बच्चामा आँखाको समस्या भएको कसरी शंका गर्ने? यस्ता छन् ११ लक्षण

साना उमेरका बालबालिकाले आफ्नो दृष्टिमा समस्या रहेको व्यक्त गर्न सक्दैनन् । तर, यसको नकारात्मक असर उनीहरुको पढाइ तथा व्यक्तित्व विकासमा परिरहेको हुन्छ र थाहै नपाई बालबालिकाको आँखामा सधैंका लागि खराबी आउन सक्छ । तसर्थ, अभिभावकले बालबालिकाको आँखाको समस्याबारे मिहिन ढंगले बुझ्ने कोसिस गर्नु राम्रो हो।

9

बालबालिकाले आफूले जे देख्यो अथवा जस्तो देख्यो त्यसको आकृति त्यस्तै नै होला भन्ने बुझ्छन्। त्यसैले आँखा परीक्षण गरी उनीहरुको आँखाको समस्या समयमै निराकरण गर्नेतर्फ लाग्नुपर्छ । आखाँमा समस्या नआए मात्र बालबालिकाले आफ्नो पढाइका साथै सम्पूर्ण शारीरिक क्रियाकलाप बिनाकुनै बाधा सजिलै पूरा गर्न सक्छन्, जुन उनीहरुको मस्तिष्क विकाशका लागि पनि अपरिहार्य छ।

बालबालिकाको आँखाबारे समयमै पत्ता लगाउनुपर्ने महत्वपूर्ण कुरा हो ‘अल्छी आँखा’ । आँखा अल्छी बनाउने कारक तत्व समयमै परीक्षण गर्दा बाल अन्धोपन निम्त्याउने कारक तत्वहरुबारे पनि थाहा पाउन सकिन्छ । जसको समयमै उपचार गरी बाल आन्धोपनबाट बालबालिकालाई बचाउन सकिन्छ।

के हो अल्छी आँखा?

बनावटका हिसाबले आँखा साधारण देखिए पनि एक अथवा दुवै आँखाको दृष्टि कमजोर हुनु, मस्तिष्क र आँखाको तालमेल नमिल्नु अल्छी आँखाको अवस्था हो । यसैगरी, दुईवटै आँखाको दृष्टि दोष फरक हुनु, दुवै आँखाको दृष्टि दोष धेरै हुनु, एउटा आँखा टेढो हुनु वा दुईटा आँखाबीचको समायोजन नमिल्नु, आँखामा प्रकाश छिर्न समस्या पार्ने मोतियाबिन्दु हुनु, आँखाको नानीमा दाग हुनु जस्ता समस्याले अल्छी आँखाको जनाउ दिन्छ। यी समस्या बेलैमा पत्ता लगाउन सकिएन भने पछि उपचार गर्न निकै अप्ठ्यारो हुन्छ । यसले बाल अन्धोपनलाई निम्त्याउँछ।

बच्चामा आँखाको समस्या भएको कसरी शंका गर्ने?

–    आँखा टेढो भएमा,

–    टाउको दुख्ने समस्या भएमा,

–    आँखा चिम्सो बनाएर हेर्ने गरेमा, 

–    पढाइको स्तर खस्किँदै गएमा, 

–    बच्चाले आँखा धमिलो भएको अथवा एउटै वस्तु दुईटा देख्ने गरेको बताएमा,

–    बच्चाले आँखा थाक्यो भन्ने गरेमा, 

–    पढ्दा हरफहरु दोहोर्‍याएर पढ्ने बानी भएमा, 

–    नजिकका कुरामा बेवास्ता गरेमा,

–    एकदम नजिकबाट पढ्ने वा टिभी हेर्ने गरेमा, 

–    आँखा मिचिरहने गरेमा, 

–    आँखा हल्लिरहने गरेमा ।

यी माथिका कुनै पनि लक्षण बालबालिकामा देखियो भने त्यसलाई बेवास्ता गर्नु हुँदैन । तुरुन्त आँखा परीक्षण गराइहाल्नुपर्छ ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित वर्गका समाचारहरू

नागरिकको स्वास्थ्य बीमामा आकर्षण बढ्दै

गलकोट (बागलुङ), माघ २ गते । बागुलुङमा वि.सं.२०७३ असारमा स्वास्थ्य बीमा सुरु हुँदा नागरिक अलमलमा थिए

धनका लागि जीवनभर दौडिए पनि अन्तिम सत्य नै शान्ति हो : मुख्यमन्त्री पाण्डे

पोखरा, मङ्सिर ४ गते । गण्डकी प्रदेश सरकारका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले अन्तिम सत्य नै शान्ति भएको

टेन्ट छैन, शीत चुहिने त्रिपालको भर

 कात्तिक २६,जाजरकोट  । रुकुमपश्चिम छेपारे गाउँकी लक्ष्मी विकको सानो बच्चासहित छ जनाको परिवार त्रिपालभित्र अटेसमटेस गरी

रगत पाउन समस्या, रक्तदान गर्न आह्वान

 कात्तिक १०,भक्तपुर । पहिले पहिले रगत नपाए भक्तपुर जानु भन्ने भनाइ भए पनि अहिले भक्तपुरमै

यस कारण घातक छ टाटु, यस्ता कल्पना नै नगरिएका समस्या देखिए !

काठमाडौं, कात्तिक ९ गते । विश्वमा अचेल सबै उमेर समूहमा टाटु लोकप्रिय भएको छ । विकसित

विपश्यनाको लाभ साधनापछि मात्रै थाहा हुन्छ

दीपकराज जोशी विपश्यना गर्ने बानी भयो र ध्यानमा आफूलाई विकास गर्न सकियो भने कसैले पनि