October 18, 2017

बाम गठबन्धनले सिट बाडफाडबारे टुंगो लगाउँदै

१ कात्तिक,काठमाडौं : प्रदेश र प्रतिनिधिसभा निर्वाचनमा मोर्चाबन्दी गरेको वाम गठबन्धनको कार्यदलले आज सिटबाडफाड सम्बन्धी विषय टुंगो लगाउने भएको छ ।

th (1)ललितपुरको एक घरमा बस्ने बैठकले आगामी चुनावका लागि उम्मेदवार छनोट र गठबन्धनमा सिट बाँडफाँटको टुंगो लगाउने तयारी भएको एमाले सचिव प्रदिप ज्ञवालीले जानकारी दिए ।

ज्ञवालीका अनुसार कार्यदलको बैठक समयमै सकिए दुवै दलको स्थायी कमिटि बैठक पनि आजै बस्नेछ । मंगलबार बसेको स्थायी कमिटि बैठकले नेकपा माओवादी केन्द्रसँग चुनावी तालमेल तथा एकीकृत पार्टी निर्माणको लागि संयुक्त कार्यक्रम गर्ने, तालमेल र एकताको सन्देशलाई आधारभूत तहसम्म विस्तार गर्ने तथा निर्वाचन क्षेत्र बाडफाड र निर्वाचन घोषणापत्र निर्माणको कामलाई एकदुई दिनभित्रै टुंग्याउने निर्णय गरेको थियो ।

यस अघिको सहमति अनुसार नै कार्यदलको बैठक बस्न लागेको हो । यसैगरी प्रदेश र प्रतिनिधिसभा चुनावमा एमालेका उम्मेद्वारको चयन प्रक्रिया सुरु भएको छ । एमालेका उम्मेदवार चयन प्रक्रिया सुरु हुँदा गठबन्धन भएमा एमाओवादीका समेत उम्मेदवारको चयन प्रक्रिया सुरु हुनुपर्ने हुन्छ ।

उता मंगलबार मात्र कांग्रेस सभापति एवम् प्रधानमन्त्री शेरबहादुर देउवाले आफ्ना मन्त्रीलाई बिना विभागीय बनाएपछिको राजनीतिक घटनाक्रमका विषयमा छलफका लागि माओवादी केन्द्रले छलफल गर्दै छ ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित वर्गका समाचारहरू

‘आर्थिक सामाजिक रूपान्तरणका निम्ति जोखिम मोल्नैपर्छ’

 वैशाख १०,ललितपुर । प्रधानमन्त्री तथा नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ’प्रचण्ड’ ले चुनौतीहरू भए

बालबालिकालाई विद्यालयमा भर्ना गर्न प्रधानमन्त्रीको आह्वान

वैशाख २, काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले विद्यालय जाने उमेरका बालबालिकालाई पायक पर्ने विद्यालयमा भर्ना

लुम्बिनीका मुख्यमन्त्री चौधरीले विश्वासको मत लिँदै

तुलसीपुर (दाङ), चैत २२ गते । लुम्बिनी प्रदेश सरकारका मुख्यमन्त्री डिल्लीबहादुर चौधरीले आज विश्वासको मत लिनुहुने

एसईईमा वञ्चित भएकालाई परीक्षा दिने व्यवस्था मिलाइन्छः शिक्षामन्त्री श्रेष्ठ

काठमाडौं, चैत २१ गते। शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री सुमना श्रेष्ठले माध्यामिक शिक्षा परीक्षा (एसईई)बाट वञ्चित

अत्याधुनिक हतियारसहित पक्राउ परेकालाई पाँच दिन हिरासतमा राख्न अनुमति

 चैत ७,काठमाडौँ। सर्वोच्च अदालत परिसरबाट सोमबार अत्याधुनिक हतियारसहित पक्राउ परेका दुई जनालाई पाँच दिन हिरासतमा राख्न

कोरिया जाने श्रमिकको कोटा थपियाे

चैत २,  काठमाडौँ। दक्षिण कोरियामा सन् २०२४ का लागि रोजगार अनुमति प्रणाली (इपिएस) मार्फत जाने