बाहुबली र देवसेना चाँडै विवाह बन्धनमा बाँधिदै

२३ साउन , मुम्बाई – बाहुबली सिरिजको हिट जोडी प्रभास (बाहुवली) र अनुष्का शेट्टी (देवसेना) बीच प्रेम सम्बन्धको खबर यतिबेला चर्चाको विषय बनेको छ । केही मिडियाहरुमा दुवैको प्रेमबारे समाचारहरु बाहिर आएको थियो भने उनीहरु चाँडै विवाह बन्धनमा बाँधिन लागेको समते बताइएको थियो ।

prabhas-and-anushka-marriage-look-photo

लामो समयसम्म यस विषयमा दुवै मौन रहेका थिए । तर, अहिले आएर प्रभासले यो विषयमा बोलेका छन् । हालै मात्र एक अन्तर्वार्तामा उनले आफू अहिले विवाहका लागि तयार नभएको बताएका हुन् ।

३७ वर्षीय अभिनेताले अनुष्कासँगको प्रमेबारे भने, ‘मलाई यस्तै लागेको थियो । यदी तपाइँ कुनै पनि नायिकासँग दुईभन्दा धेरै चलचत्रि खेल्नुभयो भने मानिसहरुले यस्तै हल्ला फैलाउँछन् ।

मेरो लागि यो सामान्य कुरा हो । मलाई शुरुमा मिडियाले कसरी यस्तो लेख्न सक्छ भन्ने लागेर दुःख लागेको थियो । तर, अहिले मलाई केही फरक पर्दैन ।’

विवाहको बारे पनि उनले स्पष्ट पादै आफ्ना महिला फ्यानहरलाई निराश नहुन आग्रह गरे । ‘म अहिले विवाह गर्न चाहँदिन । यसबारे त मैले सोचेको पनि छैन,’ उनले भने । एजेन्सी

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित वर्गका समाचारहरू

बाँझो जमिनमा गाजा खेती गर्ने विकल्प सोच्नुपर्छ : डा. आरजु देउवा

 पुस २५,काठमाडौं। प्रतिनिधिसभाको कृषि, सहकारी तथा प्राकृतिक स्रोत समिति सभापति डा. आरजु राणा देउवाले बाँझो

यस कारण घातक छ टाटु, यस्ता कल्पना नै नगरिएका समस्या देखिए !

काठमाडौं, कात्तिक ९ गते । विश्वमा अचेल सबै उमेर समूहमा टाटु लोकप्रिय भएको छ । विकसित

एसियाड क्रिकेटको क्वार्टरफाइनलमा नेपाल

हाङझाउ, असोज १४ गते । नेपाल १९औं एसियाली खेलकुद (एसियाड)को पुरुष क्रिकेटतर्फ क्वार्टरफाइनलमा प्रवेश गरेको छ ।

आज सन्दीप लामिछानेविरुद्धको मुद्दाको सुनुवाइ हुँदै

काठमाडौँ, भदौ २१ गते । क्रिकेटर सन्दीप लामिछानेविरुद्धको मुद्दाको पेसी आजका लागि तोकिएको छ । लामिछानेविरुद्धको

पाकिस्तान र भारतसँग क्रिकेट खेल्न तयार छु : सन्दीप

भदौ ११,  काठमाडौं। क्रिकेटर सन्दीप लामिछाने एसिया कप क्रिकेट खेल्नका लागि आज पाकिस्तानमा प्रस्थान गर्नुभएको

मौलिकता बिनाको आन्दोलनहरु सफल नहुने : ओली

असार १४, काठमाडौँ।  मदन भण्डारीको ७२ औं जन्मजयन्तीको अवसरमा बिहीबार आयोजित कार्यक्रममा एमाले अध्यक्ष एवं