November 21, 2017

बिप्लवकाे जिल्ला बन्दकाे बाबजुद सम्वाेधनकाे लागी दाङमा पुगे ओली

xzनेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली , नेकपा माओवादी केन्द्रका नेता रामबहादुर थापा (बादल) लगायतका नेताहरू दाङ आउने भएपछि दाङमा सुरक्षा सतर्कता बढाइएको छ ।

बुधबार दाङमा वामगठबन्धनले आयोजना गरेको चुनावीसभालाई सम्वोधन गर्न पूर्व प्रधानमन्त्री समेत रहेका ओली, बादल , विना विभागीय मन्त्री तथा दाङ निर्वाचन क्षेत्र नं. २ का प्रतिनिधिसभा सदस्य पदका उम्मेदवार दाङ आउने दिन बिप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीले भने जिल्ला बन्द आह्वान गरेको छ।

दाङको छिमेकी जिल्लाहरू रोल्पा, सल्यान र रुकुम लगायतका स्थानमा दिनानुदिन बम विस्फोटनका घटनाहरू बढ्न थालेपछि त्यो दाङमा हुन नपाअोस् भनेर सुरक्षा सतर्कता बढाइएको दाङका प्रहरी प्रवक्ता एवं डिएसपी भुवनेश्वर तिवारीले  बताए। पुरानो राप्ती अन्तरगतको रोल्पा, रुकुम र दाङ नै माओवादीको उद्गमस्थल भएको हुँदा सुरक्षा सतर्कता अपनाइएको उनले बताए। यसैबीच दाङमा एकैदिन सात जना विप्लवका कार्यकर्ता पक्राउ गरिएको तिवारीले बताए। सोमबार दिउँसोसम्म दाङमा १३ जान विप्लवका कार्यकर्ता पक्राउ परेका थिए। तर, मंगलबार बिहानसम्म थप सात जना पक्राउ परेको हुँदा हालसम्म दाङमा बिप्लवका २० जना कार्यकर्ता पक्राउ परेको जिल्ला प्रवक्ता तिवारीले बताए ।

पक्राउ परेका कार्यकर्ता रिहाई गर्न माग

यसैबीच नेकपाका दाङ जिल्ला सेक्रेटरी सविनले एक विज्ञप्ति प्रकाशित गरी पक्राउ गरिएका आफ्ना कार्यकर्तालाई विना सर्त तत्काल रिहा गर्न माग गरेका छन् ।

उनले सोमबार जारी गरेको विज्ञप्तिमा विभिन्न स्थानबाट आफ्नो पार्टीका १३ जना नेता कार्यकर्तालाई अनाहकमा गिरफ्तार गरिएको भन्दै अविलम्ब रिहाई गर्न दबाब दिने उद्धेश्यले  जिल्ला बन्द आह्वान गरेको उल्लेख छ ।

जिल्ला सेक्रेटरी सविनले जारी गरेको विज्ञप्तिमा प्रहरी प्रशासनले सिभिल ड्रेसमा गुन्डागर्दी शैलीमा विनाकारण आफ्ना कार्यकर्ता मध्यरातमा पक्राउ गर्ने गरेको उल्लेख छ। राजनीतिक आस्थाका आधारमा उनका परिवार र बच्चाबच्चीलाई लछारपछार पारेको भन्दै त्यसप्रति खेद व्यक्त गरिएको छ।

उनले गत कात्तिक ३० गते आफैँ हिडडुल गर्न र खाना खान समेत नसक्ने अशक्त अवस्थाका ‘पाटन’लाई अमानवीय शैलीमा गिरफ्तार गरी हिरासतमा राखेको सविनले जारी गरेको विज्ञप्तिमा उल्लेख छ।

त्यसैगरी, पार्टी जिल्ला सदस्यहरू निमबहादुर, भीम राना, छोटीलाल चौधरी, कार्यकर्ताहरू डिबी बोहोरा, रिम विक, चेतबहादुर टमटा, आकाश विक, डन्डीराम केसी, विजय विक र मंसिर २ गते मध्यरातमा दाङको रामपुरबाट शान्तु चौधरी, भागिराम चौधरीलाई प्रहरीले विना कारण पक्राउ गरेको विज्ञप्तिमार्फत सविनले जानकारी दिएका छन्।

त्यसक्रममा, रामपुरकै स्थानीय महिला सीता चौधरीलाई प्रहरीले लछारपछार पार्दै समाजलाई आतंकित तुल्याएको आरोप लगाइएको छ । विज्ञप्तिमा भनिएको छ – ‘हाम्रो पार्टीले पटक/पटक नागरिक स्वतन्त्रतालाई अंकुश नलगाउन प्रहरी प्रशासन, सरकार र संसदवादी दलहरूलाई आग्रह गर्दै आइरहेको छ। उनीहरूको रिहाईको लागि अधिकारकर्मीलाई सहयोग समेत मागिएको छ। राज्यको दमनकारी नीतिको भर्त्सना गर्दै विज्ञप्तिमा निर्वाचनको विरोध समेत गरिएको छ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित वर्गका समाचारहरू

लुम्बिनीका मुख्यमन्त्री चौधरीले विश्वासको मत लिँदै

तुलसीपुर (दाङ), चैत २२ गते । लुम्बिनी प्रदेश सरकारका मुख्यमन्त्री डिल्लीबहादुर चौधरीले आज विश्वासको मत लिनुहुने

अत्याधुनिक हतियारसहित पक्राउ परेकालाई पाँच दिन हिरासतमा राख्न अनुमति

 चैत ७,काठमाडौँ। सर्वोच्च अदालत परिसरबाट सोमबार अत्याधुनिक हतियारसहित पक्राउ परेका दुई जनालाई पाँच दिन हिरासतमा राख्न

सत्तारुढ गठबन्धनबिच सात बुँदे सहमति

 फागुन २९,काठमाडौं । । मङ्गलबार बिहान प्रधानमन्त्री निवास बालुवाटारमा बसेको सत्तारुढ गठबन्धनको बैठकमा  नेकपा (माओवादी

गठबन्धन मिसन–२०८४ का लागि उपयोगी हुने : ईश्वर पोखरेल

 फागुन २६, काठमाडौं। सत्तारुढ प्रमुख घटक नेकपा (एमाले) का वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलले नयाँ सत्ता

परिस्थितिअनुसार को सरकारमा हुन्छ, भन्न सकिँदैन : अध्यक्ष ओली

 फागुन १८,काठमाडौं । नेकपा (एमाले) का अध्यक्ष एवं पूर्व प्रधानमन्त्री केपी शर्मा ओलीले नेपालमा अहिलेको राजनीतिक

आजदेखि एमाले केन्द्रीय कमिटी बैठक

फागुन ८, काठमाडौँ । समसामयिक राजनीतिक परिस्थितिबारे छलफल गर्न नेकपा (एमाले)को केन्द्रीय कमिटीको सातौँ पूर्ण बैठक