बलिउड अभिनेत्री श्रुतिले भनिन्– विहे नगरी बच्चा जन्माउँछु

shruti-hassan-bold-picture-from-movie-still-201511-621641मुम्बई, १३ जेठ । बलिउड नायिका श्रुति हसनको बोल्ड चाहना बाहिर आएको छ । दक्षिण भारतका चर्चित अभिनेता कमल हसनपुत्री श्रुतीले विहे नगरी बच्चा जन्माउने बताएकी छिन् । तर, त्यसका लागि मन मिल्ने मान्छे भेटिनुपर्ने उनको सर्त छ ।
हालै मिडियमा प्रेम र जीवनका बारेमा खुलेर बोलेकी हसनले आमा बन्नका लागि विहे नै जरुरी नभएको बताएकी हुन् । यौनको बारेमा सोधिएको प्रश्नमा उनले पत्रकारलाइ उल्टै प्रतिप्रश्न गर्दै भनेकी छन्, ‘जो विहे नगरी बच्चा जन्माउन सक्ने चाहना राख्छे भने उसलाई यौनका लागि विहे जरुरी हुन्छ र ?’ उनले यसो भनिरहँदा उनका शुभचिन्तकले श्रुतिका विषयमा यतिबेला अनेक अड्कलबाजी गर्न थालेका छन् । कतिपयले उनलाई रिलेशनसिपमा रहेकी श्रुतीले कुनै पनि बेला बच्चा जन्माइन भने आश्चर्य नमान्दा हुन्छ भन्नेसम्मका टिप्पणी गरेका छन् ।
तर श्रुतीले आफ्ना शुभचिन्तकलाई त्यस्तो ढुक्क नहुन समेत आग्रह गरेकी छन् । उनले आफु अहिले कुनै रिलेसनसिप र प्रेमको चक्करमा नपरेको र अझै दर्शकलाई नया नया चलचित्र दिने बाचा समेत गरेकी छन् ।
३१ वर्षिया यि सुन्दरी कुनै बेला एक म्यूजिक निर्देशकको प्रेममा डुबेकी थिइन् । तर अहिले त्यो प्रेम नभएर आकर्षण मात्रै भएको उनको अनुभव छ । त्यसैलाई उनले पुष्टि गर्दैै आकर्षणमा गरिने यौनको अर्थ नहुने भएकाले प्रेममा मात्रै विहे नगरी पनि यौन सम्पर्क गर्न सकिने तर्क गरेकी हुन् । पूर्व प्रेमी रहेका म्यूजिक निर्देशकको नाम बताउन नचाहेकी श्रुतीले तत्काल आफुसग समय नरहेकाले प्रेमी नबनाएको भन्दै समय आउनासाथ विहे गर्ने समेत बताउन भ्याइन् । गायिका समेत रहेकी श्रुतिले भनिन्, ‘आफु मनको मर्जीमा चल्ने भएकाले आफुलाई लागेको कुरा भन्न कतै पनि अफ्ठ्यारो लाग्दैन ।’
तमिल, तेलगु र हिन्दी भाषाका सिनेमामा काम गरेकी श्रुतीका वेलकम ब्याक, तेभर, दिल तो बच्चा है जी, लक जस्ता फिल्म चर्चित मानिन्छन् ।
कमल हसन र सारिका सिंहको प्रेमको चिनोका रुपमा जन्मिएकी श्रुतीले पनि बाबुुआमाको जस्तै पदचाप पछ्याउने हुन् कि भन्ने धेरैको अड्कलबाजी छ । श्रुति जन्मिएको दुई वर्ष पछि मात्रै कमल हसन र सारिका सिंहले विहे गरेका थिए । बाबु आमाले नै विहे नगरी जन्माइएकी श्रुतिले यस्तो चाहना राख्नु उनकालागि स्वभाविक भएपनि मिडियाकालागि भने मसला बनेको छ ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित वर्गका समाचारहरू

बजेटमा समेट्नैपर्ने विषय

खिमलाल देवकोटा  २५ चैत २०८०, आइतबार नेपालको संविधानको धारा ११९ को उपधारा ३ बमोजिम नेपाल

कोषकी नवनियुक्त निर्देशक पुनको नियुक्ति बदर

 माघ ८,  काठमाडौँ।  उच्च अदालत पाटनले पशुपतिक्षेत्र विकास कोषका नवनियुक्त कार्यकारी निर्देशक लक्ष्मी पुनलाई नियुक्ति

निःशुल्क कानूनी सहायता दिन्छौ- अधिवत्ता बिष्णु गिरी

पुस २८,काठमाडौ । पछिल्लो समय सार्वजनिक सरोकारका बिषयहरुमा मुद्धा दर्ता गरेर चर्चाको रहेका अधिवत्ता बिष्णु

विपश्यनाको लाभ साधनापछि मात्रै थाहा हुन्छ

दीपकराज जोशी विपश्यना गर्ने बानी भयो र ध्यानमा आफूलाई विकास गर्न सकियो भने कसैले पनि

बौद्धिक भ्रष्टाचारका पाटाहरू

व्यक्तिगत हित वा स्वार्थ पूर्तिका लागि सार्वजनिक ओहोदा वा पद, स्रोत वा सम्पत्तिको हानि नोक्सानी

मौलिकता बिनाको आन्दोलनहरु सफल नहुने : ओली

असार १४, काठमाडौँ।  मदन भण्डारीको ७२ औं जन्मजयन्तीको अवसरमा बिहीबार आयोजित कार्यक्रममा एमाले अध्यक्ष एवं