‘बसौं माननीय सदस्य, सदनको कारबाही अगाडि बढाऔं’

माघ २६, काठमाडौं  : माननीय सदस्यहरु हाम्रो आजसमेत गरेर तीनपटक बैठक अवरुद्ध भइसकेको छ । र, यो बैठकलाई अलि जीवन, अलि चलायमान र प्रभावकारी बनाउने हामी सबैको साझा उद्देश्य हो । र, मलाई १४ गते बधाई तथा शुभकामना दिँदै गर्दा सबै माननीय सदस्यहरुले खासगरी प्रतिपक्षी दलका नेताले समेत यो सदन निष्पक्ष होस् र सबैलाई समानताको व्यवहार होस् भनेर सुझाव दिनुभएको थियो । त्यो सुझावलाई मैले अहिले स्मरण गरिराखेको छु ।

Agni-Sapkota-Speaker-of-Nepal-2020

मैले पटकपटक र सुरुका दिनदेखि पनि यो बैठकलाई अगाडि बढाएर मात्रै सदनको प्रभावकारिता हुन्छ भनेर मैले भनेको थिएँ । अहिले पनि मैले दोहोर्‍याउने कुरा के छ भने मैले यति मात्रै भन्न चाहन्छु कि तपाईंहरुलाई संविधानको व्यवस्था पनि धेरै राम्रोसँग थाहा छ । धारा १०५ मा सुस्पष्टरुपमा भनिएको छ र यो विषय अदालतमा गइसकेको छ । त्यसकारणले गर्दा पनि यहाँबाट निरुपण हुन सक्दैन भन्ने कुरा स्वत स्पष्ट छ । फेरि जनताको सर्वोच्च जनप्रतिनिधिमुलक संस्था भएको हुनाले आफ्ना सरोकारहरु र दलका भनाईहरु राख्न पनि पर्छ । दुई दिनसम्म तपाईंहरुले राखिसक्नु भएको छ । एउटा सन्देश पनि गइसकेको छ । त्यसकारण फेरि यहाँ मलाई अहिले पनि धेरै माननीय सदस्यहरुले हामी जिल्ला नगएर जनताका कुरा उठाउनका लागि यहाँ बसिरहेका छौं । हामीलाई बोल्ने वातावरण बनाउनुपर्छ भनेर अत्यन्त धेरै अनुरोध गरिराख्नुभएको छ ।

यो परिप्रेक्ष्यमा दुई दिनसम्म तपाईंहरुले कुरा उठाइसक्नु भएको छ र यहाँबाट ती कुराहरु अगाडि बढ्न नसक्ने कुरा स्वतः सिद्ध पनि छ ।

पहिलो कुरा त, एउटा संवैधानिक आयोगले गरेको निर्णय भयो । दोस्रो कुरा, अदालतमा गइसकेको विषय भयो । त्यसकारणले गर्दा म मानीय सदस्यहरुलाई विशेष अनुरोध के गर्दछु भने तपाईंहरु बसिदिनुहोस् । यो सदन सुचारु गर्नका लागि सहयोग गर्नुहोस् । यसले नै हाम्रो यो सदनको ओज, गरिमा र यसको सर्वोच्चता कायम रहन्छ भनेर म अनुरोध गर्न चाहन्छु ।

(सदन अवरोध गरिरहेका कांग्रेस सांसदहरुले बोल्न समय मागिरहेका थिए तर, सभामुखले माइक दिएनन् । माइकबिनै कांग्रेस सांसदले केही बोलिराखे । झण्डै १ मिनेटपछि …)

माननीय सदस्य । मैले तपाईंको कुरा बुझिसकेँ । मैले तपाईंलाई समय दिएको पनि छैन । त्यसकारण आफ्नो भनाईलाई बिट मार्नुस् । माननीय सदस्य, मैले तपाईंका कुरा बुझेँ । किनभने दुई दिनसम्म मैले धेरै धेरै गम्भीरतापूर्वक, धेरै शालिनतापूर्वक मैले कुरा सुनिसकेको छु । र, मैले बारबार अनुरोध गरेको छु कि यो हाम्रो व्यवस्थापिक संसदको कार्यक्षेत्रभित्र पर्दैन नम्बर एक । नम्बर दुई हामी त जानकार छौं । तपाईंहरुलाई निकै राम्रोसँग जानकारी छ, संविधानको धारा १०५ को पनि जानकारी छ । त्यसैगरी नियमावलीको नियम २१ को घ को पनि निकै राम्रोसँग जानकारी छ । त्यसकारण फेरि, यो कुरा पनि त्यत्तिकै साँचो हो कि यो कुरा मलाई राम्रोसँग हेक्का छ कि हामी जनताको जननिर्वाचित सर्वोच्च संस्थामा छौं । त्यसकारण, यो मुलुकका, यो राज्यका र यो राष्ट्रिय अन्तर्राष्ट्रिय सबै विषयहरु राख्ने थलो यही हो । तपाईंहरुले भरपूररुपमा दुई दिनसम्म सबिस्तार राखिसक्नु भएको छ । मैले असाध्यै धेरै गम्भीरतापूर्वक सुनेको छु । त्यसकारण, फेरि म अनुरोध गर्छु कि तपाईंहरु बसिदिनुहोस् । सदनको कारबाही अगाडि बढाऔं ।

पुनः म जोड दिएर के भन्न चाहन्छु भने छलफल गरेरै, तपाईंहरुका केही विषय छन् भने विशेष समयमा राख्न सकिन्छ, अरु समयमा बोल्न सकिन्छ । ब्याख्या गर्नुहोस् । विहंगम् व्याख्या गर्नुस् र सबै भनुनँ यो त हामीलाई त नेपाली जनताले मात्रै होइन, अन्तर्राष्ट्रिय जगतबाट पनि हेरिरहेका छन् । हाम्रा काम कारबाहीलाई नजिकबाट नियालिरहेका छन् । त्यसकारण यो लोकतन्त्रको विकास, विस्तार, सुदृढीकरणका यो सदनलाई गतिशील, चलायमान, जीवन्त बनाउनका लागि छलफल गर्ने एकमात्र विकल्प हो । छलफलको ढोका खोलिदिनुहोस् । म फेरि पनि विनम्रतापूर्वक तपाईंहरुलाई जोडदाररुपमा आग्रह गर्दछु कि तपाईंहरु बस्नुस् । मलाई सदन चलाउनका लागि सहयोग गर्नुस् ।

(सदन अवरोध गर्दै उठिरहेका कांग्रेस सांसदहरु पुनः बोल्नका लागि समय माग्छन् …)

माननीय सदस्यहरु, मैले दुई दिनसम्म बिस्तारपूर्वक सुनिसकेको छु र तपाईंहरु उभिइराख्नुभएको छ । यो प्रमुख प्रतिपक्षी दल उभिइराख्नु भनेको सदनको अवरुद्धता हो । यो अवरुद्धताको स्थितिमा मैले सदनको कारबाहीलाई अगाडि बढाउन उचित ठानेको छैन । त्यसकारण यो बैठक २०७६ माघ २८ गते मंगलबार दिनको १ बजे बस्नेगरी यहीँ स्थगित हुन्छ ।

(आइतबार बसेको संसदको बैठक नेपाली कांग्रेसले तेस्रो दिन पनि अवरोध गरेपछि सभामुख सापकोटाले सदनमा विचार गरेको विचारको अंश)

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित वर्गका समाचारहरू

बालबालिकालाई विद्यालयमा भर्ना गर्न प्रधानमन्त्रीको आह्वान

वैशाख २, काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले विद्यालय जाने उमेरका बालबालिकालाई पायक पर्ने विद्यालयमा भर्ना

लुम्बिनीका मुख्यमन्त्री चौधरीले विश्वासको मत लिँदै

तुलसीपुर (दाङ), चैत २२ गते । लुम्बिनी प्रदेश सरकारका मुख्यमन्त्री डिल्लीबहादुर चौधरीले आज विश्वासको मत लिनुहुने

एसईईमा वञ्चित भएकालाई परीक्षा दिने व्यवस्था मिलाइन्छः शिक्षामन्त्री श्रेष्ठ

काठमाडौं, चैत २१ गते। शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री सुमना श्रेष्ठले माध्यामिक शिक्षा परीक्षा (एसईई)बाट वञ्चित

अत्याधुनिक हतियारसहित पक्राउ परेकालाई पाँच दिन हिरासतमा राख्न अनुमति

 चैत ७,काठमाडौँ। सर्वोच्च अदालत परिसरबाट सोमबार अत्याधुनिक हतियारसहित पक्राउ परेका दुई जनालाई पाँच दिन हिरासतमा राख्न

कोरिया जाने श्रमिकको कोटा थपियाे

चैत २,  काठमाडौँ। दक्षिण कोरियामा सन् २०२४ का लागि रोजगार अनुमति प्रणाली (इपिएस) मार्फत जाने

सत्तारुढ गठबन्धनबिच सात बुँदे सहमति

 फागुन २९,काठमाडौं । । मङ्गलबार बिहान प्रधानमन्त्री निवास बालुवाटारमा बसेको सत्तारुढ गठबन्धनको बैठकमा  नेकपा (माओवादी