बाढीपहिरोबाट १९ बालबालिकाको मृत्यु

१७ भदौ,काठमाडौँ– मुलुकका विभिन्न जिल्लामा आएको बाढीपहिराका कारण विद्यालयका १९ बालबालिकाको मृत्यु भएको छ । 

1

पहाडी जिल्लामा आएको पहिरो तथा तराई जिल्लामा आएको बाढीका कारण सिन्धुली, डोटी, सुर्खेत, बारा, दाङ, कैलाली, सर्लाही, बाँके, सिरहा, सप्तरी, धनुषा, मकवानपुर र चितवनका विद्यार्थीको मृत्यु भएको शिक्षा मन्त्रालयका सूचना अधिकारी सरस्वती पोखरेलले जानकारी दिइन् । 

त्यस्तै ती जिल्लाका करिब ५०० विद्यालयको भौतिक संरचनामा क्षति पुगेको छ । सुनसरी र झापाको क्षति विवरण आउन बाँकी रहेको मन्त्रालयले जनाएको छ । प्रभावित जिल्लाका पीडितले आश्रय लिएका कारण विद्यालयहरु सञ्चालन हुन सकेको छैन । 

सप्तरीका ३८ विद्यालयमा करिब रु दुई करोड र  धनुषाका २६ विद्यालयमा करिब रु ६६ लाखको क्षति भएको जनाइएको छ । अन्य जिल्लाको क्षतिको विवरण संकलन गरिने क्रममा रहेको पोखरेलले जानकारी दिइन्  । क्षति भएका केही विद्यालयको पुनःनिर्माण गरी सञ्चालन गर्नुपर्ने बताइएको छ । 

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित वर्गका समाचारहरू

बालबालिकालाई विद्यालयमा भर्ना गर्न प्रधानमन्त्रीको आह्वान

वैशाख २, काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले विद्यालय जाने उमेरका बालबालिकालाई पायक पर्ने विद्यालयमा भर्ना

लुम्बिनीका मुख्यमन्त्री चौधरीले विश्वासको मत लिँदै

तुलसीपुर (दाङ), चैत २२ गते । लुम्बिनी प्रदेश सरकारका मुख्यमन्त्री डिल्लीबहादुर चौधरीले आज विश्वासको मत लिनुहुने

एसईईमा वञ्चित भएकालाई परीक्षा दिने व्यवस्था मिलाइन्छः शिक्षामन्त्री श्रेष्ठ

काठमाडौं, चैत २१ गते। शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री सुमना श्रेष्ठले माध्यामिक शिक्षा परीक्षा (एसईई)बाट वञ्चित

अत्याधुनिक हतियारसहित पक्राउ परेकालाई पाँच दिन हिरासतमा राख्न अनुमति

 चैत ७,काठमाडौँ। सर्वोच्च अदालत परिसरबाट सोमबार अत्याधुनिक हतियारसहित पक्राउ परेका दुई जनालाई पाँच दिन हिरासतमा राख्न

कोरिया जाने श्रमिकको कोटा थपियाे

चैत २,  काठमाडौँ। दक्षिण कोरियामा सन् २०२४ का लागि रोजगार अनुमति प्रणाली (इपिएस) मार्फत जाने

सत्तारुढ गठबन्धनबिच सात बुँदे सहमति

 फागुन २९,काठमाडौं । । मङ्गलबार बिहान प्रधानमन्त्री निवास बालुवाटारमा बसेको सत्तारुढ गठबन्धनको बैठकमा  नेकपा (माओवादी