बम विस्फोटबाट प्रहरी भ्यानमा क्षति,चार प्रहरी घाइते

राजविराज, २२ साउन – अज्ञात समूहद्वारा सप्तरीको सुरुंगा नगरपालिका–६ स्थित भित्री सडकखण्डमा खाल्टोमा पुरेर राखेको प्रेसरकुकर बम विस्फोट हुँदा गएराति एउटा प्रहरी भ्यानमा क्षति पुगेको छ । 

इलाका प्रहरी कार्यालय कडरवनको बा१झ ७३९२ नं को भ्यानमा आंशिक क्षति पुगेको प्रहरी उपरीक्षक मुकेशकुमार सिंहले बताउनुभयो । 

इप्रकाबाट गाउँतर्फ जाँदै गरेको सो भ्यान त्यहाँ पुगेपछि बम विस्फोट भएको थियो । त्यसमा सवार प्रहरी निरीक्षक राजेन्द्र यादवसहित चारजना सुरक्षाकर्मीसमेत घाइते भएको प्रहरी उपरीक्षक सिंहले जानकारी दिनुभयो । 

उक्त भ्यानमा प्रहरी निरीक्षकसहित १२ जना प्रहरी सुरक्षाकर्मी सवार थिए । उनीहरुको लहानस्थित एक अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ । 

घटनाको अहिलेसम्म कसैले पनि जिम्मेवारी नलिएको जिल्ला प्रहरी कार्यालय सप्तरीबाट जानकारी प्राप्त भएको छ । रासस 

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित वर्गका समाचारहरू

‘आर्थिक सामाजिक रूपान्तरणका निम्ति जोखिम मोल्नैपर्छ’

 वैशाख १०,ललितपुर । प्रधानमन्त्री तथा नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ’प्रचण्ड’ ले चुनौतीहरू भए

बालबालिकालाई विद्यालयमा भर्ना गर्न प्रधानमन्त्रीको आह्वान

वैशाख २, काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले विद्यालय जाने उमेरका बालबालिकालाई पायक पर्ने विद्यालयमा भर्ना

लुम्बिनीका मुख्यमन्त्री चौधरीले विश्वासको मत लिँदै

तुलसीपुर (दाङ), चैत २२ गते । लुम्बिनी प्रदेश सरकारका मुख्यमन्त्री डिल्लीबहादुर चौधरीले आज विश्वासको मत लिनुहुने

एसईईमा वञ्चित भएकालाई परीक्षा दिने व्यवस्था मिलाइन्छः शिक्षामन्त्री श्रेष्ठ

काठमाडौं, चैत २१ गते। शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री सुमना श्रेष्ठले माध्यामिक शिक्षा परीक्षा (एसईई)बाट वञ्चित

अत्याधुनिक हतियारसहित पक्राउ परेकालाई पाँच दिन हिरासतमा राख्न अनुमति

 चैत ७,काठमाडौँ। सर्वोच्च अदालत परिसरबाट सोमबार अत्याधुनिक हतियारसहित पक्राउ परेका दुई जनालाई पाँच दिन हिरासतमा राख्न

कोरिया जाने श्रमिकको कोटा थपियाे

चैत २,  काठमाडौँ। दक्षिण कोरियामा सन् २०२४ का लागि रोजगार अनुमति प्रणाली (इपिएस) मार्फत जाने