January 24, 2022

बालकुमारी मन्दिरको मूर्ति चोरी : चोर पत्ता लगाउन कसम खुवाइने

ललितपुरको सुनाकोठीमा एउटा मन्दिर छ, बालकुमारी माई । सो मन्दिरप्रति स्थानीय बासिन्दाको यतिसम्म विश्वास छ कि सुनाकोठीलाई बचाउने र जोगाउने नै बालकुमारी माई हुन् । त्यहाँका बासिन्दा आफूहरूलाई केही भयो भने सुरुमै सोही मन्दिरलाई सम्झन्छन् । कतै चोरी भयो, चोर पत्ता लगाउनुपर्‍यो भने बालकुमारी माईको कसम खाऊ त भनेर पनि भनिन्थ्यो विगतमा । त्यस्तो भनेपछि झुटो कसम खाने आँट कसैले गर्दैनथे । आजको राजधानी दैनिकमा समाचार छ ।

सुनाकोठीका बासिन्दाको आस्थाको धरोहर बालकुमारी माईको मूर्ति आइतबार स्वयं चोरी भएको छ । मूर्ति चोरी भएपछि स्थानीय बासिन्दा प्रहरीको सहयोगमा खोजीमा जुटेका छन् । यद्यपि, आइतबार राति अबेरसम्म फेला परेको छैन । तैपनि मूर्ति फेला पर्नेमा उनीहरू ढुक्क जस्तै छन् ।

बालकुमारी माईको मन्दिरको मूर्ति हराएको थाहा पाउने पहिलो व्यक्ति हुन् प्राणनाथ महर्जन । ललितपुर महानगरपालिका–२७ सुनाकोठीका स्थानीय बासिन्दा प्राणनाथको घर बालकुमारी मन्दिरनजिकै छ । उनैले शनिबार साँझ करिब पौने ६ बजे मन्दिर गई आरती गरेका थिए । आरती सकेर ताला लगाई घर फर्केका उनी आइतबार बिहान ४ बजे नै पूजा गर्न गएका थिए । तर, मन्दिर परिसरको अवस्था देखेपछि उनको मनमा चिसो पस्यो ।

किनकि, अघिल्लो दिन आफंैले लगाएका ताला त्यहाँ थिएनन् । उनी हतारहतार मूर्ति भएको ठाउँमा पुगे । तर, मूर्ति नदेखेपछि उनको होसहवास् नै उड्यो ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित वर्गका समाचारहरू

काठमाडौंमा विश्व सामाजिक मञ्चको सम्मेलन

काठमाडौं,फागुन ३ । ‘अर्को विश्व सम्भव छ’ भन्ने नारासहित विश्व सामाजिक मञ्चको सम्मेलन काठमाडौंमा सुरू

सम्पत्ति शुद्धीकरणसम्बन्धी विधेयक पारित

माघ २५,काठमाडौँ  । सहकारी संस्थामा व्यक्तिगत बचतको सीमा नरहने गरी प्रतिनिधि सभाले सम्पत्ति शुद्धीकरण (मनी लाउन्डरिङ)

भूकम्प पीडितलाई नबिल बैंकको एक करोड सहयोग

बैंकका प्रमुख बजार अधिकृत कृष्ण सुवेदी सहायक प्रमुख जिल्ला अधिकारी हरिश्चन्द्र शर्मालाई पहिलो चरणको राहत

आजबाट मौसममा क्रमिक सुधार हुँदै जाने जाने

काठमाडौँ,  असोज १८ गते । विगत पाँच दिनदेखिको लगातार झरीपछि आजदेखि देशभरको मौसममा क्रमिकरुपमा सुधार

सामाजिक सुरक्षा कोषमा सूचीकरण हुन स्थानीय तहलाई परिपत्र

 भदौ २५ ,काठमाडौं ।  श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले संघीय मामिला तथा समान्य प्रशासन

मानवकेन्द्रित विश्वव्यापीकरण

 २१ भदौ २०८०, बिहिबार   हाम्रो जी–२० अध्यक्षताले विभाजन हटाउन, अवरोध भत्काउन र सहकार्यको बिजारोपण