May 21, 2017

बन्दुक र स्टेरिङपछि स्थानीय सत्ता

जेठ ७, रुकुम – बन्दुकको नालबाट सत्ता कब्जा गर्ने स्कुलिङका कारण मुसिकोट नगरपालिका ८ उदिनढुंगाका बुद्धिप्रसाद बुढा तत्कालिन माओवादीले थालेको सशस्त्र युद्धमा होमिए ।

२०५५ देखि २०६२ सम्म भएका अधिकांश लडाइँमा उनको सहभागिता केहीमा बाहेक छुटेको छैन । जुम्ला सदरमुकाम कब्जाका क्रममा छातीमा १ र बायाँ हातमा ४ गोली लागेर पनि उनले लड्न छाडेनन् ।

बटालियन कमान्डर रहेका उनी अन्य लडाकुसँगै क्यान्टोनमेन्टमा बसे । समायोजनपछि स्वैच्छिक अवकासमा निस्किए । आजको कान्तिपुरमा यो खबर छ ।

ऋणधन गरेर किनेको ग १ ज २२८० नम्बरको गाडी ४ बर्ष चलाएका बुढाको हातमा अब सिंगै वडा ड्राइभ गर्ने जिम्मेवारी आएको छ ।

३५ बर्षीय बुढालाई मुसिकोट नगरपालिका वडा नम्बर ८ का मतदाताले वडाध्यक्षमा जिताएका छन् ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित वर्गका समाचारहरू

बालबालिकालाई विद्यालयमा भर्ना गर्न प्रधानमन्त्रीको आह्वान

वैशाख २, काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले विद्यालय जाने उमेरका बालबालिकालाई पायक पर्ने विद्यालयमा भर्ना

लुम्बिनीका मुख्यमन्त्री चौधरीले विश्वासको मत लिँदै

तुलसीपुर (दाङ), चैत २२ गते । लुम्बिनी प्रदेश सरकारका मुख्यमन्त्री डिल्लीबहादुर चौधरीले आज विश्वासको मत लिनुहुने

एसईईमा वञ्चित भएकालाई परीक्षा दिने व्यवस्था मिलाइन्छः शिक्षामन्त्री श्रेष्ठ

काठमाडौं, चैत २१ गते। शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री सुमना श्रेष्ठले माध्यामिक शिक्षा परीक्षा (एसईई)बाट वञ्चित

अत्याधुनिक हतियारसहित पक्राउ परेकालाई पाँच दिन हिरासतमा राख्न अनुमति

 चैत ७,काठमाडौँ। सर्वोच्च अदालत परिसरबाट सोमबार अत्याधुनिक हतियारसहित पक्राउ परेका दुई जनालाई पाँच दिन हिरासतमा राख्न

कोरिया जाने श्रमिकको कोटा थपियाे

चैत २,  काठमाडौँ। दक्षिण कोरियामा सन् २०२४ का लागि रोजगार अनुमति प्रणाली (इपिएस) मार्फत जाने

सत्तारुढ गठबन्धनबिच सात बुँदे सहमति

 फागुन २९,काठमाडौं । । मङ्गलबार बिहान प्रधानमन्त्री निवास बालुवाटारमा बसेको सत्तारुढ गठबन्धनको बैठकमा  नेकपा (माओवादी