December 29, 2019

बलत्कारी अभियोगका अभियुक्त कृष्ण गिरीको थुनछेक बहस सकिएन

Sidda-baba-krishna-giri_TTbxwDGcCd

श्रेष्तेदार पोखरेलका अनुसार कार्यालय समय सकिएकाले बार र बेन्चको सहमतिमा बाँकी थुनछेक भोलिका लागि सारिएको हो । बिहान ११ बजेबाट सुरु थुनछेकमा पीडित महिला तर्फका अधिवक्ताहरुको बयान भने सकिएको छ । जिल्ला सरकारी वकिल कार्यालय इनरुवाका जिल्ला न्यायाधिवक्ता गोकुलबहादुर निरौला सहित ८ जनाको बहस सकिएपछि प्रतिवादी गिरी तर्फका अधिवक्ताहरुको बहस सुरु भएको थियो ।

प्रतिवादी गिरी तर्फका ६ जना वकिल मध्ये तीन जनाले बहस सकेका छन् । अधिवक्ताहरु मोहन कोइराला, रुपेश कोइराला र दीपक खतिवडाको बहस भने बाँकी रहेको छ । वकालतनामा दर्ता भएका मध्ये तीनजनाको मात्र बहस बाँकी रहेकाले भोलि अपरान्ह सम्ममा अदालतको फैसला आउन सक्ने अनुमान गरिएको छ ।
अनुयायी बलात्कारको अभियोग लागेका कृष्णबहादुर गिरीको सवालमा सुनसरी जिल्ला अदालतले सादा तारिक, धरौटी वा पुर्पक्ष्यका लागि कारागार चलान मध्ये कुनै एक फैसला गर्न सक्छ ।

अभियोग प्रमाणित भएमा गिरीलाई ७ देखि १० वर्ष सम्म जेल सजाय हुन सक्ने छ । गिरीको मुद्दा सुनसरी जिल्ला अदालतका मूख्य न्यायाधिश राधाकृष्ण उप्रेतीको एक नम्वर इजलासमा परेको छ ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित वर्गका समाचारहरू

ढुङ्गाका आकृतिले तान्दै पर्यटक

वैशाख ५,दमौली (तनहुँ)। नुवाकोटको विदुर नगरपालिका-११ वासुदेव अवस्थीलाई पहिलो पटक ऐनापहरा पुग्दा निकै आकर्षक लाग्यो

बालबालिकालाई विद्यालयमा भर्ना गर्न प्रधानमन्त्रीको आह्वान

वैशाख २, काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले विद्यालय जाने उमेरका बालबालिकालाई पायक पर्ने विद्यालयमा भर्ना

बजेटमा समेट्नैपर्ने विषय

खिमलाल देवकोटा  २५ चैत २०८०, आइतबार नेपालको संविधानको धारा ११९ को उपधारा ३ बमोजिम नेपाल

लुम्बिनीका मुख्यमन्त्री चौधरीले विश्वासको मत लिँदै

तुलसीपुर (दाङ), चैत २२ गते । लुम्बिनी प्रदेश सरकारका मुख्यमन्त्री डिल्लीबहादुर चौधरीले आज विश्वासको मत लिनुहुने

एसईईमा वञ्चित भएकालाई परीक्षा दिने व्यवस्था मिलाइन्छः शिक्षामन्त्री श्रेष्ठ

काठमाडौं, चैत २१ गते। शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री सुमना श्रेष्ठले माध्यामिक शिक्षा परीक्षा (एसईई)बाट वञ्चित

अत्याधुनिक हतियारसहित पक्राउ परेकालाई पाँच दिन हिरासतमा राख्न अनुमति

 चैत ७,काठमाडौँ। सर्वोच्च अदालत परिसरबाट सोमबार अत्याधुनिक हतियारसहित पक्राउ परेका दुई जनालाई पाँच दिन हिरासतमा राख्न