September 5, 2017

बाबुरामको विश्लेषण : भारतले नेपालमा आर्थिक समृद्धि चाहेको देखिएन

काठमाडौं २० भदौ : नयाँ शक्ति नेपालका संयोजक एवं पूर्वप्रधानमन्त्री डा बाबुराम भट्टराइले भारतको संस्थापन पक्ष नेपालमा शान्ति, विकास र समृद्धि ल्याउनु भन्दापनि आन्तरिक राजनीतिमा खेलेर आफु परस्त शक्तिलाई बलियो बनाएर प्रभाव कायम राख्न सकिन्छ भन्ने सोचबाट माथि उठन नसकेको टिप्पणी गरेका छन् । 

Baburam-Bhattrai-about-bharat‘हिमालको सेरोफेरो आफ्नो सुरक्षा घेरा’ भन्ने अंग्रेजको पालादेखी चल्दै आएको ‘नेहरु डक्ट्रिन’को ह्याङओभर भारतमा कायमै रहेको उनको विश्लेषण छ । ‘भारत आफैंले नेपालमा लगानी बढाएर नेपाललाई विकास हुने दिशातिर जान नचाहेको देखियो,’ सोमवार साँझ सीमित पत्रकारहरुसंगको अनौपचारिक भेटमा भट्टराइले भने । 

‘नेपाललाई दुई देशबीचमा सन्तुलित सम्बन्ध राखेर भारत र चीनलाई नचिडाई लगानी ल्याएर देशको विकास गर्नु पर्छ भन्ने मेरो मान्यता थियो । म अर्थमन्त्री रहँदा र प्रधामनन्त्री रहँदा बिप्पा (भारतसँग लगानी सुरक्षा सम्झौता) गर्नुको अर्थ पनि लगानी भित्र्याऔं, आर्थिक आधार बदलौ, ता कि लेवर निर्यात गरेर बस्तु आयात गर्ने नेपालको अर्थतन्त्रको मोडेल बदलौं । त्यसरी मात्र भारतको प्रभुत्वबाट निस्कनलाई सझिलो हुन्छ भन्ने सोच थियो,’ भट्टराईले आफ्नो निश्कर्ष सुनाए, ‘दश बर्षको अनुभवले के देखायो भने भारतले आफैंले नेपालमा लगानी भित्र्याएर नेपाललाई विकासतर्फ लैजान नचाहेको देखियो, मेरो अर्थमन्त्री र प्रधानमन्त्री भएको अनुभवले ।’

भारत र चीनबीचको द्वन्द्व सोचेभन्दा छिटो हुन थाल्यो, अमेरिकामा डोनाल्ड ट्रम्पको आगमन पछि पश्चिमा र भारतीय शक्तिले गठजोड गरेर चीनको विरुद्ध भारत र अमेरिका आउने देखा पर्नु भूराजनीतिक दृष्टिले नेपालको हित विपरित हुन पुगेको भट्टराइको ठम्याइँ छ । 

भारत आफैंले नेपालमा लगानी बढाएर नेपाललाई विकास हुने दिशातिर जान नचाहेको भट्टराइले गुनासो गरे । नेपाललाई खाली सुरक्षाको रणनीतिक एंगलबाट हेर्ने भारतीय शासक बर्गको मानसकिता नबदलिएको उनको निश्कर्ष छ । 

‘केही समय पहिले भारतीय पूर्वविदेश सचिव शिवशंखर मुखर्जी नेपाल आउँदा तपाइहरुले आफ्नो पोलिसी चेन्ज गर्नुस, आर्थिक विकास केन्द्रीत गर्नुस, सुरक्षा चासो हामी सम्बन्धोन गर्छौ, विकासको साझोदारी गरौ भनेर कुरा राखेको थिए,’ भट्टराइले भने, ‘भारतीय नेतृत्वले कुनै पनि प्रकारको सनुवाइ गर्न चाहेको देखिएन, उनीहरुको एकसुत्रीय कुरा हिमालको सेरोफेरो आफ्नो सुरक्षा घेरो भन्ने अंग्रेजको पालाको नेहरु डक्ट्रिनबाट माथि उठन चाहेको देखिएन ।’ 

नेपालमा राम्रोसँग विकास गरेर आफ्नो प्रभाव जमाउन सकिने भएपनि त्यो बाटोतर्फ नगई भारत खाली राजनीति र फौजी तरिकाले नै नेपाललाई आफ्नो नियन्त्रणमा राखेर कथित पुरानो औपनिवेसिक सुरक्षा कायम राख्ने सोचबाट माथि उठन नसकेको भट्टराइले टिप्पणी गरे । ‘त्यस्तो सोच भारतका लागि काउण्टर प्रोडक्टिभ छ, हाम्रो लागि त हानीकारक छँदैछ,’ उनले भने ।

प्रधामनन्त्री शेरबहादुर देउवाको भारत भ्रमणको समयमा एक टेलिभिजन अन्तवार्तामा भारतीय पूर्वविदेश सचिव एसडी मुनी र भारत भुषणको संवादको प्रसंङ्ग कोट्याउँदै भट्टराइले नेपालमा भारत परस्तको गठबन्धन बनाएर चुनावमा भिडाउने तयारी भएको उल्लेख गरे ।

‘नेपालमा भारतको प्रभाव जमाउनका लागि भारत बिरोधी र चीन परस्त शक्ति (केपी ओलीले नेतृत्व गरेको भन्ने उनीहरुको विश्लेषण छ)को बिरुद्धमा कांग्रेस, प्रचण्ड माओवादी र मधेशवादी गठबन्धनलाई खुलै समर्थन गर्ने भारतीय संस्थापनको सोच देखियो,’ भट्टराईले भने, ‘भारतको सत्ता पक्ष नेपालमा शान्ति विकास समृद्धि ल्याउनु भन्दापनि आन्तरिक राजनीतिमा खेलेर आफूपरस्त शक्तिलाई बलियो भनाएर प्रभाव कायम राख्न सकिन्छ भन्ने सोचमा देखिन्छ ।’

पूर्व प्रधानमन्त्री भट्टराईले बद्लिँदो भूराजनीतिलाई गम्भीर ढंगले समिक्षा गरेर भारतको हस्तक्षेप र परनिर्भरताका लागि भारतको पुरातन शैलीको बिरुद्धमा आवाज उठाउनु जरुरी रहेको बताए । ‘मैले भूराजनीतिको कुरा गर्नुको कारण यो हो । नेपालको विकास र समृद्धिका निम्ती भारतसंगको आर्थिक परनिर्भरता अन्त्य नभएसम्म समृद्ध बन्न सक्दैन । यो बहसलाई राष्टिय बहस बनाउनु पर्छ’ उनले भने ।

दोक्लाम प्रकरण लिपुलेकमा दोहोरिन सक्छ 

पूर्वप्रधानमन्त्री भट्टराईले भुटानको जमिनको बिषयलाई दोक्लममा चीन र भारतबीच देखिएको विबाद भोलिको दिनमा नेपालमा दोहोरिने खतरा रहेको बताए । 

‘भारत र चीनको बीचमा अहिलेसम्म कोओपरेसन कम्पिटिसन थियो, कोओपरेसन प्रधान थियो, दोक्लामपछि सहकार्य सहायक र प्रतिष्पर्धा प्रधान भएको देखिन्छ,’ भट्टराइले भने, ‘भुटानको क्षेत्रमा गएर भुटानको निम्ती भारतले चीनसंग प्रतिवाद गर्यो । नेपालसंग पनि लिपुलेक लगायत क्षेत्र छन्, हाम्रो क्षेत्रलाई भारतले केही कब्जा गरेर राखेको छ । चीन र भारत मिलेको बेलामा हामीलाई सोध्दै नसोधी मार्ग खोल्ने भन्ने निर्णय गरेका छन् । त्यस्तै घटना भोलि त्यहाँ हुन पनि सक्छ, हामी चेपुवामा पर्न सक्छौ, दोक्लाम प्रकरण नेपालको लागि पनि गम्भीर हो तत्कालका निम्ती र दीर्घकालका लागि पनि । भारत र चीनको द्वन्द्व बढ्दा त्यसको समाधान गर्ने सोच अहिले देखि नै बनाएनौ भने भोलि गम्भीर संकट आउन सक्छ ।’ 

नेपालको राजनीति दुई ध्रुवमा बाँडिने खतरा !

नेता भट्टराईले दुई छिमेकीको प्रतिष्पर्धाका कारण नेपालको राजनीति दुई ध्रुवमा बाँडिने खतरा रहेको बताए । त्यसको असरले नेपालमा ठूलो लगानी नआउने उनको विश्लेषण छ ।

‘भारत र चीनको बीचमा सहकार्य र प्रतिष्पर्धाको सम्बन्ध रहँदै आएको थियो तर अहिले कन्फन्टेसनतर्फ उन्मुख छ । हाम्रो देश सुगौली सन्धीदेखी यता यो डाइनामिकले झण्डै झण्डै निर्णयक ढंगले प्रभावित हुने गरेको छ,’ भट्टराई भन्छन्, ‘आन्तरिक राजनीति दुई ध्रुवमा विभाजित होला जस्तो, एउटा प्रो इण्डियन फोर्स इण्डियाले पुस गर्ने र अर्को एण्टि इण्डियन र प्रकारान्तरले प्रो चाइनिज हुन जाने । यसरी धुर्वीकृत भएर दुबैले आफ्नो प्रभाव कायम गर्न नेपालको आन्तरिक राजनीतिकलाई आफू अनुकुल बनाउने प्रयत्न गरेको देखिन्छ ।’

चीन र भारत दुवैसँगको सन्तुलन मिलाएर अघि बढ्न नसके नेपालको राजनीति पछाडि पर्ने खतरा रहेको उनले टिप्पणी गरे ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित वर्गका समाचारहरू

बालबालिकालाई विद्यालयमा भर्ना गर्न प्रधानमन्त्रीको आह्वान

वैशाख २, काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले विद्यालय जाने उमेरका बालबालिकालाई पायक पर्ने विद्यालयमा भर्ना

लुम्बिनीका मुख्यमन्त्री चौधरीले विश्वासको मत लिँदै

तुलसीपुर (दाङ), चैत २२ गते । लुम्बिनी प्रदेश सरकारका मुख्यमन्त्री डिल्लीबहादुर चौधरीले आज विश्वासको मत लिनुहुने

एसईईमा वञ्चित भएकालाई परीक्षा दिने व्यवस्था मिलाइन्छः शिक्षामन्त्री श्रेष्ठ

काठमाडौं, चैत २१ गते। शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री सुमना श्रेष्ठले माध्यामिक शिक्षा परीक्षा (एसईई)बाट वञ्चित

अत्याधुनिक हतियारसहित पक्राउ परेकालाई पाँच दिन हिरासतमा राख्न अनुमति

 चैत ७,काठमाडौँ। सर्वोच्च अदालत परिसरबाट सोमबार अत्याधुनिक हतियारसहित पक्राउ परेका दुई जनालाई पाँच दिन हिरासतमा राख्न

कोरिया जाने श्रमिकको कोटा थपियाे

चैत २,  काठमाडौँ। दक्षिण कोरियामा सन् २०२४ का लागि रोजगार अनुमति प्रणाली (इपिएस) मार्फत जाने

सत्तारुढ गठबन्धनबिच सात बुँदे सहमति

 फागुन २९,काठमाडौं । । मङ्गलबार बिहान प्रधानमन्त्री निवास बालुवाटारमा बसेको सत्तारुढ गठबन्धनको बैठकमा  नेकपा (माओवादी