April 17, 2020

‘बजारमा अत्यावश्यक वस्तु र खाद्यान्न अभाव हुँदैन’

कोरोना भाइरस सङ्क्रमण रोकथामका लागि नेपाल–भारत दुवै देशमा लकडाउन भइरहँदा पनि स्थल नाकाबाट हुने आयात सहज रूपमा भइरहेको छ । यसबाट बजारमा अत्यावश्यक वस्तु र खाद्यान्न अभाव नभएको व्यवसायीले बताएका छन् । यो समाचार आजको गोरखापत्र दैनिकमा छ । 

अत्यावश्यक वस्तुलगायत खाद्य पदार्थको आयात जारी रहँदा अभाव हुन नपाएको सिद्धार्थ उद्योग वाणिज्य सङ्घका अध्यक्ष कुलप्रसाद न्यौपानेले बताए । यस्ता वस्तुको आयात गर्दा सुरक्षा उपाय अपनाउनु भने जरुरी रहेको उहाँको भनाइ छ । नेपाल राष्ट्रिय उद्योग व्यापार सङ्गठन रुपन्देहीका अध्यक्ष नारायणप्रसाद भण्डारीले बजारमा दैनिक उपभोग्य वस्तुको अभाव हुन नदिन आफूहरूले सहजीकरण गरिरहेको बताए । 

हामीले स्थानीय सरकारसँग मिलेर सहजीकरण गरिरहेका छौँ र आपूर्ति व्यवस्था सहज बनाउन भूमिका खेलेका छौँ, जसले गर्दा बजारमा अहिलेसम्म अभाव हुन पाएको छैन, उनले भने ।

देशको दोस्रो ठूलो भन्सार नाका बेलहिया हुँदै दिनहुँ दैनिक उपभोग्य वस्तुका साथै एलपी ग्यास, पेट्रोलियम पदार्थ, तयारी औषधि, औषधिका कच्चा पदार्थ, मेडिकल सामान, हरियो तरकारीजस्ता सामान नियमित रूपमा आइरहेको भैरहवा भन्सार कार्यालयले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित वर्गका समाचारहरू

काठमाडौंमा विश्व सामाजिक मञ्चको सम्मेलन

काठमाडौं,फागुन ३ । ‘अर्को विश्व सम्भव छ’ भन्ने नारासहित विश्व सामाजिक मञ्चको सम्मेलन काठमाडौंमा सुरू

सम्पत्ति शुद्धीकरणसम्बन्धी विधेयक पारित

माघ २५,काठमाडौँ  । सहकारी संस्थामा व्यक्तिगत बचतको सीमा नरहने गरी प्रतिनिधि सभाले सम्पत्ति शुद्धीकरण (मनी लाउन्डरिङ)

भूकम्प पीडितलाई नबिल बैंकको एक करोड सहयोग

बैंकका प्रमुख बजार अधिकृत कृष्ण सुवेदी सहायक प्रमुख जिल्ला अधिकारी हरिश्चन्द्र शर्मालाई पहिलो चरणको राहत

आजबाट मौसममा क्रमिक सुधार हुँदै जाने जाने

काठमाडौँ,  असोज १८ गते । विगत पाँच दिनदेखिको लगातार झरीपछि आजदेखि देशभरको मौसममा क्रमिकरुपमा सुधार

सामाजिक सुरक्षा कोषमा सूचीकरण हुन स्थानीय तहलाई परिपत्र

 भदौ २५ ,काठमाडौं ।  श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले संघीय मामिला तथा समान्य प्रशासन

मानवकेन्द्रित विश्वव्यापीकरण

 २१ भदौ २०८०, बिहिबार   हाम्रो जी–२० अध्यक्षताले विभाजन हटाउन, अवरोध भत्काउन र सहकार्यको बिजारोपण