बाढी पहिरोका कारण ५ वर्षमा १ हजार ३७ जनाको मृत्यु, ५ यस ३४ बेपत्ता

१० भाद्र, काठमाडौँ– बाढी पहिरोका कारण पछिल्लो पाँच वर्षमा एक हजार ३७ जनाको मृत्यु भएको छ । उक्त अवधिमा बाढी पहिरोका कारण ५३४ बेपत्ता र ५३४ घाइते भएका छन् । 

1

आर्थिक वर्ष २०६९÷७० देखि हालसम्म बाढीबाट ४८० र पहिरोबाट ५५७ जनाको मृत्यु भएको छ । बाढीका कारण बेपत्ता हुनेको सङ्ख्या भने पहिरोको भन्दा बढी रहेको तथ्याङ्कले देखाउँछ । बाढीका कारण ३४१ जना र पहिरोका कारण १९३ जना बेपत्ता भएका छन् । 

बाढीका कारण सबैभन्दा बढी मृत्यु हुने जिल्लामा बर्दिया ४५, सुर्खेत ३४, दाङ ३१, मोरङ २३, बाँके २४, सिन्धुली २०, रौतहट १८, सुनसरी १५, सर्लाही र नवलपरासी १३÷१३, उदयपुर र सप्तरी १२÷१२, मकवानपुर र कालीकोट ११÷११, झापा १० र काठमाडौँ नौजना छन् । 

यस्तै बाढीका कारण सुर्खेतमा ९७, बर्दियामा २५, कालीकोटमा १७, मोरङमा र सुनसरीमा १२÷१२, झापा र बाँकेमा १०÷१०, सिन्धुलीमा नौ र कैलालीमा आठजना बेपत्ता भएको गृह मन्त्रालयको तथ्याङ्कमा उल्लेख छ । 

२०७१ साल साउन अन्तिम साता आएको ठूलो बाढीका कारण सुर्खेत, बर्दिया र दाङमा ठूलो मानवीय क्षति भएको थियो । बाढीका कारण सो अवधिमा ९४ घाइते, ५९ हजार ९४ परिवारको आंशिक घर क्षति, ३८ हजार ३६ र नौ हजार ८३८ घर पूर्ण रुपमा क्षति भएको गृह मन्त्रालयले जनाएको छ । सोही अवधिमा बाढीका कारण रु १५ अर्ब दुई करोड ७५ लाख ३६ हजार ७३९ अनुमानित क्षति भएको गृहमन्त्रालयको आँकडा छ । 

यस्तै यो पाँच वर्षको अवधिमा पहिरोको कारण ५५७ को मृत्यु, १९३ बेपत्ता र ४४० जना घाइते भएका छन् । दुई हजार ८३९ परिवार प्रभावित हुँदा ७१६ घर आंशिक क्षति र ९०६ घर पूर्ण क्षति भएका छन् । पहिरोबाट सो अवधिमा रु एक अर्ब चार करोड ६२ लाख २४ हजार ५३७ अनुमानित क्षति भएको गृह मन्त्रालयको तथ्याङ्क छ । 

यस्तै पहिरोको कारण बढी मृत्यु हुने जिल्लामा ताप्लेजुङमा ५३, सिन्धुपाल्चोक ५०, कास्की ४४, गुल्मी २५, बाग्लुङ २३, सङ्खुवासभा १८, पाल्पा १७, गोरखा १३, दोलखा र इलाम १४÷१४ र नुवाकोटमा १२ जनाको मृत्यु भएको थियो । पहिरोका कारण यो अवधिमा सिन्धुपाल्चोकमा मात्रै १२३, दोलखामा ११ र सङ्खुवासभामा ६ जना बेपत्ता भएका छन् । २०७१ साल साउन १७ गते सिन्धुपाल्चोकको जुरेमा आएको पहिरोको कारण ठूलो मानवीय क्षति भएको थियो । 

पछिल्लो पटक यो वर्ष आएको बाढीपहिरोको क्षतिबाहेक यो पाँच वर्षको अवधिमा बाढी पहिरोका कारण ६१ हजार ९३३ परिवार प्रभावित भएको र जसमध्ये ३९ हजार ९३ घर आंशिक क्षति तथा १० हजार ७४४ घर पूर्ण क्षति भएका छन् । बाढीपहिरोको कारण सो अवधिमा रु १६ अर्ब सात करोड ३७ लाख अनुमानित क्षति भएको गृहमन्त्रालयको आँकडा छ । 

बाढीका कारण भौतिक संरचनामा बढी क्षति भए पनि पहिरोको कारण मानवीय क्षति बढी हुने गरेको पछिल्लो पाँच वर्षको तथ्याङ्कले देखाएको छ । 

गृह मन्त्रालयका प्रवक्ता रामकृष्ण सुवेदी बाढीपहिरोजस्ता विपद्का घटनाबाट हुने क्षतिलाई न्यूनीकरण गर्न मन्त्रालयले आवश्यक कदम चालिरहेको बताउँछन् । 

सरकारले जिल्ला, क्षेत्र र केन्द्रस्तरमा गरी तीन तहमा राहत तथा उद्धारका लागि संरचना बनाएको र सोही अनुरुप काम भइरहेको छ, उनले भने, “जिल्लामा प्रमुख जिल्ला अधिकारीको नेतृत्वमा जिल्ला दैवी प्रकोप उद्धार समिति, क्षेत्रमा क्षेत्रीय प्रशासकको नेतृत्वमा क्षेत्रीय समिति र केन्द्रमा गृहमन्त्रीकै नेतृत्वमा दैवीप्रकोप राहत तथा उद्धार समिति रहेको छ ।” जसले कुनै पनि स्थानमा विपद्का घटना भए आफ्नो तर्पmबाट राहत तथा उद्धारका काम शुरु गरिहाल्छ । 

यस्तै प्रमुख नदीमा जडान गरिएको पूर्व बाढी सूचना प्रणालीका कारण मानवीय क्षति कम हुँदै गएको गृह मन्त्रालयको भनाइ छ । नेपाली सेना, सशस्त्र प्रहरी बल र नेपाल प्रहरीभित्र पनि विपद्को समयमा राहत तथा उद्धारलाई केन्द्रमा राखेर छुट्टै गण तथा तालिम दिइराखेको उनले बताए । 

मन्त्रालयले विपद् व्यवस्थापनसम्बन्धी विधेयकको खाका तयार पारिसकेको र छिट्टै मन्त्रिपरिषद् हुँदै संसद् लैजाने तयारी भइरहेको पनि प्रवक्ता सुवेदीले जानकारी दिए । 

विपद् जोखिम व्यवस्थापन विज्ञ डा कृष्ण देवकोटाले नेपालको पहाडी क्षेत्र कमजोर भू–धरातल रहेकामा भुइँचालोपछि थप कमजोर बनेको तथा इञ्जिनियरिङ र भूगोलको अध्ययनबिना जथाभावी सडक निर्माणका कारण पहिरोका घटना बढ्दै गएको  बताए । 

यस्तै चुरेको अति दोहन, छोटो समयमा अतिवृष्टि र राज्यले प्रभावकारी भूउपयोग नीति बनाउन नसक्दा वर्षेनी बाढीको कारण नेपालमा ठूलो धनजनको क्षति हुने गरेको छ । त्यसैमा भारतीय पक्षले नेपाली सीमामा लगाएका बाँधका कारण थप समस्या परेको छ । 

यो वर्ष बाढीका कारण एक सय सन्ताउन्नको मृत्यु 

गृहमन्त्रालयका अनुसार गत साउन २७ गतेपछि केही दिन लगातार परेको वर्षाका कारण मृत्यु हुनेको सङ्ख्या १५७ र बेपत्ता हुनेका सङ्ख्या २९ पुगेको छ । मृत्यु हुनेमा रौतहट १८, झापा १६, मोरङ १६, सर्लाही १३, सुनसरी १२, महोत्तरी नौ, बाँके आठ, दाङ सात, सिन्धुली र पर्सा ६÷६ तथा मकवानपुर र चितवन पाँच÷पाँच जना रहेको छ । 

यो वर्ष बाढी पहिरोका कारण ४३ हजार ४०६ घर पूर्ण क्षति र एक लाख ५८ हजार १९४ घर आंशिक क्षति भएको 

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित वर्गका समाचारहरू

‘आर्थिक सामाजिक रूपान्तरणका निम्ति जोखिम मोल्नैपर्छ’

 वैशाख १०,ललितपुर । प्रधानमन्त्री तथा नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ’प्रचण्ड’ ले चुनौतीहरू भए

ढुङ्गाका आकृतिले तान्दै पर्यटक

वैशाख ५,दमौली (तनहुँ)। नुवाकोटको विदुर नगरपालिका-११ वासुदेव अवस्थीलाई पहिलो पटक ऐनापहरा पुग्दा निकै आकर्षक लाग्यो

बालबालिकालाई विद्यालयमा भर्ना गर्न प्रधानमन्त्रीको आह्वान

वैशाख २, काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले विद्यालय जाने उमेरका बालबालिकालाई पायक पर्ने विद्यालयमा भर्ना

लुम्बिनीका मुख्यमन्त्री चौधरीले विश्वासको मत लिँदै

तुलसीपुर (दाङ), चैत २२ गते । लुम्बिनी प्रदेश सरकारका मुख्यमन्त्री डिल्लीबहादुर चौधरीले आज विश्वासको मत लिनुहुने

एसईईमा वञ्चित भएकालाई परीक्षा दिने व्यवस्था मिलाइन्छः शिक्षामन्त्री श्रेष्ठ

काठमाडौं, चैत २१ गते। शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री सुमना श्रेष्ठले माध्यामिक शिक्षा परीक्षा (एसईई)बाट वञ्चित

अत्याधुनिक हतियारसहित पक्राउ परेकालाई पाँच दिन हिरासतमा राख्न अनुमति

 चैत ७,काठमाडौँ। सर्वोच्च अदालत परिसरबाट सोमबार अत्याधुनिक हतियारसहित पक्राउ परेका दुई जनालाई पाँच दिन हिरासतमा राख्न