बाइडेन अमेरिकाको ४६ औं राष्ट्रपतीमा बिजयी

अमेरिकी राष्ट्रपतीय निर्वाचनको चर्को प्रतिस्पर्धालाई मतगणनाको अन्तिम चरणमा अग्रता कायम राखेपछि डेमोक्र्याट उम्मेदवार तथा पूर्व उपराष्ट्रपति जो बाइडेनले विजयी हुनको लागि आवश्यक २७० इलेक्टोरल कलेजको भोट नघाएका छन् ।

अमेरिकी निर्वाचन कानुनअनुसार ५३८ इलेक्टोरल कलेज भोटमध्ये बहुमतको लागि आवश्यकभन्दा बढी अर्थात् २८४ पुर्याएपछि बाइडेन अमेरिकाको ४६औं राष्ट्रपति बन्न बाटो खुलेको छ । सीएनएनका अनुसार पछिल्लो दुई दिनदेखि गणना भएका पेन्सिलभानिया, जर्जिया, विस्कन्सन र एरिजोना राज्यको मतगणनामध्ये पेन्सिलभानियाको २० इलेक्टोरल कलेज भोट प्राप्त गरेपछि उनी राष्ट्रपति बन्ने निश्चित भएको हो ।

नयाँ राष्ट्रपतिले आगामी जनवरी २० का दिन ह्वाइट हाउसमा आयोजना हुने विशेष समारोहमा शपथ ग्रहण गरेपछि पदभार सम्हाल्ने संवैधानिक व्यवस्था छ । बाइडेनको जीतसँगै उपराष्ट्रपति घोषित कमला ह्यारिस अमेरिकाको इतिहासमा पहिलो पटक महिला उपराष्ट्रपति हुने भएकी छिन् । उनकी आमा भारतीय मूलकी हुन् भने बाबु आप्रवासी जमैकन हुन् ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित वर्गका समाचारहरू

यातायात भरपर्दो बनाउ: निर्वाचन आयोग

 वैशाख ७, काठमाडौँ । निर्वाचन आयोगले उपनिर्वाचन हुने दिन निर्वाचन क्षेत्रभित्रको यातायात व्यवस्थालाई नियमित र

ढुङ्गाका आकृतिले तान्दै पर्यटक

वैशाख ५,दमौली (तनहुँ)। नुवाकोटको विदुर नगरपालिका-११ वासुदेव अवस्थीलाई पहिलो पटक ऐनापहरा पुग्दा निकै आकर्षक लाग्यो

बालबालिकालाई विद्यालयमा भर्ना गर्न प्रधानमन्त्रीको आह्वान

वैशाख २, काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले विद्यालय जाने उमेरका बालबालिकालाई पायक पर्ने विद्यालयमा भर्ना

सम्पत्ति शुद्धीकरणसम्बन्धी विधेयक राष्ट्रपतिद्वारा प्रमाणीकरण

काठमाडौं, चैत ३० गते । राष्ट्रपति रामचन्द्र पौडेलले सम्पत्ति शुद्धीकरण सम्बन्धी ऐनलाई संशोधन गर्न बनेको विधेयक

बागमती नगर प्रमुखविरुद्ध पाँच करोडको भ्रष्टाचार मुद्दा

 चैत २८, काठमाडौँ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले सर्लाही, बागमती नगरपालिकाका प्रमुख भरतकुमार थापाविरुद्ध विशेष अदालतमा

बजेटमा समेट्नैपर्ने विषय

खिमलाल देवकोटा  २५ चैत २०८०, आइतबार नेपालको संविधानको धारा ११९ को उपधारा ३ बमोजिम नेपाल