बार्सिलोना स्तब्ध, २–१ ले डिपोर्टिभोसँग पराजित

IMG_0906च्याम्पियन्स लिगको अन्तिम १६ को दोस्रो लेगको खेलमा फ्रेन्च क्लब पेरिस सेन्ट जर्मनी ९पिएसजी० लाई ६–१ ले हराएको बार्सिलोना त्यसको तीन दिनपछि घरेलु क्लब डेपोर्टिभो लो करुनासँग २–१ गोलले पराजित भएको छ।

डेपोर्टिभोको घरेलु मैदानमा भएको खेलमा लिगको शीर्षस्थानमा रहेको बार्सिलोनालाई दुई गोलले पराजित गर्न जोसेलुले ४० र बेर्गान्टिनोस र्गािर्सयाले ७४ मिनेटमा गोल गरे।

बार्सिलोनाका लागि एक मात्र गोल लुइस सुआरेजले दोस्रो हाफको ४६ मिनेटमा गरे। सुआरेजको स्पेनिस ला लिगामा यो २१ औं गोल थियो।

यो नतिजापछि बार्सिलोनाको स्पेनिस लिगको शीर्षस्थानमा रहने सम्भावना कमजोर बनेको छ। बार्सिलोनाभन्दा दुई खेल कम खेलेको रियल म्याड्रिड २५ खेलमा ५९ अंकका साथ दोस्रो स्थानमा छ। बार्सिलोनाको २७ खेलमा ६० अंक छ।

यस खेलमा चोटका कारण नेइमार अनुपस्थित थिए। लिओनल मेसीले पनि खासै कमाल देखाउन सकेनन्। एजेन्सी

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित वर्गका समाचारहरू

सन्दीप लामिछाने निलम्बन

काठमाडौँ,  पुस २६ गते । नेपाल क्रिकेट सङ्घ (क्यान)ले नेपाली राष्ट्रिय क्रिकेट टोलीका खेलाडी एवं

बाँझो जमिनमा गाजा खेती गर्ने विकल्प सोच्नुपर्छ : डा. आरजु देउवा

 पुस २५,काठमाडौं। प्रतिनिधिसभाको कृषि, सहकारी तथा प्राकृतिक स्रोत समिति सभापति डा. आरजु राणा देउवाले बाँझो

यस कारण घातक छ टाटु, यस्ता कल्पना नै नगरिएका समस्या देखिए !

काठमाडौं, कात्तिक ९ गते । विश्वमा अचेल सबै उमेर समूहमा टाटु लोकप्रिय भएको छ । विकसित

एसियाड क्रिकेटको क्वार्टरफाइनलमा नेपाल

हाङझाउ, असोज १४ गते । नेपाल १९औं एसियाली खेलकुद (एसियाड)को पुरुष क्रिकेटतर्फ क्वार्टरफाइनलमा प्रवेश गरेको छ ।

आज सन्दीप लामिछानेविरुद्धको मुद्दाको सुनुवाइ हुँदै

काठमाडौँ, भदौ २१ गते । क्रिकेटर सन्दीप लामिछानेविरुद्धको मुद्दाको पेसी आजका लागि तोकिएको छ । लामिछानेविरुद्धको

पाकिस्तान र भारतसँग क्रिकेट खेल्न तयार छु : सन्दीप

भदौ ११,  काठमाडौं। क्रिकेटर सन्दीप लामिछाने एसिया कप क्रिकेट खेल्नका लागि आज पाकिस्तानमा प्रस्थान गर्नुभएको