फोहोर नउठ्नाले ,जेष्ठ नागरिक तथा बालबालिका बिरामी, फोहोर प्रशोधन केन्द्रको तयारी भैरहेको छ : मेयर बासुदेव थापा


पिपुल नेपाल संवाददाता,२९ साउन भक्तपुर।
पछिल्लो दुई हप्तादेखी भक्तपुरको सुर्यविनायक नगरपालिका लगायतका स्थानमा फोहोर उठ्न सकेको छैन।धेरै दिनदेखि फोहोर घरघरमै थुप्रीदा जेष्ठ नागरिक तथा बालबालिका बिरामी पर्न थालेका छन।

स्वास्थ केन्द्रहरुमा बालबालिका र जेष्ठनागरिकहरुको साविकको तुलनामा अत्याधिक भिड बढ्न थालेको सुर्यविनायक न.पा वडा नं.२ मा रहेको बालकोट उपस्वास्थ्य चौकिको एक कर्मचारीले बताएका छन।कोरोना संक्रमितहरुको सङ्ख्या बढिरहेको अवस्था र मङ्किपक्स भाइरस इण्डियामा देखापरिसकेको स्थितिमा फोहोर नउठ्नु रोग न्यूनीकरणको लागि त्यति शुभ संकेत नरहेको उनको भनाइ छ।

सिसडोल ल्यान्डफिल्ड साइटका स्थानीयले विभिन्न माग राख्दै अवरोध गरेपछि काठमाडौं उपत्यकाको फोहोर ठप्प भएको हो । सिसडोल भरिइसकेको कारण व्यवस्थापन अस्तव्यस्त भएकाले सिसडोलमा फोहोर फाल्न बन्द गर्नुपर्ने र डम्पिङ साइटबाट सिर्जित समस्याको समाधान गर्नुपर्ने माग सहित सिसडोलका स्थानियहरु संघर्षरत छन।

नगर प्रमुख बासुदेब थापाको अनुसार : नगरपालिकाले फोहोर प्रशोधन केन्द्रको तयारी गरि वैकल्पिक माध्यम मार्फत फ़ोहोर ब्यबस्थापन गर्ने काममा लागेको बुझिएकोछ। मेयर थापा भन्नु हुन्छ “सुर्यविनायक नगरपालिका भनेको आठ वटा गाबिस मिलेर बनेको नयाँ नगरपालिका भएकोले नयाँ नितिनै पास गरेर अगाडि बढ्ने तयारी हुंदैछ। फोहोर समन्धी काम गरिरहेका प्राईभेट कम्पनिहरु नेप्सेम्याक र फुलबारी प्रालिले फोहोर प्रशोधन केन्द्रको लागी उठाउंदै आएको बिषयलाई निरन्तरता दिंदै जापानी प्रबिधिको प्रयोग गरेर यो वर्ष भित्रमा फोहोर प्रशोधन केन्द्रनै स्थापना गर्ने गरि हामिहरु लागिरहेका छौँ।”कुहिने र नकुहिने फोहोरहरुलाई छुट्याएर मलको रुपमा परिणत गर्नलाई मास्टर प्लानको तयारी अगाडि बढिरहेको कुरा उनले जानकारी दिएका छन।

उपत्यकाको १८ वटै नगरपालिका फोरमको एउटै प्रशोधन केन्द्र बनाएर जाउं भन्ने हाम्रो प्रस्ताव रहेको छ। यदि नगरपालिका फोरमले संयुक्त रुपमा प्रशोधन केन्द्र स्थापना गर्ने हो भने खर्च पनि कम हुन आउँछ।उपत्यका नगरपालिका फोरमको संयुक्त प्रयोगशाला सफल नभएमा सुर्यविनायक नगरपालिका मात्र नै आफ्नो नगर क्षेत्रको फोहोर ब्यवस्थापनका लागि आफ्नै प्रशोधन केन्द्र खोलेर अगाडि बढ्ने छ। पिपुल नेपाल संगको एक संवादमा मियर थापाले बताएका हुन् ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित वर्गका समाचारहरू

यातायात भरपर्दो बनाउ: निर्वाचन आयोग

 वैशाख ७, काठमाडौँ । निर्वाचन आयोगले उपनिर्वाचन हुने दिन निर्वाचन क्षेत्रभित्रको यातायात व्यवस्थालाई नियमित र

ढुङ्गाका आकृतिले तान्दै पर्यटक

वैशाख ५,दमौली (तनहुँ)। नुवाकोटको विदुर नगरपालिका-११ वासुदेव अवस्थीलाई पहिलो पटक ऐनापहरा पुग्दा निकै आकर्षक लाग्यो

बालबालिकालाई विद्यालयमा भर्ना गर्न प्रधानमन्त्रीको आह्वान

वैशाख २, काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले विद्यालय जाने उमेरका बालबालिकालाई पायक पर्ने विद्यालयमा भर्ना

सम्पत्ति शुद्धीकरणसम्बन्धी विधेयक राष्ट्रपतिद्वारा प्रमाणीकरण

काठमाडौं, चैत ३० गते । राष्ट्रपति रामचन्द्र पौडेलले सम्पत्ति शुद्धीकरण सम्बन्धी ऐनलाई संशोधन गर्न बनेको विधेयक

बागमती नगर प्रमुखविरुद्ध पाँच करोडको भ्रष्टाचार मुद्दा

 चैत २८, काठमाडौँ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले सर्लाही, बागमती नगरपालिकाका प्रमुख भरतकुमार थापाविरुद्ध विशेष अदालतमा

बजेटमा समेट्नैपर्ने विषय

खिमलाल देवकोटा  २५ चैत २०८०, आइतबार नेपालको संविधानको धारा ११९ को उपधारा ३ बमोजिम नेपाल