बाबा मेनपावर बाट दुबई गएका दर्जनौं युवाहरू ४ महिनादेखि अलपत्र,नेपाल झिकाइदिन आग्रह


१२असोज,काठमाडौं ।
नयाँ बानेश्वरमा रहेको बाबा ह्युमन रिसोर्स म्यानेजमेन्ट प्रा.लि बाट मोटरसाइकल राईडिङमा काम गर्न दुबई पुगेका दर्जनौं युवाहरू बिगत चार महिनादेखी अलपत्र परेका छन।नेपालमा मेनपावरले गराएको करार सम्झौता अनुसारको काम र पारिश्रमिक नपाउंदा उनिहरु अलपत्र परेका हुन।

दुबईमा रहेको अपलिफ्ट डेलिभरी सर्भिसको लागि प्रतिब्यक्ती १,५०० दिराम बेसिक र ३,००० दिराम फिक्स तलबको करार सम्झौतामा हस्ताक्षर गराएर बाबा ह्युमन रिसोर्स म्यानेजमेन्ट प्रा.लिले ती युवाहरूलाई दुबई उडाएको जानकारी प्राप्त भएको छ।

‘फ्री भिसा,फ्री टिकट’ को कामदार भिसामा प्रतिब्यक्ति ३ लाखदेखी ३ लाख ५० हजार पैसा लिएर,मासिक रूपमा नेपाली १ लाख रुपैयाँ पारिश्रमिक प्राप्त गर्ने झुटा आश्वासन देखाएर युवाहरूलाई बाबा मेनपावरले दुबई पुर्‍याएको पीडित युवाहरुले बताएका छन।

लाइसेन्स निकालेको एक हप्तामा काम मिल्छ भनेर मेनपावरले भनेपनी लाईसेन्स बनेर आएको महिनौं बित्दापनी करार सम्झौतामा भनेअनुसारको काम नपाएको कारण खान,बस्ननै मुस्किल परेकोले नेपाल झिकाईदिन पीडित युवाहरूले सरकारसंग अपिल गरेका छ्न।

‘दिनमा तिनछाक खानुपर्ने ठाउँमा हामी जम्मा एकछाक खाएर बांचिरहेका छौँ।आएको ४ महिना बितिसक्दा पनि हामीले काम तलब केहिपनी पाएका छैनौं।कम्पनीको मान्छे बारम्बार आएर हामिलाई कोठा छोड भनिरहेको छ।हामिलाई लाबारिस बनायो त्यसैले हामी नेपाल फर्कन चाहन्छौं।पिडितहरुले गुनासो गरेका छन।’

 

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित वर्गका समाचारहरू

बालबालिकालाई विद्यालयमा भर्ना गर्न प्रधानमन्त्रीको आह्वान

वैशाख २, काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले विद्यालय जाने उमेरका बालबालिकालाई पायक पर्ने विद्यालयमा भर्ना

लुम्बिनीका मुख्यमन्त्री चौधरीले विश्वासको मत लिँदै

तुलसीपुर (दाङ), चैत २२ गते । लुम्बिनी प्रदेश सरकारका मुख्यमन्त्री डिल्लीबहादुर चौधरीले आज विश्वासको मत लिनुहुने

एसईईमा वञ्चित भएकालाई परीक्षा दिने व्यवस्था मिलाइन्छः शिक्षामन्त्री श्रेष्ठ

काठमाडौं, चैत २१ गते। शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री सुमना श्रेष्ठले माध्यामिक शिक्षा परीक्षा (एसईई)बाट वञ्चित

अत्याधुनिक हतियारसहित पक्राउ परेकालाई पाँच दिन हिरासतमा राख्न अनुमति

 चैत ७,काठमाडौँ। सर्वोच्च अदालत परिसरबाट सोमबार अत्याधुनिक हतियारसहित पक्राउ परेका दुई जनालाई पाँच दिन हिरासतमा राख्न

कोरिया जाने श्रमिकको कोटा थपियाे

चैत २,  काठमाडौँ। दक्षिण कोरियामा सन् २०२४ का लागि रोजगार अनुमति प्रणाली (इपिएस) मार्फत जाने

सत्तारुढ गठबन्धनबिच सात बुँदे सहमति

 फागुन २९,काठमाडौं । । मङ्गलबार बिहान प्रधानमन्त्री निवास बालुवाटारमा बसेको सत्तारुढ गठबन्धनको बैठकमा  नेकपा (माओवादी