काठमाडौं, ११ वैशाख । सर्वोच्च अदालतबाट सर्वस्वसहित जन्मकैद सजाय फैसला भई फरार भएका नेकपा माओवादी केन्द्रका नेता बालकृष्ण ढुंगेललाई प्रहरीले पक्राउका लागि खोजी गरिरहेको छ । सात दिनभित्र पक्राउ गरी जानकारी गर्न अदालतले आदेश दिएपछि प्रहरीले यस्तो जवाफ पठाएको हो ।
गत साता न्यायाधीश आनन्दमोहन भट्टराईको इजलासले हत्याको अभियोगमा दोषी ठहर ढुंगेलले सार्वजनिक अभिनन्दन लिँदै हिँडेको र अदालतको फैसलालाई पनि चुनौती दिएको भन्दै उनलाई एक साताभित्र पक्राउ गर्न प्रहरी महानिरीक्षकलाई आदेश दिएको थियो । तर, प्रहरीले केही दिन खोजी गरेजस्तो गरे पनि उनलाई पक्राउ नगरी खोजी गरिरहेको भन्दै पत्र दर्ता गराएको छ । यसबीचमा गृहराज्यमन्त्री ईन्द्रबहादुर बानियाँले बालकृष्ण ढुंगेल नेपालमै नभएको सार्वजनिक अभिव्यक्ति दिएका थिए ।
सर्वोच्च अदालतले स्वतन्त्र न्यायपालिका, विधिको शासन, पीडित तथा समाजका निम्ति खतरा बनिरहेका ढुंगेललाई सात दिनभित्र पक्राउ गरी जानकारी गराउन प्रहरी महानिरीक्षकका नाममा आदेश दिएको थियो । सो आदेश गृहमन्त्रालय हँुदै प्रहरी कार्यालयमा पुग्दासम्म बालकृष्ण ढुंगेल काठमाडौंबाहिर गएको गृहराज्यमन्त्री बानियाँको भनाइ छ ।
अदालतले आफू र मातहतका सम्पूर्ण प्रहरी संरचना परिचालन गरी पक्राउ गर्न र जो जससँग समन्वय गर्नुपर्ने हो, त्यसमा कमी हुन नदिन सर्वोच्चले प्रहरी महानिरीक्षकका नाममा आदेश जारी गरेको थियो । जहाँबाट सम्भव हुने हो, त्यहीँबाट आदेश गरी ढुंगेललाई पक्राउ गर्न भनिएको थियो । प्रहरीले आन्तरिक सेटमार्फत पक्राउ गर्न मातहत निकायलाई निर्देशनसमेत जारी गरेको थियो । तर, आइतबार प्रहरी प्रधान कार्यालयले खोजी भइरहेको भन्दै पत्र पठाएको छ । ‘प्रहरीलाई सात दिनको समय दिएको थियो,’ अदालतका एक कर्मचारीले भने, ‘मान्छे पक्राउ परेको पत्र आयो भन्ने लागेको थियो, तर खोजी भइरहेको भन्ने पत्र पो आयो ।’आजको राजधानी दैनिकमा खबर छ ।
चैत ७,काठमाडौँ। सर्वोच्च अदालत परिसरबाट सोमबार अत्याधुनिक हतियारसहित पक्राउ परेका दुई जनालाई पाँच दिन हिरासतमा राख्न
चैत २, काठमाडौँ। दक्षिण कोरियामा सन् २०२४ का लागि रोजगार अनुमति प्रणाली (इपिएस) मार्फत जाने
फागुन २९,काठमाडौं । । मङ्गलबार बिहान प्रधानमन्त्री निवास बालुवाटारमा बसेको सत्तारुढ गठबन्धनको बैठकमा नेकपा (माओवादी
फागुन २३,काठमाडौं। मन्त्रिपरिषद् आज विस्तार हुनेभएको छ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ का प्रेस सल्लाहकार गोविन्द
फागुन २०, काठमाडौँ । सामाजिक सुरक्षामा बढ्दो वित्तीय दायित्व कम गर्न सरकारले नगदमा उपलब्ध गराइने
फागुन १६, काठमाडौँ । नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचकमा सामान्य अङ्कको गिरावट देखिएको छ ।