बच्चालाई सिकाउनै पर्ने ८ कुरा

Baby-care-768x471

बच्चालाई जस्तो चाहनुहुन्छ, त्यस्तै बनाउन सक्नुहुनेछ । घरको चालचलन, बोलीचाली, व्यवहार सबै कुरा बच्चाले सिक्छन् । र, त्यही अनुसार उसको जीवनशैली पनि निर्देशित हुन्छ । त्यसैले घरको वातावरण त्यस्तो हुनुपर्छ, जसले बच्चामा असल प्रवृत्तिको विकास होस् ।

 

बच्चालाई के गराउने, के नगराउने, के खान सिकाउने, कसरी खान सिकाउने सबै कुरा तपाईको हातमा छ । अतः यहि उमेरमा तपाईले बच्चालाई निम्न कुरामा अभ्यस्त गराउन सक्नुहुनेछ, जसले स्वस्थ्य जीवनशैली जिउन सहयोग गर्नेछ ।

१. चाडै उठ्ने

बच्चालाई चाडै उठ्ने बानी गराउनु पर्छ । चाडै उठ्नु शारीरिक तथा मानसिक स्वस्थ्यका लागि लाभदायक छ । साथसाथै, यसले समयको बचत पनि हुन्छ । संभव भएसम्म विहान घाम झुल्कनुअघि बच्चालाई उठ्ने बानी गराउनुहोस् । पढ्ने बच्चाका लागि बिहानको समय एकदमै अनुकुल हुन्छ । यतिबेला वायुमण्डलमा ताजा हावा चल्छ । वातावरण शान्त हुन्छ । साथै, चाडै उठ्दा होमवर्क गर्न, पाठ पढ्न लगायत दैनिक कार्य गर्न समेत समय पुग्छ ।

२. उठ्नसाथ मनतातो पानी पिउन

सानै उमेरदेखि स्वस्थ्य दिनचर्या कसरी अंगाल्ने भन्ने कुरामा अभ्यस्त गराउन सकियो भने त्यसले जीवनभर फाइदा पुर्‍याउँछ । बच्चालाई चाडै उठाउने र उठ्नसाथ मनतातो पानी पिउने बानी गराउनुहोस् । बिहान उठ्नसाथ पिउने पानी शरीरको लागि लाभदायक छ । यसले शरीरका अंगहरुलाई सक्रिय गराउँछ ।

३. दिसा-पिसाब गराउनुहोस्

अक्सर आमाबुवा बच्चालाई कुन समयमा  दिसा-पिसाब गराउने भन्ने कुरामा चासो राख्दैनन् । त्यही कारण बच्चाहरुको दिसा-पिसाब गर्ने बानीमा अनियमितता हुन्छ । कहिले घुम्न गएको बेला त कहिले यात्रामै पनि उनीहरुलाई दिसा लाग्छ । यसले यात्रालाई झन्झटिलो बनाउने नै भयो ।

तर, यसमा तपाई स्वंमको गल्ती छ । यदि बच्चालाई सानै उमेरदेखि निश्चित समयमा दिसा गर्ने बानी गराउनु भयो भने तपाईले दुख झेल्नुपर्दैन । बच्चालाई बिहान उठेर मनतातो पानी पिइसकेपछि शौचालय जान अभ्यस्त गराउनु पर्छ । यसले उनीहरुको स्वास्थ्यमा फाइदा गर्छ ।

४. ब्रेकफास्ट लिन

सानै उमेरदेखि स्वस्थ्य ब्रेकफास्ट लिने बानी गराउनु पर्छ । दिसा-पिसाब त्याग गरिसकेपछि बच्चालाई ब्रेकफास्ट दिनुहोस् । पछि यो उनीहरुको बानीकै रुपमा विकास हुन्छ । बे्रकफास्टमा तारेको, भुटेको वा बजारमा पाइने तयारी खानेकुरा होइन, आफैले तयार गरेको ताजा खानेकुरा दिनुहोस् । संभव भएसम्म तेलरहित खानेकुरा दिनुहोस् । यसमा फलफूल र दुध सामेल गर्नु सर्बोत्तम हुन्छ ।

५. योग र व्यायाम गर्न सिकाउनुहोस्

बच्चाको शरीर लचिलो हुन्छ । यहि उमेरदेखि योग तथा व्यायाम गर्न सिकाउनु बढी प्रभावकारी हुन्छ । नियमित योग एवं व्यायाम गर्‍यो भने उनीहरुमा रोगप्रतिरोधात्मक क्षमता त बढ्छ नै, पढेको कुरा पनि स्मरण गर्न सक्छन् । सानै उमेरमा योग, व्यायाम, ध्यान गर्न सिकायो भने उनीहरु खराब लतमा लाग्ने भय पनि रहँदैन ।

६. आफ्नो काम आफै गर्न प्रेरित गरौं

बच्चालाई आफ्नो कामका लागि अरुमा निर्भर रहने बानी हटाउनुहोस् । कपि-किताव मिलाउने, आफ्नो पहिरन लगाउने, हातखुट्टा धुने, खानेकुरा खाने, खेलौना मिलाउने जस्ता काम बच्चालाई गर्न दिनुहोस् । यसले उनीहरुले श्रमको महत्व त बुझ्छन् नै, तपाई अतिरिक्त झन्झटबाट पनि मुक्त हुनुहुनेछ । साथसाथै बच्चा शारीरिक रुपमा तन्दुरुस्त हुन्छन् ।

७. ताजा खानेकुरा खान

बच्चालाई जंक फूडको लतबाट मुक्त गराउनुपर्छ । कति अभिभावकले छिटो, छरितो खानेकुराको रुपमा बच्चालाई जंक फूड दिने गर्छन् । यसले उनीहरुलाई रोगी बनाउँछ । त्यसैले बच्चालाई सानै उमेरबाट ताजा, स्वस्थ्य खानेकुरामा अभ्यस्त गराउनुपर्छ ।

उनीहरुलाई मीठो ख्वाउने भन्दा पनि स्वस्थ्यकर खानेकुरा ख्वाउने बानी गरौं । किनभने बच्चाको जिब्रोलाई जस्तो खानेकुरामा बानी पार्‍यो, त्यसैमा स्वाद भिज्छ । सकेसम्म उसिनेको खानेकुरामा अभ्यस्त गराउनु पर्छ ।

८.घाम डुब्नुअघि खाना खान र चाडै सुत्न

उनीहरुको खाना खाने तालिका नियमित गराउनुहोस् । ठीक-ठीक समयमा खानेकुरा खान अभ्यस्त गराउनुपर्छ । रातको खाना घाम डुब्नुअघि नै खान अभ्यस्त गराउनुपर्छ । यसले उसको पाचन यन्त्रमा नराम्रो असर पर्दैन । खाना खाएको केहि समयपछि मात्र सुत्न दिनुपर्छ ।

९. शिष्टचार सिकाउनुहोस्

कसरी खाने, कसरी हिँड्ने, कसरी बस्ने, कसरी बोल्ने, कसरी अरुको सामुन्ने प्रस्तुत हुने भन्ने कुरामा सानै उमेरदेखि अभ्यस्त गराउनु प्रभावकारी हुन्छ । बच्चालाई टेबल म्यानर सिकाउनुहोस् । हिड्ने र बोल्ने शैली सिकाउनुहोस् । पाहुना आउँदा कसरी प्रस्तुत हुने भन्ने कुरा पनि सिकाउनुहोस् । शिष्टचार पालना गराउनुहोस्, जसले बच्चाको कारण तपाई लज्जित हुनुपर्ने छैन ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित वर्गका समाचारहरू

ढुङ्गाका आकृतिले तान्दै पर्यटक

वैशाख ५,दमौली (तनहुँ)। नुवाकोटको विदुर नगरपालिका-११ वासुदेव अवस्थीलाई पहिलो पटक ऐनापहरा पुग्दा निकै आकर्षक लाग्यो

नागरिकको स्वास्थ्य बीमामा आकर्षण बढ्दै

गलकोट (बागलुङ), माघ २ गते । बागुलुङमा वि.सं.२०७३ असारमा स्वास्थ्य बीमा सुरु हुँदा नागरिक अलमलमा थिए

दुई विधेयक पारित दुई ऐन संशोधन

 पुस १५, बुटवल। बुटवल उपमहानगरपालिकाको चौधौँ नगर अधिवेशन दुई वटा विधेयक पारित र दुई वटा

धनका लागि जीवनभर दौडिए पनि अन्तिम सत्य नै शान्ति हो : मुख्यमन्त्री पाण्डे

पोखरा, मङ्सिर ४ गते । गण्डकी प्रदेश सरकारका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले अन्तिम सत्य नै शान्ति भएको

भूकम्पपीडितलाई १० हजार थान जुत्ताचप्पल सहयोग

 कार्तिक २८,काठमाडौं । गोल्डस्टार जुत्ता कम्पनीले जाजरकोटका भूकम्पपीडितलाई १० हजार थान जुत्ता तथा चप्पल सहयोग

टेन्ट छैन, शीत चुहिने त्रिपालको भर

 कात्तिक २६,जाजरकोट  । रुकुमपश्चिम छेपारे गाउँकी लक्ष्मी विकको सानो बच्चासहित छ जनाको परिवार त्रिपालभित्र अटेसमटेस गरी