बलिउड स्टारहरुको डिभोर्स, कसले कति रकम लिए ?

divorce

३१ वैशाख – बलिउड- लव अफयेर, विवाह र डिभोर्सका कारण चर्चामा आउने बलिउड स्टारहरुको चर्चा पछिल्लो समय केही ज्यादा नै हुने गरेको छ । उनीहरुको महंगो डिभोर्सको कारण पछिल्लो समय बलिउडमा ठुलो चर्चा हुने गरेको छ ।

बलिउडका मंहगा डिभोर्स

आदित्य चोपडा र पायल खन्ना

निर्देशक आदित्य चोपडा रानी मुखर्जीको मायामा परेपछि श्रीमति पायललाई छोड्न ठुलै संघर्ष गर्नुपर्यो । उनीहरुबीच लामो समय कोर्टमा मुद्धा चल्यो । पायलले धेरै नै पैसा मागेपछि उनीहरुबीच सहमति हुन सकेको थिएन । मिडिया रिपोर्टका अनुसार यस डिभोर्सका लागि पायलले ठुलो रकम लिएकी थिइन् । तर, कति भने खुलाइएको थिएन ।

आमिर खान र रीना दत्त

जब किरण राओ आमिर खानको जीवनमा आइन् तब रीनालाई डिभोर्स दिने निर्णय आमिरले गरे । यो जोडीको विवाह सन् १९८६ मा भएको थियो । सन् २००२ मा यो जोडीको डिभोर्स भएको थियो । रीनाले आमिरसँग छुट्टिन ५० करोड मागेकी थिइन् ।

सैफ अली खान र अमृता सिंह
यो जोडीमा उमेरको अन्तरको केही ज्यादा नै थियो । दुवैको वैवाहिक सम्बन्ध १३ वर्षसम्म चल्यो । तर, अन्तत डिभोर्स नै भयो । अन्तत अमृतालाई सेफले आफ्नो आधी सम्पत्ति दिन पर्यो ।

रितिक रोशन र सुजैन खान
यो जोडी सन् २०१३ मा अलग्गिएको थियो । यो जोडी सानैदेखिका साथी पनि थिए । रितिकसँग डिभोर्स गर्न ४०० करोड मागेकी सुजैनले ३८० करोडमा चित्त बुझाएकी थिइन् । यो नै बलिउडको सबैभन्दा महँगो डिभोर्स रहेको छ ।

करिश्मा कपुर र संजय कपुर
यो जोडीको डिभोर्स भइसकेको छ । करिश्माले डिभोर्स पश्चात संजयको पिताको मुम्बईमा रहेको बंगला र बच्चाको रेखदेखका लागि १० लाख प्रत्येक महिनाको खर्च दिने सहमति भएको थियो । करिष्माले १४ करोड रुपैया लिएकी थिइन् ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित वर्गका समाचारहरू

बाँझो जमिनमा गाजा खेती गर्ने विकल्प सोच्नुपर्छ : डा. आरजु देउवा

 पुस २५,काठमाडौं। प्रतिनिधिसभाको कृषि, सहकारी तथा प्राकृतिक स्रोत समिति सभापति डा. आरजु राणा देउवाले बाँझो

यस कारण घातक छ टाटु, यस्ता कल्पना नै नगरिएका समस्या देखिए !

काठमाडौं, कात्तिक ९ गते । विश्वमा अचेल सबै उमेर समूहमा टाटु लोकप्रिय भएको छ । विकसित

एसियाड क्रिकेटको क्वार्टरफाइनलमा नेपाल

हाङझाउ, असोज १४ गते । नेपाल १९औं एसियाली खेलकुद (एसियाड)को पुरुष क्रिकेटतर्फ क्वार्टरफाइनलमा प्रवेश गरेको छ ।

आज सन्दीप लामिछानेविरुद्धको मुद्दाको सुनुवाइ हुँदै

काठमाडौँ, भदौ २१ गते । क्रिकेटर सन्दीप लामिछानेविरुद्धको मुद्दाको पेसी आजका लागि तोकिएको छ । लामिछानेविरुद्धको

पाकिस्तान र भारतसँग क्रिकेट खेल्न तयार छु : सन्दीप

भदौ ११,  काठमाडौं। क्रिकेटर सन्दीप लामिछाने एसिया कप क्रिकेट खेल्नका लागि आज पाकिस्तानमा प्रस्थान गर्नुभएको

मौलिकता बिनाको आन्दोलनहरु सफल नहुने : ओली

असार १४, काठमाडौँ।  मदन भण्डारीको ७२ औं जन्मजयन्तीको अवसरमा बिहीबार आयोजित कार्यक्रममा एमाले अध्यक्ष एवं