बाहिरबाट चकाचक देखिने बलिउडमा लुकेका अनौठा रहस्य

काठमाडौं, चैत२३-  बलिउड सिनेमा उद्योग विश्वको तेस्रो ठूलो सिनेमा उद्योग हो । यहाँ भारतीय मात्रै हैन विदेशी कलाकारहरुले पनि काम गरिरहेका छन् ।  तर बाहिरबाट हेर्दा निकै चकाचक देखिने बलिउड उद्योगमा केही अचम्मका रहस्यहरु लुकेका छन् ।

जसको सामना केही कलाकारहरुले गर्नुपर्छ । बाहिरबाट हेर्दा चकाचक देखिने बलिउड सिनेमा उद्योग भित्रका केही छक्क पार्ने रहस्यहरु यहाँ प्रस्तुत गर्दैछौं ।

अभिनेत्रीहरुको सेक्सुअलाइजेशन (यौनकरण)

यो बलिउडका प्राय सबै सिनेमाहरुको सत्यता हो । एक खोजको आँकडालाई हेर्ने हो भने ३५ प्रतिशत महिला कलाकारको चरित्र सिनेमामा बडी शो गर्नु पर्ने हुन्छ ।  जर्मनी र अस्ट्रेलियापछि भारतीय सिनेमाहरु तेस्रो नम्बरमा आउँछन्  जहाँ अभिनेत्रीको यौनकरण तस्बिर देखाएर सिनेमालाई बिकाउ बनाइन्छ ।

बलिउडमा आइटम गीतको ट्रेण्ड पनि पछिल्लो समयमा निकै चलेको छ जसमा कोही अभिनेत्री या त मोडलको बडी शो गरेर सिनेमालाई सफल बनाउने कोशिस गरिन्छ । बिना आइटम गीत आजकाल बलिउड सिनेमा बन्न असम्भव नै बनिसकेको छ ।

कास्टिङ काउच

कास्टिङ काउच बलिउडको यस्तो नराम्रो सत्यता हो जसबाट प्राय नयाँ कलाकारलाई गुज्रनु पर्छ । केही कास्टिङ निर्देशकहरु नयाँ कलाकारलाई ठूलो र राम्रो रोल दिने निहुँमा  केही सम्झौता गर्नु पर्ने दवाब दिन्छन् ।  अभिनेता शक्ति कपुर र अमन बर्मालाई यो आरोप लागिसेको छ ।

पुरुष र महिला कलाकारमा परिश्रमिकको अन्तर

बलिउडमा अभिनेतालाई सफलताको चाबी मानिन्छ । यहि कारण महिला कलाकारहरुलाई पुरुष कलाकारको तुलनामा निकै नै कम पारिश्रमिक दिइन्छ । गत वर्ष रिलिज भएको सुल्तानलाई नै लिने हो भने पनि सुल्तानबाट सलमानले सय करोड भारु कमाएका थिए भने अभिनेत्री अनुश्काले जम्मा ६ करोड ।

भाइ भतिजाबाद

केही दिनअघि मात्रै अभिनेत्री कंगना रनावतले ‘कफी विद करण’मा बलिउडमा भाइ भतिजावाद भएको बताएकी थिइन् । यस बारेमा करण जोहरले भने असहमती जनाएका थिए ।  तर करण जोरहका पूराना फुटेजहरु हेर्ने हो भने उनले यस कुरामा सहमति जनाएका छन् ।

बलिउडमा ब्रेक पाउन र सफल हुनको लागि कोही न कोही आफन्त हुन जरुरी छ । कोही आफन्त छैन भने  ब्रेक पाउनै गाह्रो हुन्छ सफलता त धेरै टाढाको कुरा भयो । बलिवुडको इतिहासलाई हेर्ने हो भने चलेका पुराना कलाकारका छोराछोरी र उनीहरुकै आफन्तहरु मात्रै चलेका छन् । यी बाहेक बाहिरबाट आएर सफलता पाउने कलाकारको संख्या निकै कम छ ।

बिकाउ अवार्ड

बलिउडमा प्रत्येक वर्ष विभिन्न अवार्ड शोहरु हुन्छन् । यी मध्ये प्राय अवार्डहरु बिकाउ भएको अरोप पनि लाग्दै आएको छ ।  केही अभिनेता र अभिनेत्रीहरु पैसा दिएर अवार्ड किन्छन् ।  केहीलाई शोमा प्रस्तुती दिनुको साटो अवार्ड दिइन्छ ।
राजिव मसंदसँगको एक अन्र्तवार्तामा अभिनेता अक्षय कुमारले  केही अवार्ड शोका आयोजकहरुले आफूलाई अवार्डको साटो प्रस्तुति दिएको रकममा कटौती गर्न भनेको बताएका थिए ।

उक्त अन्र्तवार्तामा अक्षयले भनेका थिए ‘केही आयोजकहरुले मलाई यदि तपाईँले प्रस्तुति दिएको पारिश्रमिक कम लिनु भयो भने हामी तपाईँलाई अवार्ड दिन्छौँ भनेका छन् । अनि मैले तपाईँ आफ्नो अवार्ड आफैसँग राख्नुहोस् । तर मलाई मेरो पूरा पारिश्रमिक दिनुहोस् भनेर काम गरेको छु ।’

त्यस्तै आफ्नो बायोग्राफी ‘खुल्लम खुल्ला’मा अभिनेता ऋषि कपुरले आफ्नो पहिलो सिनेमा ‘बबी’ रिलिज भएपछि डेब्यु एक्टरको अवार्ड पाउनको लागि तीस हजार रुपैयाँ दिएको उल्लेख गरेका छन् ।

चाडपर्वमा ठूला स्टारको कब्जा

यो चलन बिगत केही वर्ष यता निकै बढेको छ । शाहरुख खान, सलमान खान, अक्षय कुमार, आमिर खान, अजय देवगन जस्ता ठूला स्टारहरुले ईद, दिवाली र क्रिसमस जस्ता ठूला पर्वहरु कब्जा गरेका छन् ।

ठूलो बजेट र ठूला स्टारहरु भएका सिनेमा चाडपर्वमा रिलिज हुन्छन् र दर्शकलाई हलमा तान्छन् । यहि कारण पनि प्राय सानो बजेटमा बनेका सिनेमामा काम गर्ने कलाकारहरुले बलिउड बक्स अफिसमा सफलता पाउन सकेका हुँदैनन् ।

कस्मेटिक सर्जरी

बलिउडमा कस्मेटिक सर्जरीको ट्रेण्ड खुबै छ । केही अभिनेता र अभिनेत्रीहरुले आफ्नो लुक्सलाई राम्रो बनाउनको लागि सर्जरीको सहायता लिएका छन् ।  ओठ, नाक, स्तन, चम्किलो छाला र कपाल उमार्ने काम धेरैले गरिसकेका छन् ।

करण जोहरले गत वर्ष एक अन्र्तवार्तामा लगभग हरेक सेलिब्रेटीहरुले  यस्तो गरेको र आफूले पनि गर्ने गरेको बताएका थिए ।  बलिउडमा श्री देवी, प्रियंका चोपडा, अनुश्का शर्मा, आयशा टाकियालगायतले सर्जरी गराएको खबर आइसकेको छ ।

फ्लप मतलब सामाजिक निधन

बलिउडमा कुनै पनि कलाकार फ्लप हुनुलाई पापको रुपमा हेरिन्छ । मानिसहरुले अचानक उसलाई हेप्न र बहिस्कार गर्न थाल्छन् ।  कुनै पनि प्रोडक्शन हाउस उसलाई लिन मान्दैन ।  अन्य कलाकार ऊ सँग काम गर्न मान्दैनन् जसको उदाहरण हुन् अभिनेत्री नादिरा ।

एकताकाकी निकै चर्चित र सफल अभिनेत्री नादिराले श्री ४२०, जुली र पाकिजा जस्ता हिट सिनेमा दिइन् । तर पछि केही सिनेमा फ्लप भएपछि उनलाई  मानिसहरुले हेर्नै छाडे । त्यसताका दिप्ती नवल जस्ता केही कलाकार थिए जसले उनलाई साथ दिएका थिए । पछि एक्लो पनले निराश भएकी उनले संसार छाडेर गइन् ।

रंगभेद

बलिउड सिनेमा उद्योगमा प्राय गोराहरुलाई प्राथमिकता दिइन्छ । यहि कारण कोंकणा सेन, मनोज बाजपेयी, धनुष, दिवंगत अभिनेत्री स्मिता पाटिलले कामको क्रममा रंगभेदको सामना गरेका छन् ।

अभिनेता धनुषले एक अन्तर्वार्तामा निर्माताहरुले सिनेमाको चरित्रमा भएको पात्रको रंग गोरो हुन पर्ने र हेर्दा पनि राम्रो हुनु पर्ने माग राखेको बताएका थिए ।

त्यस्तै अभिनेता मनोज बाजपेयीको साथमा पनि यस्तै भएको थियो । सिनेमा ‘जुबैदा’को क्रममा क्रिटिक्सले स्पष्ट रुपमा उनी कहिकतैबाट पनि प्रिन्स नदेखिएको टिप्पणी गरेका थिए ।

 सिनेमा र गरिबी

बलिउड उद्योगमा केही यस्ता कलाकारहरु पनि छन् जसले उमेर छउन्जेल सबैलाई मनोरन्जन दिए तर पछि बुढेसकालमा बेसाहारा भएर संसारबाट बिदा भए । उनीहरुसँग उपचारको लागि समेत पैसा भएन ।

ए के हंगल, भगवान दादा, भारत भुषण, जगदिश माली र परवीन बाबी लगायतका कलाकार यसका उदाहरण हुन् ।  यी सबै कलारकाहरुको अन्तिम स्थित निकै खराब थियो ।  अभिनेता जगदिश माली त भिक मागेर खानु पर्ने मोडमा पनि पुगे ।

त्यस्तै ए के हंगलसँग उपचारको  लागि पैसा थिएन । अभिनेत्री प्रबिन बाबीको लाश निधनको तीन दिनसम्म तर लगाउने कोही थिएन । तीन दिनसम्म उनको लाश उनकै अपार्टमेन्टमा सडेको थियो ।

अन्डरवल्डको पैसाले सिनेमा निर्माण

बलिउड सिनेमामा अन्डरवल्डको पैसा पनि लगानी हुने गरेको छ । सलमान खान प्रिति जिन्टा र रानी मुखर्जीको मुख्य भूमिका रहेको सिनेमा ‘चोरी चोरी चुपके चुपके’ (२००१) मा डन शाकिलले पैसा लगानी गरेका थिए ।  त्यस्तै सिनेमा ‘वन्स अपन अ टाइम मुम्बई दोबारा’मा पनि यो कुरा दोहोरिएको थियो ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित वर्गका समाचारहरू

बाँझो जमिनमा गाजा खेती गर्ने विकल्प सोच्नुपर्छ : डा. आरजु देउवा

 पुस २५,काठमाडौं। प्रतिनिधिसभाको कृषि, सहकारी तथा प्राकृतिक स्रोत समिति सभापति डा. आरजु राणा देउवाले बाँझो

यस कारण घातक छ टाटु, यस्ता कल्पना नै नगरिएका समस्या देखिए !

काठमाडौं, कात्तिक ९ गते । विश्वमा अचेल सबै उमेर समूहमा टाटु लोकप्रिय भएको छ । विकसित

एसियाड क्रिकेटको क्वार्टरफाइनलमा नेपाल

हाङझाउ, असोज १४ गते । नेपाल १९औं एसियाली खेलकुद (एसियाड)को पुरुष क्रिकेटतर्फ क्वार्टरफाइनलमा प्रवेश गरेको छ ।

आज सन्दीप लामिछानेविरुद्धको मुद्दाको सुनुवाइ हुँदै

काठमाडौँ, भदौ २१ गते । क्रिकेटर सन्दीप लामिछानेविरुद्धको मुद्दाको पेसी आजका लागि तोकिएको छ । लामिछानेविरुद्धको

पाकिस्तान र भारतसँग क्रिकेट खेल्न तयार छु : सन्दीप

भदौ ११,  काठमाडौं। क्रिकेटर सन्दीप लामिछाने एसिया कप क्रिकेट खेल्नका लागि आज पाकिस्तानमा प्रस्थान गर्नुभएको

मौलिकता बिनाको आन्दोलनहरु सफल नहुने : ओली

असार १४, काठमाडौँ।  मदन भण्डारीको ७२ औं जन्मजयन्तीको अवसरमा बिहीबार आयोजित कार्यक्रममा एमाले अध्यक्ष एवं