बाहुबली २ का अभिनेता प्रभास र अनुष्का शेट्टी बिहेको तयारीमा

एजेन्सी, २३ असोज : बलिउडको अहिले सम्मकै सर्वाधिक कमाई गर्ने फिल्म बाहुबली २ का अभिनेता प्रभास र अनुष्का शेट्टी अब वास्तविक जीवनमा पनि साथ हुने भएका छन् । फिल्ममा उनीहरुको जोडीलाई दर्शकहरुले धेरै मन पराएका थिए ।

baahubali-2-1

उनीहरु आफैँले सम्बन्धबारे खुलासा गरिसकेका भने छैनन् । संचार माध्यमबाट लुकेर सम्बन्ध बनाइरहेका उनीहरु अब चाँडै नै स्वयम्भर गर्ने तयारी गरिरहेको बताइएको छ । उनीहरु दुवैका नजिकका साथीले सो खबर बाहिर ल्याएको बताइएको हो । प्रभासले रोकाएका थिए अनुष्काको विवाह

एक म्यागजीनका अनुसार दुई वर्ष अघि नै अनुष्काले विहे गर्ने तयारी गरिसकेकी थिइन् । तर, प्रभासले उनलाई त्यसबेला फिल्म बाहुबलीमा मात्रै ध्यान दिन लगाएकाले उनको विवाह रोकिएको थियो । प्रभासले आफैँ पनि पाँच वर्ष सम्म विवाह नगर्ने र फिल्मको सुटिङमा मात्र केन्द्रित हुने निर्णय लिएको बताइन्छ ।

अहिले अनुष्का र प्रभास एकअर्काको राम्रो साथी मात्र भएको बताउने गरेका छन् । उनीहरुको सम्बन्धबारे पहिले पनि धेरै पटक खबर आइसकेको थियो । यहाँसम्मकी प्रभासले अनुष्कासँग अर्को फिल्म ‘साहो’ मा पनि सँगै काम गर्ने चाहाना व्यक्त गरेका थिए । तर उनको तौल नमिलेका कारण अहिले सो फिल्ममा श्रद्धा कपूरलाई लिइने भएको हो ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित वर्गका समाचारहरू

बाँझो जमिनमा गाजा खेती गर्ने विकल्प सोच्नुपर्छ : डा. आरजु देउवा

 पुस २५,काठमाडौं। प्रतिनिधिसभाको कृषि, सहकारी तथा प्राकृतिक स्रोत समिति सभापति डा. आरजु राणा देउवाले बाँझो

यस कारण घातक छ टाटु, यस्ता कल्पना नै नगरिएका समस्या देखिए !

काठमाडौं, कात्तिक ९ गते । विश्वमा अचेल सबै उमेर समूहमा टाटु लोकप्रिय भएको छ । विकसित

एसियाड क्रिकेटको क्वार्टरफाइनलमा नेपाल

हाङझाउ, असोज १४ गते । नेपाल १९औं एसियाली खेलकुद (एसियाड)को पुरुष क्रिकेटतर्फ क्वार्टरफाइनलमा प्रवेश गरेको छ ।

आज सन्दीप लामिछानेविरुद्धको मुद्दाको सुनुवाइ हुँदै

काठमाडौँ, भदौ २१ गते । क्रिकेटर सन्दीप लामिछानेविरुद्धको मुद्दाको पेसी आजका लागि तोकिएको छ । लामिछानेविरुद्धको

पाकिस्तान र भारतसँग क्रिकेट खेल्न तयार छु : सन्दीप

भदौ ११,  काठमाडौं। क्रिकेटर सन्दीप लामिछाने एसिया कप क्रिकेट खेल्नका लागि आज पाकिस्तानमा प्रस्थान गर्नुभएको

मौलिकता बिनाको आन्दोलनहरु सफल नहुने : ओली

असार १४, काठमाडौँ।  मदन भण्डारीको ७२ औं जन्मजयन्तीको अवसरमा बिहीबार आयोजित कार्यक्रममा एमाले अध्यक्ष एवं