June 7, 2017

बाबुरामले भने- देउवाको जित भयो । दाहालको भुमिका आश्चर्यजनक

जेठ २४, काठमाडौं – शेरबहादु देउवा तीनै प्रधानमन्त्री हुन् जसलाई तत्कालिन संयुक्त जनमोर्चा (नेकपा माओवादी) का तर्फबाट बाबुराम भट्टराईको नेतृत्वमा २०५२ माघ २२ गते ४० बुदे माग प्रस्तुत गरिएको थियो । ती माग पुरा गर्न देउवा गम्भीर बनेनन् र २०५२ फागुन १ गते नेकपा माओवादीको नामबाट मुलुकमा जनयुद्ध घोषणा गरियो । आजको नागरिकमा खबर छ ।

तर, २३ बर्षपछि परिस्थिति भिन्न भयो । जसले आफ्नो टाउकाको मूल्य तोक्यो, तिनैलाई प्रधानमन्त्री बनाउन माओवादी नेता पुष्पकमल दाहालले मुख्य भूमिका खेले । नयाँ शक्तिका संयोजक डा. बाबुराम भट्टराइले देउवालाई सघाउने दाहालको भूमिकालाई आश्चर्यको रुपमा लिएका छन् ।

‘जसले माओवादी सिध्याउन संकटकाल लगाए, आतंकककरी घोषणा गरे, जसले टाउकाको मोल तोके, आज उनैलाई माओवादीका सर्वोच्च कमाण्डरले प्रधानमन्त्री बनाउन सहयोग गरेको देखियो ।’ भट्टराइले भने, ‘माओवादीकै समर्थनमा प्रधानमन्त्री हुनु भनेको शेरबहादुर देउवाजीको जित हो, विजयाका लागि बधाइ पनि छ ।’

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित वर्गका समाचारहरू

काठमाडौंमा विश्व सामाजिक मञ्चको सम्मेलन

काठमाडौं,फागुन ३ । ‘अर्को विश्व सम्भव छ’ भन्ने नारासहित विश्व सामाजिक मञ्चको सम्मेलन काठमाडौंमा सुरू

सम्पत्ति शुद्धीकरणसम्बन्धी विधेयक पारित

माघ २५,काठमाडौँ  । सहकारी संस्थामा व्यक्तिगत बचतको सीमा नरहने गरी प्रतिनिधि सभाले सम्पत्ति शुद्धीकरण (मनी लाउन्डरिङ)

भूकम्प पीडितलाई नबिल बैंकको एक करोड सहयोग

बैंकका प्रमुख बजार अधिकृत कृष्ण सुवेदी सहायक प्रमुख जिल्ला अधिकारी हरिश्चन्द्र शर्मालाई पहिलो चरणको राहत

आजबाट मौसममा क्रमिक सुधार हुँदै जाने जाने

काठमाडौँ,  असोज १८ गते । विगत पाँच दिनदेखिको लगातार झरीपछि आजदेखि देशभरको मौसममा क्रमिकरुपमा सुधार

सामाजिक सुरक्षा कोषमा सूचीकरण हुन स्थानीय तहलाई परिपत्र

 भदौ २५ ,काठमाडौं ।  श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले संघीय मामिला तथा समान्य प्रशासन

मानवकेन्द्रित विश्वव्यापीकरण

 २१ भदौ २०८०, बिहिबार   हाम्रो जी–२० अध्यक्षताले विभाजन हटाउन, अवरोध भत्काउन र सहकार्यको बिजारोपण