बुटवलमा शनिवार सन्देशसभा गर्दै नेकपा, प्रधानमन्त्री ओली र प्रचण्ड आउने प्रचारप्रसार

नेकपा रूपन्देहीले विजयादशमी, दिपावली तथा छठ पर्वको अवसर पारेर कात्तिक १७ गते शनिवार शुभकामना आदानप्रदान तथा सन्देशसभा कार्यक्रम गर्दैछ ।

कार्यक्रममा पार्टीका अध्यक्षद्वय प्रधानमन्त्री केपी शर्मा ओली र पुष्पकमल दाहाल ‘प्रचण्ड’, महासचिव तथा रूपन्देही क्षेत्र नम्बर २ का प्रतिनिधिसभा सदस्य विष्णु पौडेल आउने कार्यक्रम तय गरिएको छ । तर, प्रधानमन्त्री ओली बिरामी भएर अस्पताल भर्ना भएपनि आयोजक नेकपा रूपन्देहीले आउने दाबी गरेको छ । बिरामी ओलीको अस्पतालमा उपचार भइरहेको र अस्पतालबाट कहिले ‘डिस्चार्ज’ हुने अझै टुंगो लागेको छैन ।

पार्टी कार्यदलका सदस्य तथा बुटवल उपमहानगरपालिकाका प्रमुख शिवराज सुवेदीले सन्देश सभामा १ लाख कार्यकता सहभागी हुने दाबी गरे । सुवेदीले भने, ‘स्थानीय तहबाट ६० हजार र आसपासका जिल्लाबाट करीब ४० हजार गरी करीब १ लाखको नेता कार्यकर्ता सहभागी हुनेछन् ।’ नेकपाले जिल्लाका १६ वटै स्थानीय तहमा समिति गठन गरी प्रचारप्रसार र कार्यकर्ता परिचालन गरेको छ ।

सबै स्थानीय तहले कम्तीमा ५ हजारदेखि २० हजारसम्म कार्यकर्ता उतार्ने तयारी छ । सन्देश सभाको तयारी तीव्र पारिएको छ । कार्यक्रम बुटवल–१० स्थित बुटवल मण्डपको खुला ठाउँमा दिउँसो १२ बजेदेखि शुरू हुनेछ ।

नेकपाका नेता तथा ५ नम्बर प्रदेशका उद्योग पर्यटन, वन तथा वातावरण मन्त्री लिला गिरीले सभालाई ऐतिहासिक बनाउन सबैलाई सहयोगका लागि आग्रह गरे । नेकपा नेता तथा प्रदेशसभा सदस्य सांसद सदस्य दधिराम न्यौपानेले नेकपाका लागि शुभकामना सन्देश कार्यक्रम ऐतिहासिक हुने बताए ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित वर्गका समाचारहरू

लुम्बिनीका मुख्यमन्त्री चौधरीले विश्वासको मत लिँदै

तुलसीपुर (दाङ), चैत २२ गते । लुम्बिनी प्रदेश सरकारका मुख्यमन्त्री डिल्लीबहादुर चौधरीले आज विश्वासको मत लिनुहुने

अत्याधुनिक हतियारसहित पक्राउ परेकालाई पाँच दिन हिरासतमा राख्न अनुमति

 चैत ७,काठमाडौँ। सर्वोच्च अदालत परिसरबाट सोमबार अत्याधुनिक हतियारसहित पक्राउ परेका दुई जनालाई पाँच दिन हिरासतमा राख्न

सत्तारुढ गठबन्धनबिच सात बुँदे सहमति

 फागुन २९,काठमाडौं । । मङ्गलबार बिहान प्रधानमन्त्री निवास बालुवाटारमा बसेको सत्तारुढ गठबन्धनको बैठकमा  नेकपा (माओवादी

गठबन्धन मिसन–२०८४ का लागि उपयोगी हुने : ईश्वर पोखरेल

 फागुन २६, काठमाडौं। सत्तारुढ प्रमुख घटक नेकपा (एमाले) का वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलले नयाँ सत्ता

परिस्थितिअनुसार को सरकारमा हुन्छ, भन्न सकिँदैन : अध्यक्ष ओली

 फागुन १८,काठमाडौं । नेकपा (एमाले) का अध्यक्ष एवं पूर्व प्रधानमन्त्री केपी शर्मा ओलीले नेपालमा अहिलेको राजनीतिक

आजदेखि एमाले केन्द्रीय कमिटी बैठक

फागुन ८, काठमाडौँ । समसामयिक राजनीतिक परिस्थितिबारे छलफल गर्न नेकपा (एमाले)को केन्द्रीय कमिटीको सातौँ पूर्ण बैठक