बाबुरामलाई उपेन्द्रले हत्तु खेलाएपछि …

Upendra_Baburam

काठमाडौं, १७ जेठ । सबै दलसँग कार्यगत एकता गर्ने भन्दै घनीभूत सल्लाह गर्ने तर अन्त्यमा आफैं भाग्ने उपेन्द्र यादवको चरित्रबाट मधेसी नेता हायलकायल छन् । अरु मधेसी नेतालाई त फनफनी घुमाएकै थिए उनले विद्यावारिधीवाल डा.बाबुराम भट्टराईलाई समेत हत्तु खेलाइदिएका रहेछन् ।

मधेसका ६ पार्टी मिलेर राजपा गठन हुनुअगाडि नै बाबुराम भट्टराईको नयाँ शक्ति र उपेन्द्र यादवको फोरम पार्टीबीच एकता गर्ने हल्ला चले । तर, यो हल्ला अन्त्यमा हल्लामै टुंगिने भएको छ । नभएका होइनन्, यो बीचमा उपेन्द्र र बाबुरामबी सयौं पटकसम्म सल्लाह पनि भएको हो । कहिले सानेपास्थित भट्टराईकै निवासमा त कहिले नयाँ शक्तिको केन्द्रीय कार्यालयमा । तर, अन्ततः भट्टराईको नयाँ शक्तिसँग एकता भाँडेर उपेन्द्र यादव कहिले राष्ट्रिय जनता पार्टी त कहिले विजय गच्छदारसँग एकीकरण गर्छु भन्दै हिँड्न थालेका छन् ।

बाबुराम निकट स्रोतका अनुसार उपेन्द्र यादवलाई बाबुराम भट्टराईसँग एकीकरण भाँड्न बाहिर र भित्री दुवै खालका शक्ति सक्रिय रहे । हाललाई स्थगन भनिएको र चुनावपछाडि नयाँ शिराबाट एकीकरण प्रक्रिया थाल्ने नयाँ शक्तिका नेताले बताए पनि यी दुई शक्तिबीच एकीकरण नहुने पक्का भएको छ । यसको संकेत केही साताअघि बाबुरामको आफ्नै निवासमा आफूनिकटका केही पत्रकारको भेलामा भट्टराईले खुलासा गरेका थिए ।

बाबुराम भट्टराईसँग पार्टी एकीकरण गर्दा उपेन्द्र यादवकै अस्तित्व धर्मसंकटमा पर्ने र पार्टी कुनै पनि हालतमा भट्टराईको नयाँ शक्तिसँग एक नगर्ने विदेशीले उर्दी जारी भएपछि अन्ततः यादव बाबुरामसँगको पार्टी एक गर्ने योजनालाई यादवले भाँडेर हिँडेको नयाँ शक्तिका नेताले टिप्पणी गर्न थालेका छन् । जनआस्था साप्ताहिकमा खबर छ ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित वर्गका समाचारहरू

‘आर्थिक सामाजिक रूपान्तरणका निम्ति जोखिम मोल्नैपर्छ’

 वैशाख १०,ललितपुर । प्रधानमन्त्री तथा नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ’प्रचण्ड’ ले चुनौतीहरू भए

बालबालिकालाई विद्यालयमा भर्ना गर्न प्रधानमन्त्रीको आह्वान

वैशाख २, काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले विद्यालय जाने उमेरका बालबालिकालाई पायक पर्ने विद्यालयमा भर्ना

लुम्बिनीका मुख्यमन्त्री चौधरीले विश्वासको मत लिँदै

तुलसीपुर (दाङ), चैत २२ गते । लुम्बिनी प्रदेश सरकारका मुख्यमन्त्री डिल्लीबहादुर चौधरीले आज विश्वासको मत लिनुहुने

एसईईमा वञ्चित भएकालाई परीक्षा दिने व्यवस्था मिलाइन्छः शिक्षामन्त्री श्रेष्ठ

काठमाडौं, चैत २१ गते। शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री सुमना श्रेष्ठले माध्यामिक शिक्षा परीक्षा (एसईई)बाट वञ्चित

अत्याधुनिक हतियारसहित पक्राउ परेकालाई पाँच दिन हिरासतमा राख्न अनुमति

 चैत ७,काठमाडौँ। सर्वोच्च अदालत परिसरबाट सोमबार अत्याधुनिक हतियारसहित पक्राउ परेका दुई जनालाई पाँच दिन हिरासतमा राख्न

कोरिया जाने श्रमिकको कोटा थपियाे

चैत २,  काठमाडौँ। दक्षिण कोरियामा सन् २०२४ का लागि रोजगार अनुमति प्रणाली (इपिएस) मार्फत जाने