बंगलादेशको छैटौं विकेट झर्‍यो

Nepali-cricket-team-768x429१५ चैत, काठमाडौं । एसीसी इमर्जिङ टिम्स कप क्रिकेट अन्तर्गत आफ्नो दोस्रो खेलमा नेपालले घरेलु टोली बंगलादेशबिरुद्ध प्रदर्शन गरिरहेको छ ।

 

सुरुवाती ११ ओभरमै चार विकेट गुमाएको बंगलादेशका लागि पाचौं र छैटौं विकेट युवा स्टार सन्दिप लामिछानेले लिएका छन् । उनले बंगाली कप्तान मोमिनुल हक र अफिफ हुसेनलाई पेविलियनको बाटो देखाए ।

पाचौं विकेट लिने क्रममा सन्दिपले हक र नसिर हुसेनको ७८ रनको पार्टनरसीप तोड्न सफल भए । २५औं ओभरको पहिलो बलमा उनले मोमिनुललाई ६१ रनको व्यक्तिगत स्कोरमा आउट गरेका हुन् ।त्यसपछि आएका अफिफ हुसेनले पनि सन्दिपले नै ३२औं ओभरको दोस्रो बलमा पेविलियनको बाटो देखाए । उनी १४ रन बनाएर आउट भए ।

अर्को एण्डबाट खेलिरहेका नसिर हुसेनले भने अर्धसतक पूरा गरेका छन् ।

यसअघि ओपनिङ बलर अभिनाश कर्णले सुरुवाती पाँच ओभरमै तीन विकेट लिएर बंगलादेशलाई दवावमा ल्याएका थिए । ११औं ओभरमा मेहवुव आलमले विकेट लिएका थिए ।

बंगलादेशले अहिलेसम्म ३२ ओभरमा ६ विकेट गुमाएर १४२ रन जोडेको छ ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित वर्गका समाचारहरू

सन्दीप लामिछाने निलम्बन

काठमाडौँ,  पुस २६ गते । नेपाल क्रिकेट सङ्घ (क्यान)ले नेपाली राष्ट्रिय क्रिकेट टोलीका खेलाडी एवं

एसियाड क्रिकेटको क्वार्टरफाइनलमा नेपाल

हाङझाउ, असोज १४ गते । नेपाल १९औं एसियाली खेलकुद (एसियाड)को पुरुष क्रिकेटतर्फ क्वार्टरफाइनलमा प्रवेश गरेको छ ।

पाकिस्तान र भारतसँग क्रिकेट खेल्न तयार छु : सन्दीप

भदौ ११,  काठमाडौं। क्रिकेटर सन्दीप लामिछाने एसिया कप क्रिकेट खेल्नका लागि आज पाकिस्तानमा प्रस्थान गर्नुभएको

आज कक्षा १२ को रिजल्ट हुँदै

श्रावण ३०,काठमाडौँ — कक्षा १२ को नतिजा सार्वजनिक गर्ने निर्णय गर्न राष्ट्रिय परीक्षा बोर्डले मंगलबार

एसीसी यू-१६ इस्ट जोन कप क्रिकेट : नेपाल च्याम्पियन

काठमाडौं, असार १९ गते । एसीसी यू-१६ इस्ट जोन कप क्रिकेटको उपाधि नेपालले जितेको छ ।

कीर्तिपुरमा एक वर्षमै फ्लडलाइट बन्ने

जेष्ठ ६, काठमाडौँ — सबै अनुकूल भएमा अबको एक वर्षभित्र कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा राति