नुवाकोट, २८ वैशाख । सात वर्षीया बालिकालाई जबर्जस्ती करणी गरेको अभियोगमा नुवाकोट प्रहरीले दुई वृद्धलाई पक्राउ गरेको छ ।
पक्राउ पर्नेमा विदुर नगरपालिका वडा नं ४ बट्टार बजारका ६० वर्षका ढलकबहादुर डङ्गोल र ६५ वर्षका रामबहादुर खतिवडा रहेका छन् । उनीहरुले २०७२ सालदेखि बालिकालाई यौन शोषण र यौन दुव्र्यवहार गर्दै आएको भनी पीडित परिवारले दिएको उजुरीका आधारमा पक्राउ गरी जिल्ला अदालत, नुवाकोटमा जबर्जस्ती करणी अभियोगमा आज मुद्दा दर्ता गरी कारबाहीका लागि अनुसन्धान सुरु गरेको प्रहरी निरीक्षक जितेन्द्रकुमार बस्नेतले जानकारी दिए ।
पक्राउ परेका दुई वृद्धले बालिकालाई पैसा र खानेकुरा दिएर यौन दुव्र्यवहार गर्दै आएको र उक्त कुरा कसैलाई भनेमा ज्यान लिने धम्की दिएकाले लामो समयदेखि हुँदै आएको घटनाको तथ्य बाहिर आउन नसकेको प्रहरीको प्रारम्भिक अनुसन्धानमा देखिएको छ । पीडित बालिका मानसिक रुपमासमेत कमजोर बन्दै गएको अभिभावकले बताएका छन् ।
चैत ७,काठमाडौँ। सर्वोच्च अदालत परिसरबाट सोमबार अत्याधुनिक हतियारसहित पक्राउ परेका दुई जनालाई पाँच दिन हिरासतमा राख्न
चैत २, काठमाडौँ। दक्षिण कोरियामा सन् २०२४ का लागि रोजगार अनुमति प्रणाली (इपिएस) मार्फत जाने
फागुन २९,काठमाडौं । । मङ्गलबार बिहान प्रधानमन्त्री निवास बालुवाटारमा बसेको सत्तारुढ गठबन्धनको बैठकमा नेकपा (माओवादी
फाल्गुण २८, ललितपुर । ललितपुरको टीकाभैरवदेखि तिनपाने भन्ञ्याङ, भट्टेडाँडा, काल्चे, बगुवा हुँदै मकवानपुरको ठिङ्गन भएर हेटौँडा
फागुन २३,काठमाडौं। मन्त्रिपरिषद् आज विस्तार हुनेभएको छ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ का प्रेस सल्लाहकार गोविन्द
फागुन २१, काठमाडौं। प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले नेपाली राजनीति पुनः नयाँ मोडमा आइपुगेको भन्नुहुँदै आफू