बढी सुन्दर हुनु यी युवतीका लागि भयो अभिषाप, घरबाहिर निस्कनै नपाउने

Russian

हरेक स्त्रीको चाहना हुन्छ सुन्दर देखिने । सुन्दर देखिनका लागि के के सम्म गर्दैनन् उनीहरु ? तर यहाँ एकजना केटीका लागि चाहीँ उनको सुन्दरता नै अभिषाप बनिरहेको छ । आफ्नो अत्यधिक सुन्दरताले उनलाई समस्या सिर्जना गरेको छ, बन्धन बनेको छ ।

 

२६ वर्षकी रुसी सुन्दरी एन्जेलिका किनोवा एक व्यवसायिक मोडेल हुन् । सुन्दरताको हकमा उनी ठ्याक्कै गुडिया जस्तै छिन् । शानदार फिगर तथा सुन्दर अनुहार । बच्चा देखि नै क्युट रहेकी एन्जेलिकालाई उनका बुवाआमाले पनि गुडिया जस्तै गरी माया गरेर हुर्काए ।

एन्जेलिकाको सुन्दरताको सबैभन्दा खास विशेषता भनेको के हो भने उनले यो सुन्दरता पाउनका लागि कुनै सर्जरी गर्नुपरेन । प्राकृतिक सुन्दरता तथा नियमित व्यायामका कारण उनले यस्तो फिगर बनाएकी छिन् ।

उनी भन्छिन्ः मेरा बुवाआमाले मलाई एक राजकुमारीलाई जस्तै गरी हुर्काउनुभयो । बुवाआमाले मलाई न त कहीँ बाहिर घुम्न जान दिनुभयो, न त कोही केटासँग डेटिङ जान नै ।

आफू अहिलेसम्म कुनै केटासँग डेटिङ नगएको र आफु व्यवहारिक जीवनमा फिट नभई ज्यूँदो गुडिया बनिरहेको उनको भनाई छ ।

उनको भोजन तथा व्यायामको कार्यतालिका उनका बुवाआमाले नै तय गरिदिन्छन् । उनले के लुगा लगाउने भन्ने कुरा उनकी आमाले तय गर्दछिन् ।

तर एन्जेलिका आफ्नो अहिलेको जस्वनसँग सन्तुष्ट छैनन् । एकदिन घरबाहिर निस्किएर आफ्नो तरिकाले जीवन जीउने इच्छा उनको छ । साथै उनी साँचो प्रेमको पनि पर्खाइमा छिन् ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित वर्गका समाचारहरू

बाँझो जमिनमा गाजा खेती गर्ने विकल्प सोच्नुपर्छ : डा. आरजु देउवा

 पुस २५,काठमाडौं। प्रतिनिधिसभाको कृषि, सहकारी तथा प्राकृतिक स्रोत समिति सभापति डा. आरजु राणा देउवाले बाँझो

भूकम्पपीडितलाई १० हजार थान जुत्ताचप्पल सहयोग

 कार्तिक २८,काठमाडौं । गोल्डस्टार जुत्ता कम्पनीले जाजरकोटका भूकम्पपीडितलाई १० हजार थान जुत्ता तथा चप्पल सहयोग

यस कारण घातक छ टाटु, यस्ता कल्पना नै नगरिएका समस्या देखिए !

काठमाडौं, कात्तिक ९ गते । विश्वमा अचेल सबै उमेर समूहमा टाटु लोकप्रिय भएको छ । विकसित

खोटाङ अस्पतालमा जीवन जलसमेत भेटिएन : आयोग

खोटाङ, असोज २५  गते । राष्ट्रिय मानव अधिकार आयोग कोशी प्रदेश शाखा कार्यालय दिक्तेलले खोटाङमा

प्रधानमन्त्री प्रचण्ड र एमसिसीकी प्रमुखबिच भेटवार्ता

 असोज १६,काठमाडौँ। प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डसँग नेपाल भ्रमणमा रहेकी अमेरिकी परियोजना मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसिसी) की

एसियाड क्रिकेटको क्वार्टरफाइनलमा नेपाल

हाङझाउ, असोज १४ गते । नेपाल १९औं एसियाली खेलकुद (एसियाड)को पुरुष क्रिकेटतर्फ क्वार्टरफाइनलमा प्रवेश गरेको छ ।