बाहिरी दवाको कारण एमाले ले बोली फेर्यो

UML-Protest-At-Kathmandu-12-450x350१२ फागुन, काठमाडौं । बुधबार व्यवस्थापिका संसदको बैठक बस्ने तयारी गर्दैगर्दा सरकार र माओवादी नेताहरु नेकपा एमालेले संविधान संशोधन विधेयकमाथि सैद्धान्तिक छलफल गर्न दिनेमा सत्तापक्षका नेताहरु ढुक्क थिए ।

 

चुनावको मिति घोषणासँगै पछिल्लो समय एमाले नेताहरुसँग भएका छलफल निकै सकारात्मक थिए । सुरुमा संशोधनमा छलफल नै हुन दिन्न भन्ने एमाले नेताहरुको बोली एकाएक नरम भएको थियो ।

र, एमालेले संविधान संशोधनको अन्तरवस्तुमा विरोध भए पनि प्रक्रियामा लैजान दिने संकेत दिएको थियो ।

तर, संसद बैठक बस्नुअघि एमाले संसदीय दलका साथै ९ दलको बैठक बस्यो । र, एमालेको बोली फेरियो । एमाले नेतृत्वमा बसेको ९ दलको बैठकले संविधान संशोधन विधेयक पेश भए विरोध गर्ने निर्णय लियो ।

किन फेरियो त एमालेको बोली ?

नौ दलको बैठकमा सहभागी एक नेताका अनुसार एमाले अध्यक्ष ओलीले सहकर्मी दलहरुसँग सुझाव मागेका थिए । माले महासचिव सीपी मैनाली, राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसी र नेमकिपाका सांसद प्रेम सुवालले संशोधन विधेयकमाथि छलफल नै गर्न दिन नहुने बताए ।

नेपाल परिवार दलका अध्यक्ष एकनाथ ढकालले भने संसदमा छलफल नै गर्न दिन्न भन्नु अलोकतान्त्रिक भयो भन्ने मत पनि बैठकमा आएको बताए । उनले प्रक्रियामा गएर संशोधन फेल गराउन सकिने बताए ।

नौ दलको बैठकमा एमालेका प्रमुख सचेतक भानभक्त ढकालले पनि प्रक्रियामा लैजान दिन सकिने संकेत गरेका थिए । तर, अन्तिममा संशोधन प्रस्ताव आए विरोध गर्ने निर्णय भयो ।
बैठकमा सहभागी एक नेताका अनुसार एमाले अध्यक्ष केपी शर्मा ओलीले आफूहरुको उद्देश्य संशोधन फेल गराउने भएको बताए । तर, छलफल गराएर फेल गराउने कि नगराई भन्ने विकल्प रहेको भन्दै उनले छलफल गराएर फेल गराउँदा पनि उद्देश्य पूरा हुने बताएका थिए ।

ओलीलाई उधृत गर्दै उनले भने- ‘तर, ब्याक फोर्सको डर छ ।’

नौ दलको बैठकमा ओलीको संकेत भारतीय चलखेलप्रति थियो ।

राप्रपा र मधेसी जनअधिकार फोरम लोकतान्त्रिकले अहिलेसम्म संविधान संशोधनको समर्थन गरेका छैनन् । राप्रपाले विपक्षमा मत दिने बताएको छ । तर, भारतीय चलखेलका कारण उनीहरु संशोधनको पक्षमा उभिन सक्ने डर एमाले अध्यक्ष ओलीमा देखिएको छ ।

‘उहाँहरुले समर्थन गर्न सक्दैनौं भने पनि थोरै ठाउँ राख्नुभएको छ । र, ‘ब्याकफोर्स’ले उहाँहरुलाई संशोधनलाई समर्थन गर्न बाध्य पार्न सक्छ’ ९ दलको बैठकमा ओलीको विश्लेषण थियो ।

उसो त ‘ब्याकफोर्स’ ले चाहेर सबै हुन नसक्ने र पहिलाभन्दा धेरै विफल बनाएको एमाले अध्यक्षको वुझाइ छ । तर,संशोधन विधेयकलाई संसदको प्रक्रियामा नलगेर नै असफल बनाउनु नै सुरक्षित हुने उनले बताएका छन् ।

यद्यपि एमाले अध्यक्ष ओली संविधान संशोधनबारे यसअघि भन्दा केही लचिलो देखिएको एक नेताले टिप्पणी गरे ।

अब के हुन्छ ?

नेताहरुका अनुसार एमालेले संविधान संशोधनबारे अब राप्रपासहितका दलहरुसँग छलफल गर्नेछ । सरकारको नेतृत्व गरिरहेको माओवादी नेताहरुले पनि एमालेसँग सम्वाद गर्ने तयारी गरेका छन् ।

एमालेले संविधान संशोधन प्रक्रियामा जाँदा आउने परिणाम मधेसी मोर्चाले मान्छ कि मान्दैन भन्ने प्रश्न गरेको छ ।

मोर्चाले संशोधन पास नभई चुनावमा भाग नलिने बताएको छ । यस्तो अवस्थामा एमालेले सकेसम्म छलफल नै गर्न नदिने र गर्नु परे सैद्धान्तिक छलफल गरेर संसदीय समितिमा पठाउने विकल्प रोज्न सक्छ ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित वर्गका समाचारहरू

लुम्बिनीका मुख्यमन्त्री चौधरीले विश्वासको मत लिँदै

तुलसीपुर (दाङ), चैत २२ गते । लुम्बिनी प्रदेश सरकारका मुख्यमन्त्री डिल्लीबहादुर चौधरीले आज विश्वासको मत लिनुहुने

अत्याधुनिक हतियारसहित पक्राउ परेकालाई पाँच दिन हिरासतमा राख्न अनुमति

 चैत ७,काठमाडौँ। सर्वोच्च अदालत परिसरबाट सोमबार अत्याधुनिक हतियारसहित पक्राउ परेका दुई जनालाई पाँच दिन हिरासतमा राख्न

सत्तारुढ गठबन्धनबिच सात बुँदे सहमति

 फागुन २९,काठमाडौं । । मङ्गलबार बिहान प्रधानमन्त्री निवास बालुवाटारमा बसेको सत्तारुढ गठबन्धनको बैठकमा  नेकपा (माओवादी

गठबन्धन मिसन–२०८४ का लागि उपयोगी हुने : ईश्वर पोखरेल

 फागुन २६, काठमाडौं। सत्तारुढ प्रमुख घटक नेकपा (एमाले) का वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलले नयाँ सत्ता

परिस्थितिअनुसार को सरकारमा हुन्छ, भन्न सकिँदैन : अध्यक्ष ओली

 फागुन १८,काठमाडौं । नेकपा (एमाले) का अध्यक्ष एवं पूर्व प्रधानमन्त्री केपी शर्मा ओलीले नेपालमा अहिलेको राजनीतिक

आजदेखि एमाले केन्द्रीय कमिटी बैठक

फागुन ८, काठमाडौँ । समसामयिक राजनीतिक परिस्थितिबारे छलफल गर्न नेकपा (एमाले)को केन्द्रीय कमिटीको सातौँ पूर्ण बैठक