नयाँदिल्ली, २२ जेठ । उत्तरी भारतीय राज्य उत्तर प्रदेशमा सोमबार बस र ट्रक एक आपसमा ठोक्किएर भएको दुर्घटनामा परी कम्तीमा २२ को मृत्यु हुनुको साथै अन्य १९ जना नराम्ररी घाइते भएका छन् ।
स्थानीय समयअनुसार सोमबार मध्यरातपछि बिहान १ बजे तिर उत्तर प्रदेशको बरेली जिल्लामा निर्माणाधीन राष्ट्रिय राजमार्ग नं. २४ मा उत्तर प्रदेश सरकारको स्वामित्वमा सञ्चालित यात्रु बस र विपरित दिशातिरबाट आइरहेको डिजेल बोकेको एक ट्याङ्कर ट्रक एक आपसमा ठोक्किन पुगी दुर्घटना भएको बरेली प्रहरी प्रमुखले सञ्चार माध्यमलाई जानकारी दिएका छन् ।
दुर्घटनापछि ट्याङ्कर ट्रकबाट डिजेल पोखिई घटनास्थलमा भीषण आगलागी भएको र आगोको लप्कामा परी जलेर १९ जना घाइते नराम्ररी भएका थिए ।
उत्तर प्रदेशकै गोन्डा जिल्लामा अवस्थित बस स्टेसनतर्फ जाँदै गरेको उक्त बसमा दुईजना चालक, एक जना सहचालक तथा ३८ जना यात्रु यात्रा गर्दै थिए ।
उक्त दुर्घटना मध्यरातको समय र बसका प्रायः यात्रु निदाइरहेको समयमा परेको कारण केहीले मात्र भागेर ज्यान बचाउन सकेका र २२ जनाको भने दुर्घटनास्थलमा नै मृत्यु भएको छ । घाइतेलाई जिल्ला अस्पतालमा भर्ना गरिएकामध्ये पनि केहीको अवस्था चिन्ताजनक रहेको पनि अधिकारीहरुले जानकारी दिएका छन् ।
दुर्घटनास्थलबाट सोमबार बिहान स्थानीय समयानुसार ५ः४५ मा २२ यात्रुको शव निकाल्न सकिएको र ती शवमध्ये स्त्री या पुरुष लिङ्ग छुट्याउन समेत कठिनाई भएको बरेली जिल्ला अस्पतालका चिकित्सकले बताएका छन् ।
यस दुर्घटनाबारे छानबीन गरी सत्यतथ्य पत्ता लगाउन राज्यले एक अनुसन्धान समिति गठन गर्ने आदेश दिएको छ ।
भारतमा सडक दुर्घटनामा हुने हताहतिको सङ्ख्या औसत विश्वको तुलनामा नै बढिरहेको छ । सरकारी तथ्याङ्कअनुसार यहाँ हरेक दिन सडक दुर्घटनामा चार सय भन्दा बढी व्यक्तिको मृत्यु हुने गरेको छ ।
जथाभावी रुप र अनियन्त्रित गतिमा सवारीसाधन चलाउनु, सडक एवम् सवारी साधनको मर्मत सम्भारमा कमी कमजोरी वा लापरबाही रहेका कारण यस प्रकारको सडक दुर्घटना हुने गरेको सरकारी अधिकारीको दावी रहेको छ । रासस
चैत ७,काठमाडौँ। सर्वोच्च अदालत परिसरबाट सोमबार अत्याधुनिक हतियारसहित पक्राउ परेका दुई जनालाई पाँच दिन हिरासतमा राख्न
चैत २, काठमाडौँ। दक्षिण कोरियामा सन् २०२४ का लागि रोजगार अनुमति प्रणाली (इपिएस) मार्फत जाने
फागुन २९,काठमाडौं । । मङ्गलबार बिहान प्रधानमन्त्री निवास बालुवाटारमा बसेको सत्तारुढ गठबन्धनको बैठकमा नेकपा (माओवादी
फागुन २३,काठमाडौं। मन्त्रिपरिषद् आज विस्तार हुनेभएको छ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ का प्रेस सल्लाहकार गोविन्द
फागुन २०, काठमाडौँ । सामाजिक सुरक्षामा बढ्दो वित्तीय दायित्व कम गर्न सरकारले नगदमा उपलब्ध गराइने
फागुन १६, काठमाडौँ । नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचकमा सामान्य अङ्कको गिरावट देखिएको छ ।