काठमाडौँ, २७ असोज । सञ्चालनमा नरहेको निजी क्षेत्रको अन्तराष्ट्रिय वायुसेवा कम्पनी बिबी एयरवेजले नेपाल वायुसेवा निगमको डेढ बर्षदेखि ग्राउन्डेड एउटा ठूलो बोइङ जहाज खरिद गरेको छ ।
बिबी एयरवेज गैरआवसीय नेपाली व्यवसायी भवन भट्टको टिबिआई ग्रुपअन्तर्गतको कम्पनी हो ।
बिबीले कम्बोडियाको टोन्ले एयरलाइन्ससँग एकथान ‘बोइङ ७५७-२००’ सिरिजको जहाज भाडामा लिई २०६९ भदौ २८ गतेबाट अन्तराष्ट्रिय उडान सुरु गरेको थियो ।
तर, सञ्चालनको तीन महिनामै सबै उडान बन्द गरेको थियो ।
पाँच बर्षपछि फेरी अन्तराष्ट्रिय उडान गर्ने उदेश्य लिएर बिबीले वायुसेवा निगमको जहाज तीन दशक पुरानो भए पनि खरिद गरेको हो ।
बिबीले १४ लाख ६० हजार अमेरिकी डलर (१५ करोड १८ लाख ४० हजार रुपैयाँ) मा जहाज खरिद गरेको हो । नागरिकमा खबर छ ।
चैत ७,काठमाडौँ। सर्वोच्च अदालत परिसरबाट सोमबार अत्याधुनिक हतियारसहित पक्राउ परेका दुई जनालाई पाँच दिन हिरासतमा राख्न
चैत २, काठमाडौँ। दक्षिण कोरियामा सन् २०२४ का लागि रोजगार अनुमति प्रणाली (इपिएस) मार्फत जाने
फागुन २९,काठमाडौं । । मङ्गलबार बिहान प्रधानमन्त्री निवास बालुवाटारमा बसेको सत्तारुढ गठबन्धनको बैठकमा नेकपा (माओवादी
फागुन २३,काठमाडौं। मन्त्रिपरिषद् आज विस्तार हुनेभएको छ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ का प्रेस सल्लाहकार गोविन्द
फागुन २०, काठमाडौँ । सामाजिक सुरक्षामा बढ्दो वित्तीय दायित्व कम गर्न सरकारले नगदमा उपलब्ध गराइने
फागुन १६, काठमाडौँ । नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचकमा सामान्य अङ्कको गिरावट देखिएको छ ।