर्गका समाचारहरू

यातायात भरपर्दो बनाउ: निर्वाचन आयोग

 वैशाख ७, काठमाडौँ । निर्वाचन आयोगले उपनिर्वाचन हुने दिन निर्वाचन क्षेत्रभित्रको यातायात व्यवस्थालाई नियमित र

बालबालिकालाई विद्यालयमा भर्ना गर्न प्रधानमन्त्रीको आह्वान

वैशाख २, काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले विद्यालय जाने उमेरका बालबालिकालाई पायक पर्ने विद्यालयमा भर्ना

बागमती नगर प्रमुखविरुद्ध पाँच करोडको भ्रष्टाचार मुद्दा

 चैत २८, काठमाडौँ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले सर्लाही, बागमती नगरपालिकाका प्रमुख भरतकुमार थापाविरुद्ध विशेष अदालतमा

बजेटमा समेट्नैपर्ने विषय

खिमलाल देवकोटा  २५ चैत २०८०, आइतबार नेपालको संविधानको धारा ११९ को उपधारा ३ बमोजिम नेपाल

लुम्बिनीका मुख्यमन्त्री चौधरीले विश्वासको मत लिँदै

तुलसीपुर (दाङ), चैत २२ गते । लुम्बिनी प्रदेश सरकारका मुख्यमन्त्री डिल्लीबहादुर चौधरीले आज विश्वासको मत लिनुहुने

एसईईमा वञ्चित भएकालाई परीक्षा दिने व्यवस्था मिलाइन्छः शिक्षामन्त्री श्रेष्ठ

काठमाडौं, चैत २१ गते। शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री सुमना श्रेष्ठले माध्यामिक शिक्षा परीक्षा (एसईई)बाट वञ्चित