‘बलात्कारी’लाई भारतीय गृहणीहरुले यसरी गरे भाटेकारवाही

reap.भारतमा बालिका बालत्कार गरेको आरोपमा केही स्थानीय महिलाहरुले एक व्यक्तिलाई बाँधेर कुटेका छन् । यस घटनाको भिडियोसमेत सार्वजनिक भएको छ ।

भिडियोमा तीन महिलाहरुले एक पुरुषलाई घेरिरहेको देखिन्छ । पुरुषको दुवै हात पछाडि लगेर बाँधिन्छ र उसलाई एउटा लामो डोरीले जमिनमा घिसार्दै छडीले हिर्काइन्छ । महिलाहरुले आलोपालो गरी आरोपीमाथि लौरो वर्षाइ इरहँदा थुप्रै अन्य महिला तथा केटाकेटीहरुले हेरिरहेका हुन्छन् ।

 

महिलाहरुले आक्रमण गरिरहँदा पुरुषले कुनै प्रतिकारको प्रयास गरेका छैनन् । भिडियो फुटेजको अन्त्यमा एक पुलिस अफिसर भिडसँग कुरा गरिरहेका देखिन्छन् भने आरोपी जमिनमा लडिरहेकै छन् ।

कथित बलात्कारका विषयमा थप विवरण प्राप्त भएको छैन । घटनास्थल भारतको कुन ठाउँ हो भन्ने पनि पत्ता लागेको छैन ।

यौनजन्य हिंसा भारतमा एउटा राष्ट्रिय मुद्दाका रुपमा रहेको छ । प्रत्येक वर्ष यहाँ दशौं हजार बलात्कारका घटनाहरु हुने गरेको बताइन्छ । सन् २०१५ मा मात्रै देशभरमा ३४ हजार बलत्कारका घटना भएका थिए ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित वर्गका समाचारहरू

बाँझो जमिनमा गाजा खेती गर्ने विकल्प सोच्नुपर्छ : डा. आरजु देउवा

 पुस २५,काठमाडौं। प्रतिनिधिसभाको कृषि, सहकारी तथा प्राकृतिक स्रोत समिति सभापति डा. आरजु राणा देउवाले बाँझो

भूकम्पपीडितलाई १० हजार थान जुत्ताचप्पल सहयोग

 कार्तिक २८,काठमाडौं । गोल्डस्टार जुत्ता कम्पनीले जाजरकोटका भूकम्पपीडितलाई १० हजार थान जुत्ता तथा चप्पल सहयोग

यस कारण घातक छ टाटु, यस्ता कल्पना नै नगरिएका समस्या देखिए !

काठमाडौं, कात्तिक ९ गते । विश्वमा अचेल सबै उमेर समूहमा टाटु लोकप्रिय भएको छ । विकसित

खोटाङ अस्पतालमा जीवन जलसमेत भेटिएन : आयोग

खोटाङ, असोज २५  गते । राष्ट्रिय मानव अधिकार आयोग कोशी प्रदेश शाखा कार्यालय दिक्तेलले खोटाङमा

प्रधानमन्त्री प्रचण्ड र एमसिसीकी प्रमुखबिच भेटवार्ता

 असोज १६,काठमाडौँ। प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डसँग नेपाल भ्रमणमा रहेकी अमेरिकी परियोजना मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसिसी) की

एसियाड क्रिकेटको क्वार्टरफाइनलमा नेपाल

हाङझाउ, असोज १४ गते । नेपाल १९औं एसियाली खेलकुद (एसियाड)को पुरुष क्रिकेटतर्फ क्वार्टरफाइनलमा प्रवेश गरेको छ ।